Butwal Today

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्ड सञ्चालनमा

२९ श्रावण २०८१, मंगलवार
अ+
अ-

बुटवल ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक सञ्चालनमा आएको छ । सडक भासिएसँगै केही समयका लागि गाडी चलाउन राेक लगाइएकाेमा सडक मर्मत गरेपछि अहिले गाडी चल्न थालेका छन् ।

दाउन्नेमा गएराति सडक भासिएको थियो । विनयी त्रिवेणी गाउँपालिका–२ काे दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले गाडी रोकेर मर्मत गरिएको थियो ।