ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

केरा बजारीकरण गर्न फलफूल केन्द्र सञ्चालन

३० श्रावण २०८१, बुधबार
३० श्रावण २०८१, बुधबार

नवलपरासी ,३० साउन ।
जिल्लामा उत्पादित केराको बजारीकरण गर्नका लागि जिल्लाको सदरमुकाम परासीबजारमा फलफूल सेन्टर सञ्चालमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमको सहयोगमा सो फलफूल केन्द्र सञ्चालनमा आएको हो ।
जिल्लाको पुर्वी क्षेत्रका सुस्ता, प्रतापपुर र सरावल गाउँपालिकामा ब्यवसायिक केरा खेती भई रहेको तर विगत बर्ष देखी नै बजारीकरणमा समस्या हुने गरेको कृषकको गुनासो सम्बोधन गर्नका लागि कार्यक्रमले सोही क्षेत्रका कृषक रामकलप कोईरीलाई केन्द्र सञ्चालन गर्न सहजीकरण गरेको थियो । अहिले सो केन्द्र भैरहवा भुमही बन्दरगाह मार्गमा सञ्चालनमा ल्याइएको छ । यसले गर्दा कृषकहरू आफ्नो खेतको केरा सो केन्द्रमा पु¥याउने र देशका विभिन्न बजारबाट ओहोर दोहोर गर्ने ब्यवसायिले सहज ढंगले केन्द्रबाट केरा खरिद गरि लैजान सक्ने गरि ब्यवस्था मिलाईएको केन्द्रका सञ्चालक कोईरीले जानकारी गराएका छ । गत असार महिनामा सो केन्द्र सञ्चालन गर्नका लागि सम्झौता गरिएको छ, उनले भने,यसका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमले प्राविधिक तथा आर्थिक सहयोग समेत गरेको छ । केन्द्रमा भण्डारणका लागि दुई वटा वाताअनुकुलित (एसी) सहितको चेम्बर निर्माण गरिएको छ । त्यसै गरि देश भरिका बजारको मुल्यका लागि सुचना प्रणाली समेत बनाइएको छ ।

विगत बर्षमा उत्पादित केरा किसानले ट्याक्टरमा लिएर गाउँ गाउँ धाउनु पर्ने बाध्यतामा केही सहजीकरण हुने उनको भनाइ थियो । त्यसैगरि विभिन्न बजारका ब्यवसायिहरूले पनि के कति मात्रामा केरा चाहियो भन्ने सुचना गरे पछि ति केरा कृषकको खेतबाट मगाउने र केही तत्कालै चहियो भन्ने चेम्बरमा राखिएको केरा तुरन्तै उपलब्ध गराउन सक्ने वातावरण बनेको छ । शुरु शुरुमा यो केन्द्र सञ्चालनमा आए पनि सन्तोष जनक कारोबार भएको बताउदै उनले यसको प्रचार प्रसार हुदै गए पछि भविष्यमा केन्द्रले आफ्नो क्षमता पनि बिस्तार गर्दै लैजाने जानकारी गराएका थिए । केरा भण्डारणका लागि अहिले खासै समस्या छैन्,उनले भने,ठूलो क्षमताको चिस्यानकेन्द्र पनि परासी बजार देखी करिब पाँच किलोमिटर सुनवल नगरपालिकामा सञ्चालनमा आई सकेको छ । सुस्ता गाउपालिकाले बनाएको चिस्यान केन्द्र पनि छिट्टै सञ्चालनमा आए अझ सजिलो बन्दै जानेमा उनले विश्वास ब्यतm गरेका थिए । हाल कार्यक्रमको तर्फबाट १५ लाख र कृषकको तर्फबाट ४ लाख गरि कुल १९ लाखको लागतमा सो फलफूल केन्द्र सञ्चालनमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?