ट्रेंडिंग:

>> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की
दशौं राष्ट्रिय खेलकुद तयारी

असोजसम्म पूर्वाधार निर्माणको काम सम्पन्न गरिने

२८ श्रावण २०८१, सोमबार
२८ श्रावण २०८१, सोमबार

सुर्खेत, २८ साउन ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदै गर्दा प्रदेश गौरवको आयोजना अन्तर्गत वीरेन्द्रनगरमा निर्माणाधीन रंगशालाको काम धमाधम अगाडि बढेको छ । आगामी असोज महिनासम्ममा सम्पन्न हुने गरी काम अघि बढाइएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए । ‘पूर्वनिर्धारित समयमै प्रतियोगिता हुने गरी अघि बढेका छौ’ उनले भने, ‘यदि बिचमा कुनै विपद् तथा बाधा नपरेमा समयमै कार्यक्रम हुन्छ ।’

आगामी मंसिरमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गरेर रंगशाला निर्माणको कामलाई अघि बढाइएको सञ्ज्यालले बताए ।

एमएसी–जीएसएल कम्पनीले एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रूपैयाँमा निर्माणको जिम्मेवारी पाएको हो । २०८१ जेठ ११ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएपनि काम सम्पन्न नभएकाले चार महिना म्याद थप गरेर काम अघि बढाइएको परिषद्ले जनाएको छ । २०७८ कात्तिक २८ गते प्रदेश रंगशाला निर्माणको ठेक्का सम्झौता गरिएको थियो । म्याद थप भएसँगै निर्माणको कामहरु अगाडि बढेको परिषद्का सदस्य सचिव सञ्ज्यालले बताए । २०८१ असोज १० गतेसम्म रंगशाला निर्माणको म्याद थप गरिएको छ । सञ्ज्यालका अनुसार हालसम्म ९० प्रतिशत भौतिक प्रगति हासिल भएको छ भने ९० प्रतिशत नै वित्तिय प्रगति हासिल भएको छ । अब रंगशाला निर्माणको दश प्रतिशत मात्र काम बाँकी रहेको छ ।

पहिलो चरणमा डिजाइन, फिल्ड निर्माणलगायत काम भएका थिए । ती काम ६ महिनाको अवधिमै सकिएको थियो । दश हजार दर्शक अट्ने क्षमताको बनाउने गरी काम भइरहेको रंगशालाको फिनिसिङलगायतका काम अन्तिम चरणमा पुगेको उनले बताए । उनका अनुसार अब मेसिनरी काम मात्रै बाँकी छन् । छाना छाउने, दुबो रोप्ने, हरियाली बनाउने लगायतका काम बाँकी छन् ।

अहिले झ्याल ढोका, बाथरुम फिटिङ लगायतका काम धमाधम भइरहेका छन् । अहिलेसम्म एक अर्ब ४३ करोड बजेट कार्यान्वयन भएको छ । दश हजार दर्शक क्षमताको प्याराफिट स्टेडियमको काम, स्वीमिङ पुल, छाना लगाउने काम भइरहेका छन् भने अन्य काम करिब सकिएको जनाइएको छ । वरिपरि बाटो, कम्पाउन्डिङका सटर, गेट निर्माणलगायतका काम अन्तिम चरणमा रहेको सञ्ज्याल बताउँछन् । आउटडोर मोडमा बास्केट बल, भलिबललगायतका खेल खेल्ने संरचनाका काम सकिएका छन् भने फुटबल मैदानको काम पनि सकिएको छ ।

बजेट अपुग

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आन्तरिक तयारीका लागि बजेट अपुग हुने देखिएको छ । प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा तयारीका लागि बजेट अपुग हुने भएको हो ।

चालु आर्थिक वर्षका लागि माग गरिएको भन्दा कम बजेट विनियोजन गरेपछि यसले रकम अपुग हुने देखिएको छ । उक्त बजेटले जिल्ला–जिल्लामा पूर्व तयारीका खेल खेलाउन बजेट अपुग हुने परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए ।

१६ करोड बजेट माग गरिएको भएपनि प्रदेश सरकारले दुई करोड ५६ लाख मात्र बजेट विनियोजन गरेको छ । ‘आन्तरिक तयारीका लागि यो बजेट न्यून छ, यस बजेटले पूर्वतयारीका खेल खेलाउन, अन्य काम गर्न समस्या हुन्छ’ परिषद्का सदस्य सचिव सञ्ज्यालले भने, ‘नवनियुक्त सामाजिक विकास मन्त्रीले यसका लागि बजेट व्यवस्था गरिदिने बताउनुभएको छ, बजेटको व्यवस्था भएमा तयारी रामा्रेसँग गर्न सकिन्छ ।’

यस्तै, संघीय सरकारले दशाँै राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि यो वर्ष ६० करोड बजेट विनियोजन गरेको छ । संघीय सरकारले प्रतियोगिता आयोजनाका लागि बजेट छुट्टयाएको हो । तर गृहप्रदेशमा हुने प्रतियोगिताका लागि आवश्यक तयारी गर्न भने बजेट कम भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?