ट्रेंडिंग:

>> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै

दुध उत्पादक किसानलाई एक करोड बढी प्रोत्साहन रकम

२९ श्रावण २०८१, मंगलवार
२९ श्रावण २०८१, मंगलवार

सुर्खेत, २९ साउन ।

कर्णाली प्रदेश सरकारले एक वर्षको अवधिमा दुध उत्पादक किसानलाई प्रोत्साहनबापत एक करोड बढी रकम उपलब्ध गराएको छ । सरकारले गत आर्थिक वर्ष २०८०÷०८१ मा उक्त रकम उपलब्ध गराएको हो । प्रदेशभर एक वर्षको अवधिमा ३७ लाख ९१ हजार चार सय २९ लिटर दुधमा एक करोड २३ हजार प्रोत्साहन रकम अनुदानवापत उपलब्ध गराइएको भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जनाएको छ । जसबाट तीन हजार सात ७६ कृषक लाभान्वित भएका छन् ।

दूध उत्पादक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रोत्साहन रकम उपलब्ध गराइएको हो । साविक कर्णालीका पाँच जिल्लामा प्रति लिटर १० रुपैयाँ र अन्य जिल्लामा पाँच रुपैयाँका दरले रकम उपलब्ध गराइएको हो ।

प्रोत्साहन कार्यक्रम अन्तर्गत सबैभन्दा धेरै सुर्खेतका दूध उत्पादक किसान लाभान्वित भएका छन् । मन्त्रालयले गत आर्थिक वर्षमा सुर्खेतका दुई हजार ४१ कृषकलाई ४९ लाख २९ हजार रुपैयाँ प्रोत्साहन रकम प्रदान गरेको मन्त्रालयको तथ्यांक रहेको छ । दूध उत्पादन गरेवापत सल्यानका ६ सय ४१ किसानले १३ लाख ३४ हजार प्रोत्साहन रकम प्राप्त गरेका छन् । यस्तै रुकुम पश्चिमका चार सय ७७ किसानलाई १५ लाख, जाजरकोटका ७१ किसानलाई चार लाख २३ हजार, दैलेखका चार सय ३४ किसानलाई १० लाख ५३ हजार रुपैयाँ दूध उत्पादन गरेवापात प्रोत्साहन रकम प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, कालिकोटका एक सय चार किसानलाई सात लाख, हुम्लाका आठ किसानलाई ८५ हजार तीन सय ६० रुपैयाँ दुग्ध उत्पादक किसानलाई प्रोत्साहन अनुदान बापत प्रदान गरिएको मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । मुगु र डोल्पामा भने दूध उत्पादक किसान नभएकाले प्रोत्साहन रकम वितरण गरिएको छैन ।

मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार प्रदेशभरका कृषकलाई प्रोत्साहन गर्नको लागि कार्यक्रम अगाडी बढाइएको जनाए । ‘पालिका स्तरका डेरीहरुमा दुध उपलब्ध गराएका कृषकहरुको मात्र तथ्यांक समावेश भएको छ । यसमा व्यक्तिगत रुपमा घर तथा पसलमा दुध बिक्री गर्ने कृषकहरुको तथ्यांक समावेश गरिएको छैन’ कठायतले भने, ‘दुध उत्पादन गर्ने सबै कृषकहरुलाई कार्यक्रममा समावेश गरेर अघि बढ्ने लक्ष्य छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?