ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु
मातृभाषा जागरण अभियान

सात जना कविले गरे मातृभाषामा कविता बाचन

१ भाद्र २०८१, शनिबार
१ भाद्र २०८१, शनिबार

बुटवल, १ भदौ । मातृभाषा जागरण गर्ने उदेश्यका साथ बुटवलमा मातृभाषामा कविता बाचन गरिएको छ । राणा प्रधानमन्त्री श्री ३ चन्द्रसमशेर जंगबहादुर राणाले नेपालभित्र एउटामात्र भाषा बोल्नुपर्ने उर्दि जारी गरेको साउन ३२ गते शुक्रबार बुटवलमा मातृभाषा जागरण अभियान कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल मगर संघका केन्द्रीय सहअध्यक्ष दलबहादुर बीरकट्टा मगरले नेपालका आदिवासी जनजातिले आदिमकालदेखि बोल्दै आएको मातृभाषालाई बन्देज लगाएको दिनलाई मातृभाषा जागरण अभियानका रुपमा मनाउन थालिएको बताए ।
अमर भवनमा भएको कार्यक्रममा ७ जना आदिवासी जनजातिहरूले आ–आफ्नो मातृभाषामा लेखिएका कविता बाचन गरेका थिए । थारु भाषाका आदिकवि बम बहादुर चौधरी, कवि बलवान थारु, नेवार भाषाका कवि लक्ष्मी श्रेष्ठ, तामाङ्ग भाषाका कबि दीलमाया थिङ्ग, मगरभाषाका कवि अकृति थापा मगर तथा चित्र सुनारी मगर, गुरुङ्ग भाषाका कवि भिम गुरुङ्ग लगायतले कविता प्रस्तुत गर्दै भाषा, लिपि सम्पति भएको हुदा यसको संरक्षणलाई जोड दिनुपर्ने बताए ।

कार्यक्रममा संघका अध्यक्ष निर्मला थापा मगरले रुपन्देहीमा आदीबासी जनजातीहरु फुट्ने भन्दा पनि एकजुट भएर आफनो भाषा, संस्कृति जर्गेना गर्दै नया पुस्तालाई पुस्तान्तरण गर्न जरुरी रहेको बताईन ।

कार्यक्रममा नेपाल मगर महिला संघका केन्द्रीय संगठन सचिव चन्दा थापा, नेपाल मगर महिला संघ, लुम्बिनी प्रदेशका अध्यक्ष केशरी त्रामू, नेपाल मगर महिला संघ लुम्बिनी प्रदेशका भाषिक उपाध्यक्ष अन बहादुर थापा, रूपन्देही उपाध्यक्ष थर्क बारघरे, युवा संघ, रूपन्देहीका अध्यक्ष हेमन्त थापा मगर लगायतले, नेवा पुचका सल्लाहकार तिलक प्रसाद श्रेष्ठ, थारु कल्याणकारिणीका अध्यक्ष कमल प्रसाद चौधरी, नेपाल मगर महिला संघ, रूपन्देहीका सचिव खिम थापा मगरले संगठित भएर काम गर्दा प्रतिफल प्राप्त हुने भन्दै यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रम संयोजक नेपाल मगर महिला संघ, रूपन्देहीका उपाध्यक्ष सरिता थापा मगरले छोटो तयारीमा कार्यक्रम गर्दा अझै धेरै छुटेको भन्दै आगामी दिनमा समेटर लग्ने बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?