ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

रोटरी क्लव अफ बुटवल चौतारीको कैठकमा योग र अध्यात्मबारे प्रशिक्षण

१ भाद्र २०८१, शनिबार
१ भाद्र २०८१, शनिबार

बुटवल, १ भदौं ।

रोटरी क्लव अफ बुटवल चौतारीको नियमित बैठकमा योग र प्रणायामबारे प्रशिक्षण दिइएको छ ।

क्लवको २१५ औं नियमित बैठकका अवसरमा योग सम्बन्धी प्रवचन दिइएको हो । कार्यक्रममा पथिक फाउण्डेशन रुपन्देहीका संयोजक माधव पौडेलले कुशल जीवन र यसका लागि अपनाउनु पर्ने तरिकाबारे सहजीकरण गरेका थिए ।

योगले कसरी मानिसलाई सकारात्मक मार्गमा हिंडाउन मद्दत गर्छ, मानिसको स्वास्थ्यमा कसरी आमूल परिवर्तन ल्याउँछ र जीवनमा सकारात्मक उर्जा प्रदान गर्छ भन्ने विषण्मा पौडेलले प्रशिक्षित गरेका थिए ।

मानिसले आफ्नो जीवनलाई अध्यात्मसँग जोड्दै अघि बढ्नुपर्नेमा जोड दिंदै उनले भोक र रोगले सताएको व्यक्ति आध्यात्ममा लाग्न नसक्ने र धार्मिकता जस्तो सजिलो अध्यात्म नभएको बताए । व्यक्तिले आफ्नो जीवनलाई सफल बनाउनका लागि पनि आध्यात्मिक धारलाई अघि बढाउनु पर्नेमा जोड दिंदै उनले यसतर्फ लाग्दा मानिसको नकारात्मक मनोभावना समेत हटेर जाने बताए ।

केडिया र क्षेत्रीलाई मानार्थ सदस्यता

रोटरी क्लव अफ बुटवल चौतारीले केडिया ग्रुप अर्गनाइजेशनका अध्यक्ष ताराचन्द्र केडिया र बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीलाई क्लवको मानार्थ सदस्यता प्रदान गरेको छ । दुईजनालाई मात्र मानार्थ सदस्यता प्रदान गर्न सकिने मापदण्ड बमोजिम क्लवले केडिया र क्षेत्रीलाई मानार्थ सदस्यता प्रदान गरेको हो ।

शनिबार क्लवको २१५ औं नियमित बैठकका अवसरमा दुवैजनालाई मानार्थ सदस्यताको प्रमाणपत्र प्रदान गरिएको क्लवका अध्यक्ष नुमलाल पौडेल (नुमेन्द्र) ले जानकारी दिए ।

त्यस अवसरमा बोल्दै केडिया ग्रुप अर्गनाइजेशनका अध्यक्ष ताराचन्द्र केडियाले रोटरी क्लव अफ बुटवल चौतारी सिंगो समाजको लागि प्रेरणाको स्रोत बनोस् भनी शुभकामना दिए । उनले क्लवले समाजमा छुट्टै पहिचान कायम गर्ने विश्वास समेत व्यक्त गरे ।

अर्का मानार्थ सदस्य बुटवल–११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले निश्वार्थ भावनाका साथ क्लवले समाजका लागि गरेको योगदानको स्मरण गर्दै आगामी दिनमा सामाजिक कार्यका लागि आफूले पनि हातेमालो गरेर अगाडि बढ्ने बताए । उनले क्लवले अगाडि सारेका योजनाहरुमा आफूले पनि साथ दिन् बताए ।

पश्चिम नवलपरासीका जिल्ला न्यायाधीश हरि पंगेनीले आफुमा पनि समाजसेवा गर्ने हुटहुटी रहेको भन्दै क्लवले विभिन्न क्षेत्रमा गरेको योगदानबाट आफू पनि प्रभावित भएको बताए ।

त्यस अवसरमा अभिभावक महासंघ लुम्बिनी प्रदेशका महासचिव झविन्द्र पौडेलले क्लवले सबै वर्ग र क्षेत्रका नागरिकलाई समेटेर अगाडि बढ्नुपर्ने सुझाव दिए ।

क्लवका चार्टड प्रेसिडेन्ट विष्णु घिमिरेले यो वर्ष क्लवले २ लाख ५० हजारको अक्षयाकोष स्थापना गरेको र जसबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको जानकारी गराउँदै एम्बुलेन्स खरीदको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको जानकारी दिए । त्यस्तै उनले ह्वील चेअर वितरणको योजना पनि रहेको जानकारी दिए ।

क्लवका अध्यक्ष नुमलाल पौडेल (नुमेन्द्र) ले आफ्नो कार्यकालमा क्लवको सचिवालय भवन निर्माणदेखि एम्बुलेन्स खरीद गरी सितगंगा नगरपालिका वडा नम्बर ६ अर्घाखाँचीलाई हस्तान्तरण लगायत अन्य विभिन्न योजनाहरु अगाडि बढाइएको बताए । बैठकमा रोटरीयनहरु खगेन्द्र बेलबासेले पनि आफ्नो धारणा राखेका थिए । त्यस अवसरमा रोटरीमा नयाँ प्रवेश गरेका व्यक्तिहरुलाई रोटरी क्लव अफ बुटवल चौतारीको सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?