ट्रेंडिंग:

>> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस

सल्लाहकारको जम्बो संख्या घटाऊ

३० श्रावण २०८१, बुधबार
३० श्रावण २०८१, बुधबार

सत्तामा पुग्ने वित्तिकै प्रधानमन्त्री र मन्त्रीहरूले आफ्ना नजिकका ब्यक्तिलाई सल्लाहकारमा नियुक्त गर्ने र सरकारी तलब भत्ता खुवाएर राज्यकोषको दोहन गर्नेक्रम बर्षौदेखि चल्दै आएको छ । नेपालमा हालै बनेको नयाँ सरकारले पनि विगतदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिने कुरामा सन्देह छैन । सत्तामा पुग्नेवित्तिकै आसेपासे र चम्चेहरू हावी हुने गरेको कुरा सुन्दा नेपाली जनता वाक्क परिसकेका छन । सल्लाहकारको नियुक्ती जनताका लागि स्वाभाविक लाग्नै छोडेको छ । राज्यकोषको दोहन गर्ने यस प्रकारका कामले सरकारको गतिशिलतामाथि पनि प्रश्न उत्पन्न हुँदै आएको छ । प्रधानमन्त्री र मन्त्रीहरू सल्लाहकारको झुण्डबाट उम्किन नसक्दा पटकपटक विवादित पनि बन्दै आएका छन् । पछिल्लोसमय त पालिका प्रमुख, विभागीय प्रमुख, योजना आयोगका पदाधिकारी लगायतले पनि सल्लाहकार नियुक्त गरेर महालेखालाई हरेक बर्ष बेरुजुको फाईल तन्काउन बाध्य पारिरहेका छन् । मन्त्रीहरू, मुख्यसचिव, सचिव, अन्य उच्चपदस्थ कर्मचारी र विज्ञहरू प्रधानमन्त्रीका सारथि हुन् ।

उनीहरूले सम्बन्धित मन्त्रालयमा बसेर विभिन्न अल्पकालीन र दीर्घकालीन नीति तर्जुमा गर्नेमात्र होइन, प्रधानमन्त्रीलाई नीतिगत र अन्य विषयमा विभिन्न सुझाव र सल्लाह पनि दिन्छन् । उनीहरू नै मुख्यरूपमा प्रधानमन्त्रीका सहयोगी र सल्लाहकार हुन् । तर, सत्तासीनहरूलाई विभिन्न विषयमा सल्लाह दिने यस्तो संयन्त्र विवादित किन बन्छ ? सोचनीय सवाल छ । किन सल्लाहकारहरूमाथि राज्यकोषको दोहन गरिरहेको भन्ने आरोप लाग्छ ? यसको जवाफ अव खोज्नुपर्ने भएको छ । सल्लाहकारहरू बोझमात्रै हुन कि, आवश्यक परेको बेलामा राम्रो सुझाव र सल्लाह दिने देशका सारथी ? सरकारले यो बिषयमा अब गंभीर बन्नु जरुरी छ ।

त्यसो त प्रधानमन्त्री र मन्त्रीहरूले निश्चितमात्रामा सल्लाहकार राख्न पाउने व्यवस्था छ । यसरी सल्लाहकार नियुक्त गर्दा नियम विपरित ठूलो संख्यामा जम्बो टिम बनाउने प्रवृत्ति बढ्दै गएको कारण सल्लाहकार पदकै मानमर्दन हुने अवस्था आएको छ । सल्लाहकारहरूले तोकिए अनुसार मन्त्री, राज्यमन्त्री, सचिव, सहसचिव, उपसचिव र अधिकृतस्तरका सेवा सुविधा पाउँछन् । प्रधानमन्त्रीले स्वकीय सचिवालयमा पनि सचिव, सहसचिव, उपसचिव, अधिकृतदेखि कार्यालय सहयोगी स्तरका गरी ४५ जनासम्म व्यक्तिहरू ‘भर्ती’ गर्न पाउँछन् । यसरी प्रधानमन्त्रीलाई सल्लाह दिन र सहयोग गर्न व्यक्तिगत तजबीजमा जम्माजम्मी ९१ जनासम्म नियुक्त गर्न सक्छन् । सल्लाहकारको यो झुण्ड नेपालको सन्दर्भमा वास्तवमै अनुचित छ । यसले राज्यको खर्च बढाउने काम मात्रै गरेको छ भन्दा अत्युक्ति हुँदैन । नेपालको इतिहास हेर्दा २०४६ अघिसम्म यस्तो सल्लाहकार समूह खासै राखिन्थेन । जब २०४६ सालमा बहुदलीय व्यवस्था पुनस्र्थापना भयो, अनि सुरु भयो सल्लाहकार समूहको जम्बो टोली ।

यस प्रकारको सल्लाहकार र स्वकीय सचिवालयमा नियुक्ति पाउनेमध्ये धेरैको ‘जागिर पकाउने’ बाहेक खासै काम भएको देखिएन् । धेरैजसो प्रधानमन्त्री र मन्त्रीका नजिकका विश्वासपात्रलाई रोजगारी दिन यी नियुक्तिहरू काम लाग्ने गरेका छन् । ४६ जनासम्म सल्लाहकार राख्ने र स्वकीय सचिवालयमा ४५ जना कर्मचारी सरकारी सेवा बाहिरबाट राखिने अभ्यासले राज्यकोषको खर्चमात्रै बढाएको छ । यी सबै सल्लाहकारहरूबाट सुझाव लिने समय पनि प्रधानमन्त्री र मन्त्रीसँग नहुन सक्छ । तसर्थ अब प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सल्लाहकारको यस प्रकारको झुण्डबाट टाढै बस्ने प्रयास गरोस् । प्रधानमन्त्रीले आफ्नो सचिवालयलाई मितव्ययी बनाउने घोषणा गर्नुभएको छ । प्रधानमन्त्रीको त्यो भनाई व्यवहारमा देखियोस् । जनतामा आशा जगाउने हो भने प्रधानमन्त्री र मन्त्रीहरूले सल्लाहकार समूह र स्वकीय सचिवालयलाई सानो र चुस्त बनाउनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?