Butwal Today

साफ यू–२० च्याम्पियनसिप आजदेखि : उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दै

२ भाद्र २०८१, आइतबार
अ+
अ-

काठमाडौँ ।

साफ यू–२० च्याम्पियनसिपको उद्घाटन खेलमा आज (आइतबार) घरेलु टोली नेपाल र श्रीलंकासँग भिड्दैछ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ।

यसअघि काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रथंशालामा उद्घाटन खेल हुने भनिए पनि खराब मैदानका कारण खेल एन्फा कम्प्लेक्समा सरेको हो।

एन्फा कम्प्लेक्समा हुने खेल हेर्नका लागि ३ सय रूपैयाँ टिकट दर तोकिएको छ।

च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्र सहभागी छन्। सहभागी ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह ए मा बंगलादेश र श्रीलंका रहेका छन्।

समूह बी मा भारत, मालदिभ्स र भुटान छन्। समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

नेपाली युवा टोली
जियारथ शेख (गोलकिपर), कृषल मोक्तान (गोलकिपर), विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, बिक्रम तामाङ, आयुष तिम्सिना, मदन पौडेल, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निन्साङ लिम्बु, कुशल देउवा, अविनाश स्याङ्तान, जनप्रकाश बम, लक्षु थापा, निरज कार्की, हरिश राज भट्ट, धर्बेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी, रोहन खड्गी।