ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

सुस्तायो सुस्ताको चिस्यान केन्द्र

३ भाद्र २०८१, सोमबार
३ भाद्र २०८१, सोमबार

नवलपरासी, ०३ भाद्र।
जिल्लाको सुस्तास्थित बनेको चिस्यान केन्द्र (कोल्ड स्टोर) भवनको निर्माण कार्य सम्पन्न भएपनि सञ्चालनमा ल्याउन गाउँपालिका असक्षम देखिएको छ । स्थानीय किसानलाई राहत पु¥याउने महत्वपूर्ण योजना भएपनि गाउँपालिका प्रशासनले सञ्चालन गर्न नसकेको स्थानीयको आरोप छ ।

गाउँपालिकाले सरोकारवाला संघ संस्थासँग पनि संचालनको पहल गर्न सकेको छैन्, स्थानीय केरा उत्पादक संघका अध्यक्ष लख्खु प्रसाद यादवले भने, अहिलेसम्म चिस्यान केन्द्र सञ्चालनमा असक्षम देखियो । यसबारे आफूहरू पटक पटक गाउँपालिकालाई जानकारी गराएको छ, तर गाउँपालिकालाई सञ्चालनमा चासो देखाएन । जिल्ला सहकारी संघले निर्माण गरेको सुनवल स्थित चिस्यान केन्द्र सञ्चालनमा आई सक्यो, उनले थपे,–‘तर सँगै निर्माण भएको सुस्ता चिस्यान केन्द्र अहिलेसम्म सञ्चालनमा आउन सकेन् ।

गाउँपालिका नेतृत्व र प्रशासनले कम्तीमा सञ्चालनका लागि सरोकारवाला संघसस्थासँग समन्वय गर्ने,कसरी सञ्चालन गर्नेबारे रणनीति बनाउनु पर्ने हो, तर गाउँपालिकालाई कुनै मतलब छैन् । चिस्यान केन्द्र भित्र घाँस उम्रिएका छन्, चिस्यान केन्द्र सञ्चालनमा नआउँदै भत्किने अवस्था पनि देखिन थालेका छन् । तर गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले चिस्यान केन्द्र सञ्चालनबारे गाउँपालिकाले आन्तरिक तयारी गरिरहेको दाबी गरेका छन् । छिट्टै सबै सरोकारवाला निकायसँग समन्वय गरि सञ्चालनका लागि पहल गरिने उनको भनाइ छ ।

गत बर्ष नै भवन निर्माण भएको तर परियोजना पूर्णरूपमा सम्पन्न नभएको सुस्ता गाउँपालिकाले जनाएको थियो । भवनको काम सकिए पनि विद्युत जडान, सुरक्षागार्ड, लोडअनलोड गर्ने स्थान, कार्यालय सञ्चालन तथा कम्पाउण्डवाल लगायतका धेरै काम बाँकी नै रहेको जनाउँदै चिस्यान केन्द्र परियोजना पूर्ण रूपमा सम्पन्न भई नसकेको जानकारी गराएको थियो । अहिले ति सबै काम सम्पन्न भएका छन् । तर कहिले देखी सञ्चालनमा ल्याउनेबारे गाउँपालिका नेतृत्व गम्भिर छैन्, यादवले भने, जनता प्रति नै नेतृत्व उत्तरदायी देखिएन् । गाउँपालिकाको पहिलो कार्यकालकै अध्यक्ष रामप्रसाद पाण्डे हुँदा लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको सहकार्यमा सो चिस्यान केन्द्रको निर्माण शुभारम्भ भएको थियो ।

गत बर्ष चिस्यान केन्द्रबारे चासो लिँदै सुस्ताका विभिन्न विषयको अध्ययन अवलोकन गर्ने क्रममा पुगेका थिए । सो चिस्यान केन्द्र समेत अवलोकन गर्न पुगेका जिल्ला समन्वय समिति (जिसस) प्रमुख भगौती यादवलाई चिस्यान केन्द्रको अवस्थाबारे गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले जानकारी गराएका थिए । लुम्बिनी प्रदेश सरकारको साझेदारीमा बन्ने लागेको उतm चिस्यान केन्द्रको सबै काम सम्पन्न हुन सकेको छैन्,चिस्यान केन्द्रको भण्डार गृहको काम सम्बन्धित ठेकेदारले सकाएको देखाएका थिए । विद्युत जडान भई नसकेको अवस्थामा सो चिस्यान केन्द्रको समान्य परिक्षण समेत भएको छैन् । भवनको वरिपरि थुप्रै ब्यवस्थानका कार्य बाँकी रहेको अध्यक्ष उपाध्यायले जिसस प्रमुख यादवलाई जानकारी गराएका थिए ।

झण्डै पाँच करोडको लागनीमा चिस्यान केन्द्र बनाउने सहमति प्रदेश सरकार र गाउँपालिकाको भएको थियो । सोही अनुसार पहिला चिस्यान केन्द्रको निर्माणका लागि टेण्डर आह्वान भयो । टेण्डर परेका ठेकेदारले चिस्यान केन्द भवन बनाई दिए । बाँकी काम अझै हुन नसक्दा चिस्यान केन्द्र सञ्चालनमा आएन भन्ने उठ्ने जिज्ञासा प्रति आफ्नो प्रतिकृया दिँदै अध्यक्ष उपाध्यायले भनेका थिए, गाउँपालिकाले सीमित साधन स्रोतले प्रत्येक बर्ष काम गर्दै आएको छ । अहिले विद्युत जडानका लागि ट्रान्सफर्मर ल्याइएको छ । त्यसको प्रकृया अगाडि बढ्दै छ । प्रदेश सरकारका अनुदान र योजना लिँदा पनि धेरै जसो भार गाउँपालिका माथि नै पर्ने गरेको छ । गाउँपालिकाको आफ्नो आन्तरिक स्रोत कम नै छ ।

बाहिरबाट आउने अनुदान अधिकांश ससर्त नै रहेको छ । त्यसले पनि सोंचे अनुसार काम सम्पन्न गर्नका समस्या रहेको उनले आंैल्याएका थिए । प्रदेश सरकारले चिस्यान केन्द्र अनुदान मात्रै नभई पुरै परियोजना प्याकेजमा पनि लगानी बढाउन पथ्र्यो, तर थप लगानी प्रदेशबाट हुन सकिरहेको छैन । चिस्यान केन्द्र छिटो भन्दा छिटो होस भन्ने चाहना किसानको मात्रै नभई गाउँपालिकाको पनि रहेको उनले सुनाए । तर सोचेर मात्रै हुदैन, पुग्दैन, साधन स्रोतको उचित ब्यवस्थापन गर्न चुनौती रहेको छ । तर पनि प्राथमिकतामा नै राखेर गाउँपालिकाले काम गर्दै आई रहेको दाबी गर्दै उनले गाउँपालिकाले छिट्टै यसलाई सञ्चालनमा ल्याउनका लागि गृहकार्य गरि रहेको छ ।

चिस्यान केन्द्र सञ्चालनमा आएपछि यस क्षेत्रका किसानलाई आफ्नो उत्पादन, आलु तरबुजा, केरा तथा विभिन्न बालीका विँउहरूलाई पनि सुरक्षित भण्डारण गरि राख्न सक्ने अवस्था बन्ने छ । दुर्गम क्षेत्रमा यसरी चिस्यान केन्द्र बन्न लाग्नु जिल्लाकै लागि उपलब्धी भएको जिसस प्रमुख यादवले बताएका थिए । गाउँपालिकाको वार्ड नं.४ को उक्त चिस्यान केन्द्रको क्षमता ५ सय मेट्रिक टन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?