ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

आवास ग्रुपका थैवलाई एशिया नं १ एक्सलेन्स अवार्ड २०२४

३१ श्रावण २०८१, बिहीबार
३१ श्रावण २०८१, बिहीबार

बुटवल, ३१ साउन । रुपन्देहीमा डेढ दर्जन स्थापित उद्योग संचालन गर्दै आएको आवास ग्रुपका प्रबन्ध निर्देशक महेश थैवलाई एशिया नं वान ब्राण्ड एण्ड लिडरसिप एक्सलेन्स अवार्ड २०२४ बाट सम्मान गरिने भएको छ । औद्योगिक उत्पादन तथा ब्यापारका विभिन्न पक्षहरुको उत्कृष्टता, उद्यम र उद्यमशिलताबाट देशको आर्थिक विकासमा प्रभावशाली योगदान गरि आर्थिक वृद्धिमा महत्वपूर्ण टेवा पुर्याएको भन्दै ब्राण्ड अफ वल्र्ड रिसर्च काग्रेस (लण्डन) ले यसवर्ष अवार्डबाट थैवलाई सम्मान गर्न लागेको हो ।

आवास ग्रुपका प्रबन्ध निर्देशक महेश थैवले विहिबार यस विषयमा औपचारिक जानकारी पाएको बताए । औद्योगिक विकासमा टेवाका साथै सामाजिक उत्तरदायित्व बहन गरेवापत अन्तराष्ट्रिय सम्मान पाउन लागेकोमा धेरै खुशी लागेको प्रबन्ध निर्देशक थैवले बताए । आरयुएलए अवार्ड, वल्र्ड रिसर्च काग्रेस (डब्लुआरसि) र ईन्टरनेश्नल अवार्ड काउन्सिल तथा अन्य धेरै अन्तराष्ट्रिय कमिटि र काउन्सिलमा आवद्ध रहेको यो एशिया अवार्ड वितरण मलेशियाको सेरी होटलमा २३ डिसेम्बरमा हुने छ । जहा २० बढी देशका अतिथिहरुको उपस्थिति रहने छ । थैव बुटवल पब्लिकेशन प्रालिका संचालक समेत रहेका छन ।

थैव परिवार बुटवलमा २०५४ सालमा कपडा पसलबाट ब्यापार शुरु गरेका थिए । काईला छोरा विश्वेश्वर थैवले शुरुवातमा एशियन फुटबेयर र साग्रिला फुटवेयर चलाए । जुन त्यो बेला बजारमा नाम कमाएको थियो । चाईनिज जुत्ताले यो उद्योगलाई प्रभावित पार्यो । माईला यज्ञश्वर आफनो लगन र मेहनतका कारण शंकरनगरमा आवास आल्मुनियम एण्ड स्टिल ईण्डस्ट्रिजबाट बजारमा छाप छोडे । परम्परागत हुदै नया प्रविधिको ट्रान्जेक्सनल समयमा आम उपभोक्ताको माग अनुसारको नया नया उत्पादनमा जोड दिदै गए । स्वदेशमा गुणस्तरीय बस्तु तथा सेवा उत्पादनसंगै धेरै युवाहरुलाई रोजगार सृजना गर्न ग्रुप सफल रहेको छ ।

उद्योग तथा व्यापार दुबै एकसाथ अघि बढाएका थैव दाजुभाईहरु एभरेष्ट फुड एण्ड बेभरेजमार्फत सफट डिक्स र जुससहितको पेय पदार्थ, मयुर स्टिल एण्ड ईण्डष्ट्रिजमार्फत हेल्मेट र लेगार्ड, टेक्टरको हुड, आवास आल्मुनियम एण्ड स्टिल फर्निचर, लिडर टेप्स एण्ड भल्भ ईण्डष्ट्रिज, मिराज ईण्डष्ट्रिज प्रालिमा कब्जा किल्ला, शुभ लक्ष्मि पोलिमर ईण्डष्ट्रिज, लक्ष्मी स्टिल ईण्डष्ट्रिज, नेशनल रबर ईण्डष्ट्रिज, ज्याकोर ईण्डष्ट्रिज, सन फिटिङ प्रालि, आकृति स्टिल ईण्डष्ट्रिज लगायत उद्योग चलाएका छन । जहा ३ हजार बढी स्थानिय मजदुरले रोजगार पाएका छन । एकिकृत रुपमा उद्योग र ब्यवसायको ब्यवस्थापन आवास ग्रुपका प्रबन्ध निर्देशक महेश थैवले हेर्छन । थैव परिवारका साइला दाजु राजेश थैव अहिले पनि आफनो शुरुको कपडा ब्यवसायमा छन । करोडौ लगानी भएको उद्योगमा परिवारको तेस्रो पुस्ता समेत लागेका छन ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?