ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

नेताहरूले दिएको एकताको सन्देश

३२ श्रावण २०८१, शुक्रबार
३२ श्रावण २०८१, शुक्रबार

प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ पारित भएसंगै नेपालको शान्ति प्रकृया अब सुखदरूपमा अवतरण हुने विश्वास गरिएको छ । संसदबाट टिआरसी विधेयक पारित भएपछि आम सर्वसाधारण नागरिकले यसको स्वागत गरेका छन । सङ्क्रमणकालीन न्यायको विषय टुंगो लगाउन दलहरूबीच भएको एकता वास्तवमै अभूतपूर्व छ । यसले के पनि प्रमाणित गरेको छ भने मुलुक र जनताका लागि राजनीतिक दल आवश्यक परेको बखत एकताबद्ध हुन सक्छन् । अब सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्दछ । विधेयकले द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियाको यात्रा अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । टिआरसी विधेयकले दलहरूलाई पुनः एकताबद्ध बनाएको छ ।

राष्ट्रिय सहमतिको संस्कार सुदृढ गर्ने अवसर दिएको छ । मौलिकतामा आधारित रहेर नेपालका राजनीतिक दलले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन विधेयक कार्यान्वयनमा इमान्दारिता देखाउन आवश्यक पनि छ । टिआरसी विधेयक टुंगोमा पु¥याउन निश्चय नै ढिला भएको थियो । मुलुक शान्ति प्रकृयामा प्रवेश गरेको दुई दशक पुग्नै लाग्दा विधेयकमा भएको ढिलाईले पीडितलाई न्याय दिन समस्या भैरहेको थियो । विधेयकमा पीडितको सहमतिमा न्याय निरूपण, परिपूरण तथा पीडितलाई न्याय प्राप्तिका लागि पुनः उजुरी गर्न पाउने अधिकारलाई विधेयकमा राखिनु सराहनीय छ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबाट पीडकले दण्ड सजाय तथा पीडितले क्षतिपूर्ति, परिपूरण र भरणपोषणसहित सुविधा पाउने अवस्था सिर्जना भएको छ । यसले विश्व समुदायमा नेपालको विशेष सन्देश गएको छ, यो खुसीको क्षण हो । यद्यपि केही राजनीतिक दलका नेताहरूले विधेयकको विरोध पनि गरेका छन तर समग्रमा विधेयकले द्वन्द्वलाई समाधानको बाटोमा लिएर गएको छ । नेपालमा राजनीतिक व्यवस्था परिवर्तन भएपनि द्वन्द्व पीडितले न्याय नपाएको बर्तमान अवस्थामा टिआरसी बिधेयक महत्वपूर्ण कोसेढुंगा प्रमाणित भएको छ ।

विधेयक पास भएकोमा गम्भीर मानव अधिकार उल्लंघनका पीडितहरूले समेत स्वागत गरेका छन् । पीडितहरूले छिटो सत्य, न्याय र परिपुरण देऊ भनी आफूहरूले भुँइतहका पीडित समुदायको आवाज उठाउँदै आएकोमा त्यसलाई सम्बोधन गर्नेगरी टीआरसी ऐन २०७१ पारित भएकोमा ऐतिहासिक उपलब्धि मान्दै सन्जालहरूले स्वागत गर्नुले शान्ति प्रकृया अव किनारतर्फ लागेको अनुभूति जो कोहीले गर्ने अवस्था आएको छ । अव द्वन्द्वकालीन घटनाको सत्य निरूपण गर्ने, गम्भीर मानव अधिकार उल्लंघनका घटनामा अभियोजन र पीडितलाई परिपूरणको प्रक्रियाले गति लिने आधार बनेको छ ।

वि.स. २०६३ मंसिर ५ गते बिस्तृत शान्ति सम्झौता सम्पन्न भएसंगै सम्झौताको मर्म र भावना अनुसार संविधानसभाको निर्वाचन, माओवादी लडाकूहरूको व्यवस्थापन लगायतका काम भएपनि संक्रमणकालीन न्यायको काम भने बाँकी थियो । २०७१ मै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन जारी भएर आयोग पनि बनेको थियो । त्यसयता भने आयोग निष्प्रभावी हुँदा शान्ति प्रकृयाले तार्किक निष्कर्ष पाएको थिएन् । जेहोस संसदबाट पारित भएको विधेयक कानुन वनेपछि द्वन्द्व पीडितले न्याय पाउने विश्वास गरिएको छ ।

नेपालका राजनीतिक दलहरू र तिनका नेताले राष्ट्रिय आवश्यकता र राष्ट्रिय महत्वको विषयमा अन्तिम समयमा एकै ठाउँमा उभिन सक्छन् र नेपालको आन्तरिक मामलामा आफैं निर्णय लिन सक्षम छन् भन्ने अर्काे उदाहरण दिएका छन । यो सर्वाधिक खुसीको कुरा हो । अहिलेपनि शहीद परिवारले न्याय पाउन सकेको स्थिति छैन, बेपत्ता नागरिकका परिवार शान्तिले सुत्न पाएका छैनन्, घाइते र अपांगहरूले उपचार पाउन सकेका छैनन् । तसर्थ अव कानुन अनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग पनि राष्ट्रिय सहमतिको आधारमा गठन हुनुपर्दछ । जसरी विधेयकमा सहमति भएको छ, त्यसैगरी आयोग गठन गरेर दुई बर्षभित्रैमा टुंगो लगाउन बाँकी काम सम्पन्न गर्नेतर्फ सवैको ऐक्यबद्धता जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?