Butwal Today

यो सरकार बनाउन लागेको सांसद म होइन् तर सरकारको रक्षा गर्छु : गगन थापा

२९ श्रावण २०८१, मंगलवार
अ+
अ-

काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका सांसद गगन थापाले केपी ओली नेतृत्वको सरकार निमार्ण गर्न आफु नलागेको बताएका छन ।नेपाली कांग्रेस र नेकपा एमाले बिचमा नयाँ सरकार गठन प्रक्रियामा सामेल नभए पनि रक्षाका लागि उभिने थापाले बताए ।

‘यो सरकार गठन प्रक्रियामा संलग्न सांसद म होइन तर यो सरकारको रक्षा मैले गर्नेछु,’ उनले भने ।

प्रतिनिधिसभाको जारी बैठकको बिशेष समयमा बोल्दै थापाले ४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार चलाउन दिने गरी संविधान संसोधन गर्न सकिने उपायतिर जान सकिनेछ । ‘संविधान संसोधनको कुराले धेरैजना आत्तिएको देख्छु तर आत्तिनु पर्दैन्, प्रतिनिधिसभा र राष्ट्रियसभालाई अझ बढी समावेशी र समानुपातिक प्रतिनिधित्व गराउने गरी संविधान संसोधन गर्नुपर्छ,’ थापाको प्रस्ताव छ, ‘बरु, ४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार चलाउन पाउने गरी बरु सरकार चलाउन दिनुपर्छ, यसमा छलफल गरौं,’ थापाले भने ।

साथै, नेपाली कांग्रेस र नेकपा एमाले बिचमा नयाँ सरकार गठन प्रक्रियामा सामेल नभए पनि रक्षाका लागि उभिने थापाले बताए । ‘यो सरकार गठन प्रक्रियामा संलग्न सांसद म होइन तर यो सरकारको रक्षा मैले गर्नेछु,’ उनले भने ।