Butwal Today

अर्घाखाँचीमा पहिरोले गोठ पुरिँदा एक युवकको मृत्यु

४ भाद्र २०८१, मंगलवार
अ+
अ-

अर्घाखाँची, ४ भदौ ।

अर्घाखाँचीको शितगंगा नगरपालिकाको भङ्गलामा पहिरोले गोठ पुरिँदा गोठमा रहेका एक स्थानीयको मृत्यु भएको छ ।

मंगलबार बिहान परेको अविरल वर्षाका कारण शितगंगा नगरपालिका वडा नम्बर–१३, सिमलपानीको भङ्गलामा गोठमाथिबाट खसेको पहिरोले पुरिँदा ३५ वर्षीय विष्णु थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

पहिरो खस्न थालेपछि पशुचौपाया फुकाउन गोठमा पसेका थापालाई पहिरोले च्याप्दा घटनास्थलमै थापाको मृत्यु भएको हो ।

गोठमा थापासँगै एक भैँसीको पाडो र दुई बाख्रा समेत च्यापिएका घटनास्थलबाट वडा नम्बर १३ का सचिव रामु आचार्यले जानकारी दिए ।