ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

‘इन्जिनियर पढ्न प्रादेशिक छात्रवृत्ति’

३२ श्रावण २०८१, शुक्रबार
३२ श्रावण २०८१, शुक्रबार

काठमाडौं, ३२ साउन ।
कक्षा १२ पास गरेलगत्तै विद्यार्थीहरू विदेशीनु चिन्ताको विषय भएको सरोकारवालाहरूले बताए । नेपालमै प्राविधिक शिक्षा अन्तर्राष्ट्रियस्तरको भइरहेका बेला पनि विद्यार्थीहरू उच्च शिक्षाका नाममा विदेशिनु सुखद् कुरा नभएको कलेज संचालकहरूको दाबी छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने कार्यक्रम सार्वजनिक गर्नेक्रममा सरोकारवालाहरूले यस्तो गुनासो व्यक्त गरेका हुन् ।
इन्जियरिङ अध्ययन गर्ने विद्यार्थीलाई १५ देखि १८ करोड रूपैयाँसम्म छात्रवृत्ति दिने गरेको चागुँनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले जानकारी दिए । उनले विश्वविद्यालयको १० प्रतिशत छात्रवृत्तिसँगै स्थानीय तह -वडा, नगरपालिका छात्रवृत्ति, प्रादेशिक छात्रवृत्ति, कलेज टपर छात्रवृत्ति, सेमेस्टर टपर छात्रवृत्ति समेत कलेजले दिने गरेको बताए । पैसाका कारण इन्जिनियर पढ्ने अवसरबाट बञ्चित नगर्नका लागि नगरपालिकाकाले समेत बजेट व्यवस्थापन गर्ने गरेको नेपाल इन्जियरिङ कलेजका अध्यक्षसमेत रहेका खत्रीले जानकारी दिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित सञ्चालक समितिमार्फत सञ्चालनमा रहेको उक्त कलेजले छात्रवृत्तिका लागि उक्त रकम छुट्याएको नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका प्राचार्य दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । ‘विदेश पढ्न जानु गलत हैन । तर, अभिभावकको रेखदेख र संरक्षणमा हुर्किएको, हातमा कुनै सीप नभएको र आफ्नो भविष्यबारे ठीक ढंगले सोच्न सक्ने क्षमताको विकास भइसकेको हुँदैन,’ उनले भने, ‘त्यसमाथि नेपालीको आर्थिक अवस्थाका कारण सबै विदेश जाने विद्यार्थीहरू अभिभावककै खर्चमा पढ्न सक्दैनन् ।’

नेपालको शिक्षा अन्तर्राष्ट्रियस्तरको रहेको दाबी गरिएको छ । कलेजका सहायक प्राध्यापक यमकृष्ण पौडेलले पोखरा विश्वविद्यालयले केही समय अगाडी मात्रै पाठ्यक्रमहरू समय सापेक्ष संसोधन गरिसकेको बताए । उक्त कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज पनि हो । ‘इन्जिनियरिङ विधाका सबै पाठ्यक्रमहरू विश्वव्यापी एकरूपता हुन्छ,’ उनले भने, ‘नेपालमै इन्जिनियरिङ गरेका विद्यार्थीहरू विश्वका धेरै देशहरूमा प्रतिष्ठित कम्पनी र क्षेत्रमा सफलतापूर्वक अगाडी बढिरहेको प्रशस्त उदाहरण छन् ।’ उनका अनुसार इन्जिनियरिङ विधाका विभिन्न विषयमा सयौं दक्ष जनशक्ति उत्पादन गरिसकेको छ । चाँगुनारायण नगरपालिका, भक्तपुरमा रहेको उक्त इन्जिनियरिङ कलेजमा हाल स्नातक तथा स्नातकोत्तर तहका विषयहरूमा अध्ययन÷अध्यापन हुँदै आएको छ ।

कलेजले स्नातक तहतर्फ ६ वटा विषय र स्नातकोत्तर तहतर्फ ४ वटा विषय अध्ययन अध्यापन गराउँदै आएको छ । स्नातक तहमा विइ सिभिल इन्जिनियरिङ (१४४ सिट), वि आर्किटेक्ट (४८ सिट), विइ सिभिल एण्ड रुलर इन्जिनियरिङ (४८ सिट), विई कम्प्युटर इन्जिनियरिङ (९६ सिट), इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ (४८ सिट), इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा (४८ सिट), विइ सिभिल फर डिप्लोमा होल्डर्स (४८ सिट) सम्बन्धी अध्ययन अध्यापन हुँदै आएको छ ।

स्नातकोत्तर तहतर्फ भने कन्ट्रक्सन म्यानेजमेन्ट, इन्टरडिस्प्लीनरी वाटर रिसोर्स म्यानेजमेन्ट, नेचुरल रिसोर्स म्यानेजमेन्ट र ट्रान्सपोर्टेशन इन्जिनियरिङ म्यानेजमेन्ट सम्बन्धी अध्यापन हुँदै आएको छ । सो इन्जिनियरिङ कलेजमा हरेक वर्ष स्नातक तहमा ४८० जना विद्यार्थी र स्नातकोत्तर तहमा १५० विद्यार्थीहरू भर्ना हुने गर्छन् । मुनाफारहित सामाजिक शैक्षिक संस्थासमेत रहेको उक्त कलेजले आफ्नै करिब २०० रोपनी जग्गामा पूर्वाधार बनाएको छ । १२३ जना पूर्णकालिन शिक्षक/कर्मचारी रहेको उक्त कलेजमा इन्जिनियरिङ विधाका सबै पाठ्यक्रम र रिसोर्सयुक्त आधुनिक पुस्तकालयसमेत रहेका छन् । अत्याधुनिक ल्याब, आइटी सेन्टरको व्यवस्था, शहरी कोलाहलदेखि मुक्त शान्त तथा हरियाली वातावरण अत्याधुनिक प्रविधि, प्रयोगात्मक शिक्षण विधि र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रिसर्चका लागि पहुँचसमेत रहेको कलेजले जानकारी दिएको छ । कलेजले युरोप, जापान, भारत लगायत देशका विभिन्न कलेज र विश्वविद्यालयहरूसँग शिक्षक विद्यार्थी एक्सचेञ्जको अवसर दिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?