ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

कांग्रेस क्षेत्र नं. ३, रुपन्देहीद्वारा ‘राष्ट्रिय प्रशिक्षण कार्यक्रम’

२८ श्रावण २०८१, सोमबार
२८ श्रावण २०८१, सोमबार

बुटवल, २८ साउन ।

नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीको ‘२०औं नियमित बैठक’ आज जिल्ला पार्टी कार्यालय, भैरहवामा सम्पन्न भएको छ । सो बैठकले नेपाली कांग्रेस क्षेत्र नं. ३, रूपन्देहीले केन्द्रीय कार्यक्रम अन्तर्गत ‘केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’को समन्वयमा “प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरुको २ दिने राष्ट्रिय प्रशिक्षण कार्यक्रम” आउँदो कार्तिक ३० देखि मंसिर १ गतेसम्म गर्ने सर्वसम्मतिले निर्णय गरेको छ ।

बैठकमा बोल्ने अधिकांश वक्ताहरुले यस प्रकारका कार्यक्रमले देशैभरिका क्षेत्रीय सभापतिहरुलाई एकै ठाउँमा ल्याउँदा आन्तरिक पर्यटनको विकासका साथै शान्तिका अग्रदुत भगवान् गौतम बुद्धको प्रवेशद्वार भैरहवालाई चिनाउन मद्दत पुग्ने बताए । साथै यसले अद्यावधिक कुराहरु प्रशिक्षण, परस्पर समन्वय, भातृत्व तथा समग्रमा पार्टीको संगठन बलियो र प्रभावकारी बनाउन टेवा पुग्ने बताए ।

बैठकमा महासमिति सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, संविधानसभा सदस्य जन्नतुन निशा धुनिया, महासमिति सदस्य विमल ढकाल, पुर्व प्रदेशसभा सदस्य पुष्पा थरुनी, महाधिवेशन प्रतिनिधी तथा लुम्बिनी प्रदेश कार्यसमितिका सदस्य रमेश खनाल, विना न्यौपाने, लक्ष्मण सुवेदी, सुर्य नारायण यादव, महाधिवेशन प्रतिनिधि विनय ज्ञवाली, महेन्द्र कुमार श्रेष्ठ, बसन्तलाल कर्ण, दिपेन्द्र बुडाप्रिति, क्षेत्र नं. ३ ‘ख’ का सभापति घनश्याम चालिसे, क्षेत्रीय सचिव भवानी शर्मा, सहसचिव कुल प्रसाद न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

बैठकले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य अब्दुल रज्जाकको शीघ्र स्वास्थ्य लाभ, जिल्ला सभापति तथा तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाण नगर विकाश कोषको सदस्यमा मनोनित भएकोमा बधाई तथा जिल्ला उपसभापति तथा सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेलाई मातृशोक परेकोमा समवेदना प्रस्ताव अनुमोदन गरेको छ । बैठकमा क्षेत्रीय उपसभापति सुरेन्द्रजंग थापा, क्षेत्रीय सचिव लेखनाथ भट्टराईले पनि आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?