ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

तीज बिकृति रोकौ । – उपमेयर अर्याल

३ भाद्र २०८१, सोमबार
३ भाद्र २०८१, सोमबार

बुटवल, २ भदौ ।

‘धनधनिका घरघरमा आटी लच्चियो धानले,
गरिबका छोराछोरी मरे खानले ।’

गाउघरमा गाउने टिपिकल तिजको गितको भाखा हालेर बुटवल उपमहानगरपालिकाकी उपमेयर सावित्री देवि अर्यालले गाउदै गर्दा विद्यार्थीहरु नाचे । सयौ विद्यार्थीहरुले खचाखच भरिएको हलमा उपमेयर अर्यालले आईतबार आफनो बाल्यकाल र तिज संस्कृतिबारे बताईन । पछिल्लोसमय तिजको नाममा विकृति भित्रिरहेको बेला तिजको संस्कार, यसको महत्वबारे प्रकाश पार्ने गरि उपमेयरले विद्यार्थीहरुलाई जानकारी समेत दिईन । गाउघरको गाइने तिजको महत्व र लय अहिले हराउदै गएको भन्दै उनले यसको जर्गेनाको थालनी गर्नुपर्ने समेत बताईन । धेरै विद्यार्थीहरु गितमा नाचे । नजिकिरहेको तिज पर्वको अवसरमा विभिन्न कलाकारहरुले छाडा र अपाच्य गितहरु सार्वजनिक गरिरहदा आफनै पुरानै संस्कृति जोगाउनुपर्ने भन्दै उनले नया पुस्तामा सन्देश दिन सफल भईन । अक्सफोर्ड माबिमा कक्षा ११ का विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थीहरुको स्वागत कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख अर्यालले नया पुस्ता कला संस्कृति संरक्षणमा जोड दिनुपर्ने बताईन ।

कार्यक्रममा उत्कृष्ट रिजल्ट ल्याउने १५ जना विद्यार्थीहरूलाई जनही नगद रू दस हजार र तीन हजारले सम्मान समेत गरिएको थियोे । कार्यक्रममा विद्यालयका प्राचार्य दिनेश भुषालले हरेक वर्ष नया विद्यार्थीहरु स्वागत कार्यक्रम एउटा संस्कृतिको रुपमा विकास भएको भन्दै एक अर्कामा चिनजान गर्न, भातृत्व विकास गर्न कार्यक्रमबाट मदत मिल्ने बताए । भड्किलोभन्दा पनि सभ्य र विद्यार्थीहरुलाई नै ब्यवस्थापनको जिम्मेवारी दिने गरि अक्सफोर्डमा संस्कार विकास भएको उनले दाबी गरे ।

कार्यक्रममा अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली, राष्ट्रिय परिक्षा बोर्डका परिक्षा शाखा प्रमुख बाबुराम भण्डारी, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने थलोका रुपमा समेत कार्यक्रमहरु भएको बताए । स्वागत कार्यक्रमका संयोजक कक्षा १२ का छात्रा एलिना थापाले यस क्षेत्रमा नै विद्यालयदेखि कलेजसम्ममात्र नभई राष्ट्रियस्तरमा नै अक्सफोर्डको नाम कमाएको बताईन ।

शिक्षाका लागि संगित नारासहित सागितिक कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा गायिका अस्मिता अधिकारीले आफ्नो प्रस्तुति दिएका थिए । उनि विद्यालयमा अध्ययरत हुदा नै गित गाउथिन।नेपाल आईडल सिजन २ बाट उनि नेपाली संगित क्षेत्रमा उदाएकि हुन। बिसं २०७९ मा छिन्नलता पुरस्कारबाट पुरस्कृत भएकी थिईन । उनले एक दर्जन चर्चित गित गाउदा शिक्षक, विद्यार्थीहरु नाचेका थिए । यसैबिच विदार्थीहरुले सास्कृतिक तथा लोक नृत्य समेत प्रस्तुत देखाएका थिए । कार्यक्रममा २५ सय जनालाई एचएम अध्ययरत विद्यार्थीहरुले हस्पिटालिटि सेवा दिएका थिए । हाल विद्यालयको कक्षा ११ र १२ मा गरि २ हजार विद्यार्थीहरु अध्यररत छन भने डेढ सय शिक्षक, कर्मचारी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?