ट्रेंडिंग:

>> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति

विश्व फोटोग्राफी दिवस

३ भाद्र २०८१, सोमबार
३ भाद्र २०८१, सोमबार

‘आजको एकदिन फोटोग्राफरका लागि’ भन्ने नाराका साथ विश्व फोटोग्राफी दिवस आज विश्वभरी मनाईदैछ । हरेक वर्षको अगस्ट १९ तारिखको दिनमा यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि यो दिवस मनाउन थालेको धेरै भएको छैन । फोटाग्राफीको महत्व दर्शाउन यो दिवसले निकै ठूलो सहयोग पु¥याएको छ । अझैपनि फोटोग्राफीप्रति आम मानिसहरूको धारणा सकारात्मक बन्न सकेको छैन । फोटो खिच्ने काम र पेशालाई सानो काम भनेर तुच्छ बनाउने गरिएको छ । फोटोग्राफीको इतिहास बुझाउन, यसमा रुचि राख्ने मानिसहरूलाई प्रोत्साहन गर्न र व्यवसायिक रूपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरूको सम्मान गर्न विश्व फोटोग्राफी दिवस मनाइन्छ । आजको दिन विश्वभरका फोटोग्राफरहरूले खिचेका ऐतिहासिक र उत्कृष्ट फोटोहरू प्रतिष्पर्धामा राख्ने प्रचलन पनि रहेको छ । फोटोग्राफीलाई अवहेलना गर्ने गरिएपनि वास्तवमा एउटा फोटोले दिने सन्देश र महत्व एकहजार शब्दले ब्यक्त गर्न सक्दैन भन्ने कुरामा कुनै सन्देह छैन ।

नेपालमा फोटोग्राफीको महत्व अझै जनजनमा पुग्न सकेको छैन । यद्यपि विश्वमा भने यसको महत्व निकै ठूलो र ब्यापक छ । पछिल्लोसमय फोटोग्राफीप्रति रूची हुनेहरूको संख्या बढ्दै गएको छ तर विविध कठिनाईका कारण अझै पर्याप्त भैसकेको छैन । अर्को चुनौतिको कुरा के हो भने फोटोग्राफीमा लागेका फोटोग्राफरहरूको जीवन यो पेशाले सुरक्षित गर्न सकेको छैन ।

फोटोग्राफीमा रुची हुनेहरूले यसलाई जीवनको अभिन्न अंग बनाउन सकेका छैनन् किनभने यो पेशाबाट आत्मनिर्भर बन्न ग्राहो छ । दैनिक जीवन चलाउन फोटोग्राफी पेशा चुनौति र धौ धौको पेशा हो । अहिले त हरेक नागरिकको हातमा मोबाइल भएका कारण फोटोग्राफी पेशा समस्यामा पर्दै गएको छ । फोटो खिच्नकै लागि स्टुडियोमा जानु नपर्ने अवस्थाले फोटोग्राफी जोखिममा परेको छ । जसका कारण यो पेशा लोप हुने हो कि भन्ने चिन्ता पनि छ । एक सेकेण्डमा मोबाईलबाट खिचेको फोटो वा तस्वीर इण्टरनेटको माध्यमबाट विश्वभर पुग्ने अवस्था सिर्जना भएको छ । फोटोग्राफी आधुनिक बन्दै गएको अवस्थामा यसको विकासमा रिलवाला क्यामराले खेलेको भूमिकालाई पनि स्मरण गर्नैपर्दछ ।

रिलभन्दा अगाडीपनि क्यामराको काम भएको थियो । त्यसबेला सूर्यको किरणबाट फोटो निकाल्ने गरिन्थ्यो । विश्व फोटोग्राफीको इतिहास करिव दुईसय बर्षभन्दा पुरानो छ । संसारमा सबैभन्दा पहिलो तस्वीर सन् १८२६ मा फ्रान्समा खिचिएको थियो । त्यसबेला जोसेफ नाइस्फोर नाइप्सीले हेलियोग्राफीको सहायताबाट पहिलो तस्वीर खिचेका थिए । तसर्थ यो दिवस मनाईरहँदा उनलाई सम्झिनैपर्ने हुन्छ । त्यतिबेला बोलेर ब्यक्त गर्न नसकिने कुरा तस्वीरको माध्यमबाट प्रस्फुटन हुन्थ्यो । तस्वीर पनि अभिव्यक्तिको महत्वपूर्ण माध्यम हो । फोटोग्राफीको माध्यमले थुप्रै अब्यक्त कुरा ब्यक्त गर्न मद्दत पु¥याएको छ । फोटोग्राफी प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको अभिन्न अंग हो ।

विश्व फोटोग्राफी दिवसको अवसरमा यसको महत्वलाई अझै बढाउने तथा उजागर गर्नेतर्फ हामी सवैको ध्यान जानु जरूरी छ । नेपालमा विभिन्न कार्यक्रम गरि यो दिवस मनाईदैछ । खासगरी सञ्चारकर्मीहरूले यो दिवस मनाईरहँदा फोटोग्राफीलाई मर्यादित, प्रतिवद्ध र निष्ठाको पेशाको रूपमा यसको गरिमा अभिबृद्धिमा भूमिका खेल्नु जरूरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?