ट्रेंडिंग:

>> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता

धर्मकाँटामा प्रहरीको ताला

१ भाद्र २०८१, शनिबार
१ भाद्र २०८१, शनिबार

नवलपुर, १ भदौ ।

पुर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं. १७ झराईखोलामा सञ्चालन गरेको धर्मकाँटामा प्रहरीले ताला लगाइदिएको छ ।

पश्चिमाञ्चल यातायात व्यवशायी समितिले सञ्चालन गरेको उक्त धर्मकाटामा प्रहरीले ताला लगाएको हो ।

धर्मकाँटाको नाममा अनेकौं बिकृति फैलिएको भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्ला प्रशासन कार्यालय, स्थानीय जनप्रतिनिधि र पत्रकारको रोहबरमा ताला लगाएर धर्मकाँटा सञ्चालनमा रोक लगाएको हो । धर्मकाँटाको नाममा खुलेआम लुट मच्चाएको, अराजकता, मनपरितन्त्र र गुण्डागर्दी चलाएकाले बन्द गराइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।

चितवनको आँपटारीमा सरकारी धर्मकाँटा भएकाले यहाँ खुलेआम लुट मच्चाउन धर्मकाँटा नचाहिने प्रहरीको भनाई छ । धर्मकाँटाले नेपालीभन्दा पनि भारतीय ट्रकहरुलाई लुटेको रेग्मीले बताउन भएको छ ।

धर्मकाँटा राखेर तौल गर्नु, बढी तौल बोक्नेलाई नियन्त्रण गर्नुे राम्रो उद्देश्य भए पनि उद्देश्य विपरितका क्रियाकलाप बढिरहेको र यो काम राज्यको नियन्त्रणमा हुनुपर्ने रेग्मीको भनाइ छ । बढी तौल भयो भन्दै हजारौं जरिवाना गर्ने गरेर रकम कुम्ल्याउने काम मात्र भएको छ ।

ठिक्क तौल भएका गाडीहरुलाई पनि बढी तौल भयो भनेर रकम लुट्न खोज्ने, पैसा दिन नमाने चिट काटेर दुःख दिने गरेको प्रहरीको भनाइ छ । मुख्य राजमार्गभन्दा एक किलोमिटर भित्र धर्मकाँटा हुनु पर्ने मापदण्ड भए पनि यो भने पाँच सय मिटरको दुरीमा भएकाले मापदण्ड विपरित सञ्चालन गरिएको रेग्मीले बताए ।

खुलेआम लुट मच्चाएको भन्दै प्रहरीले तीन पटकसम्म कर्मचारीहरुलाई नियन्त्रणमा लिइ सम्झाई बुझाई गरेर छोडे पनि नियन्त्रण नभएको जिल्ला ट्राफिक प्रमुख अच्युतराज आचार्यले बताए । धर्मकाँटा राखेको स्थानमा ट्राफिक प्रहरीको पनि उपस्थिति नभएकाले बेथिती थप मौलाएको उनको भनाई छ ।

ट्रकहरुलाई कारवाही गर्दा दैनिक ७–८ हजार रुपैयाँ उठ्ने गरेको पश्चिमाञ्चल व्यवसायी समितिका उपाध्यक्ष शोभाकान्त पाण्डेले जानकारी दिए । त्यो रकम पश्चिमाञ्चल व्यवसायी समितिको खातामा जम्मा हुने गरेको र जसको कार्यालय लुम्बिनी प्रदेशको बुटवलमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?