Butwal Today

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

३१ श्रावण २०८१, बिहीबार
अ+
अ-

काठमाडौं ।

पेट्रोलियम पदार्थको मूल्य घटेको छ।

नेपाल आयल निगम सञ्चालक समितिको बिहीबारको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो।

घटेको मूल्य बिहीबार मध्यरातिदेखि लागू हुनेछ।

अब नयाँ मूल्यअनुसार काठमाडौंमा पेट्रोल १६५ रुपैयाँ र डिजेल तथा मट्टितेल १५५ रुपैयाँ प्रतिलिटर भएको छ।