ट्रेंडिंग:

>> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो

‘कहरले कर’

२०७५ सालदेखि राजीखुसीले कर तिर्दै आएकोमा यस वर्ष रोल्पा नगरपालिकाले विभिन्न बाहानामा अव्यवहारिक कर लिएको व्यवसायीहरूले आरोप लगाएका छन । कर पनि वार्गेनिङको आधारमा असुल भईरहेको छ स्थानीय होटल व्यवसायी दीपेन थापा मगरले भने । बोल्न सक्नेले थोरै कर तिरेका छन, बोल्न नसक्नेले धेरै कर तिरका छन होटल व्यवसायी संघ रोल्पाका अध्यक्ष समेत रहेका थापा मगरले भने । मुख हेरेर कर लिने चलन बढेको छ थापामगरले भने ।
१ भाद्र २०८१, शनिबार
१ भाद्र २०८१, शनिबार

रोल्पा, ०१ भाद्र ।
रोल्पाका व्यवसायीहरूले रोल्पा नगरपालिकाको कर कहरले तिर्नु परेको बताएका छन् । आफूहरूले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह गरी तिन वटै सरकारलाई कर तिरेपनि संघ र प्रदेश सरकारलाई खुसीराजी भएर कर तिरे पनि स्थानीय सरकारलाई कहरले कर तिरिरहेको बताएका छन् ।

संघीय सरकार र स्थानीय सरकारले ९५ प्रतिशत सम्म कर छुट गराएर व्यवसायीहरूलाई करको सहुलियत दिएपनि रोल्पा नगरपालिकाको स्थानीय सरकारले ६ सय प्रतिशत सम्म कर बढाएकोले सो कर आफूहरूले कहरले तिरको बताएका हुन् ।

रोल्पा नगरपालिकामा आफूले २०८१ वैशाख १८ गते व्यवसाय गर्दा २३ हजार कर तिरेको रोल्पा नगरपालिका वडा नंं.२ का प्रेमकुमारी बुढामगरले जानकारी दिईन । मासु बिक्री गर्ने व्यवसायको रूपमा कुल पुँजी ५ लाख राखेर रोल्पा नगरपालिकामा व्यवसाय दर्ता गर्दा रजिष्टेशन वापत २३ हजार रूपैयाँ तिरे उनले भनिन् ।
२०७५ सालदेखि राजीखुसीले कर तिर्दै आएकोमा यस वर्ष रोल्पा नगरपालिकाले विभिन्न बाहानामा अव्यवहारिक कर ल्याइएको व्यवसायीहरूले आरोप लगाएका छन । कर पनि वार्गेनिङको आधारमा असुल भईरहेको छ स्थानीय होटल व्यवसायी दीपेन थापामगरले भने । वोल्न सक्नेले थोरै कर तिरेका छन, बोल्न नसक्नेले धेरै कर तिरका छन होटल व्यवसायी संघ रोल्पाका अध्यक्ष समेत रहेका थापामगरले भने । मुख हेरेर कर लिने चलन बढेको छ थापामगरले भने ।

आफूले २०७५ सालदेखि नियमित रूपले रोल्पा नगरपालिकालाई कर तिर्दै आएकोमा यस वर्ष बक्यौता र जरिवाना भनेर थप कर ल्याइयो तरकारी व्यवसायी हरिबहादुर घर्तीमगरले भने । संघीय सरकार र प्रदेश सरकारले व्यवसायीको हितलाई ध्यान दिएर भारी मात्रामा कर छुट दिँदा घर आँगनको सरकार भनिने स्थानीय सरकारको रवैया व्यवसायीमारा भयो घर्तीमगरले भने ।

कर निर्धारण अवैज्ञानिक, अव्यवहारिक र गैरकानूनी भएकाले आफूहरू विरोधमा उत्रिएको रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष केशवकुमार आचार्यको भनाइ छ । स्थानीय सरकार व्यवसायीको पनि अभिभावक हुनुपर्नेमा सौतेनी व्यवहार गरेको अध्यक्ष आचार्यको आरोप छ ।

रोल्पा उद्योग वाणिज्य संघले यस विषयमा चरणवद्ध कार्यक्रम समेत गरिरहेको छ । उसले गत असार १८ गते रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा घर्तीसँग छलफल गरेको थियो । पहिलो छलफलमा सकारात्मक छलफल भई दोश्रो छलफल असार २५ गते गर्ने सहमति भएपनि सो मितिमा आफूहरूलाई नगरपालिकाले छलफलका लागि खबर नगरेको रोल्पा उद्योग वाणिज्य संघले बताएको छ । साउन ७ गते रोल्पा उद्योग वाणिज्य संघको बैठकले जनविरोधी करको विरुद्ध थप दवाव दिने निर्णय गरेको थियो । सोही अनुसार संघर्ष तथा परामर्श समिति गठन गरि दबाबमुलक कार्यक्रम समेत तय गरेको थियो ।

उसले गत साउन २२ गते रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्तीमगरलाई भेटी पुनः ध्यानाकर्षण गराएको थियो । यसैगरि जिल्ला प्रशासन कार्यालय रोल्पामा ज्ञापन पत्र बुझाउने देखि जिल्लास्थित राजनैतिक दल र संचारकर्मीहरूसँग समेत यस विषयमा परामर्श गरेको रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष केशवकुमार आचार्यको भनाइ छ ।

रोल्पा नगरपालिकाले २०७५/०७६ को तुलनामा यस वर्ष ६ सय प्रतिशत सम्म कर वृद्धी गरेको उद्योगी व्यवसायीहरूको आरोप छ । नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा पेट्रोलियम पदार्थको कर ३ हजार ५ सय लिँदै आएकोमा हाल त्यसको कर वृद्धी गरी २० हजार पु¥याएको छ । यसैगरि मैनवत्तीको कर ५ सय रूपैयाँ लिँदै आएकोमा हाल १ हजार पु¥याएको छ । रोल्पा नगरपालिकाले दालमोठ उद्योगको कर ५ सय बाट २ हजार, छापाखानाको कर १ हजार ५ सयवाट ५ हजार, स्किन प्रिन्टको १ हजारवाट ३ हजार, फलेक्स प्रिन्टको १ हजारबाट ५ हजार, साइनवोर्ड पेन्टिङको १ हजारबाट २ हजार निर्धारण गरेको छ ।

यसैगरी मोटरसाईकल मर्मतमा १ हजारबाट २ हजार, नीजि अस्पतालको कर २ हजारबाट ५ हजार, तरकारी तथा फलफूल ७ सयबाट ३ हजार, मोबाईल पसल १ हजार २ सयबाट ४ हजार निर्धारण गरिएको छ । नगरपालिकाले कपडा पसल २ हजार ५ सयबाट १० हजार, होटल तथा रेष्टुराँको २ हजारबाट ५ हजार र पुस्तक तथा स्टेशनरीको १ हजार २ सयबाट ५ हजार कर निर्धारण गरिएको छ ।

रोल्पा नगरपालिकाले लिँदै आएको करको विवाद समाधान नभएसम्म व्यवसायीहरूले कर नतिर्ने घोषणा गरेका छन् । जिल्ला सदरमुकाम लिवाङमा वसेको उद्योगी व्यवसायीहरूको वृहत भेलाले विवाद समाधान नभएसम्मका लागी कर नतिर्ने घोषणा गरेको हो । उनीहरूले नगरपालिकाको कार्यालयलाई कुनै सामान चिटका आधारमा विक्री नगर्ने र उपलब्ध नगराउने निर्णय समेत गरेका छन ।

रोल्पा नगरपालिकाबाट लिइएको अव्यवहारिक, असामान्य, असान्दर्भिक, आपत्तिजनक र अवैज्ञानिक स्थानीय व्यवसायिक करको विरुद्धमा संघर्ष र परामर्श समिति समेत गठन गरिएको छ । सो समितिले साउन २८ गते जिल्ला प्रशासन कार्यालय रोल्पामा ज्ञापन पत्र समेत वुझाएको छ । ४ वुदे ज्ञापन पत्रमा रोल्पा नगरपालिकाले लिदै आएको कर प्रणालीको विरोध गरिएको छ । साना व्यवसायीहरूको ढाड सेक्ने गरि अवैज्ञानिक र गैरकानूनी तवरले लिईदै आएको कर अविलम्व सच्याउन आग्रह गरिएको रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष केशव आचार्यले जानकारी दिए । ‘आग्रहको सुनुवाई नभए थप संघर्षका कार्यक्रम अघि बढाउँछौं,’ अध्यक्ष आचार्यले भने ।

रोल्पा नगरपालिकाले लिँदै आएको कर अवैज्ञानिक भएको भन्दै व्यवसायीहरूले लामो समय देखि असन्तुष्टी जनाउँदै आएका छन । विभिन्न दबाबमुलक कार्यक्रम गर्दै आएका उनीहरूले पहिलो चरणको कार्यक्रमबाट पनि माग पुरा नभए दोश्रो चरणको सशक्त आन्दोलन गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?