Butwal Today

साफ यू-२० च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात

२ भाद्र २०८१, आइतबार
अ+
अ-

काठमाडौँ । नेपालले साफ यू(२० च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । आजदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

नेपालको जितमा खेलको २४औं मिनेटमा निराजन धामीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ ।

अब नेपालले समुह चरणको अर्को खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।