ट्रेंडिंग:

>> पश्चिमी वायुको प्रभावः आज देशभर मौसम कस्तो रहने ? >> प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिने व्यवस्था >> १० करोडको कारोबार गर्दै सकियो देवदह मेला  >> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु

बलभद्र माविमा दर्जन बढी ‘अक्षयकोष’

२७ श्रावण २०८१, आइतबार
२७ श्रावण २०८१, आइतबार

रोल्पा, २७ साउन ।
रोल्पाको बलभद्र माध्यमिक विद्यालय थवाङमा दर्जन बढी अक्षयकोष स्थापना गरिएको छ । विद्यालयको शैक्षिक सुधार, छात्रवृत्ती सहयोग, प्रतिभा सम्मान लगायतका क्षेत्रलाई प्रोत्साहन गर्न उक्त अक्षयकोष स्थापना गरिएको हो ।

विद्यालयमा सबभन्दा ठूलो रासीको छात्रवृत्ती अमेरिकन नागरिकले स्थापना गरेका छन । लामो समय थवाङमा विताएकी अमेरिकन नागरिक अगस्ता मोल्नारले ३३ लाख २० हजार रासीको अक्षयकोष स्थापना गरेकी हुन् । विद्यावारीधिको सोध गर्न लामो समय थवाङ बिताएकी मोल्नारले आर्थिक वर्ष २०६८/०६९ देखि विद्यालयलाई सहयोग गर्दै आएकी थिईन । उनले अक्षयकोषको साथै विद्यालयको शैक्षिक भौतिक र व्यवस्थापकीय सुधारका लागी ५२ लाख १० हजार र छात्रवृत्तीका लागि ८ लाख ९७ हजार सहयोग गरेकी छिन । उनलाई सो विद्यालयले विद्यालयकी ममतामयी आमाको सम्मान दिएको छ ।

यसैगरि अक्षयकोषका लागि थवाङ गाउँपालिका भित्रका निर्माण व्यवसायीहरूले समेत सहयोग गरेका छन । निर्माण व्यवसायीहरूले ५० हजार अक्षयकोष सहयोग गरेका छन । यसैगरि सोही विद्यालयको प्राविधिक धारमा अध्यापन गर्ने शिक्षक, प्रशिक्षक, कर्मचारी र विद्यार्थीहरूले ७ लाख सहयोग गरेका छन । सो विद्यालयको सभा हल निर्माणका लागी गठित निर्माण समितिले २ लाख सहयोग गरेको छ । यसैगरि निर्माण समितिले ४ लाख र खानेपानी तथा सिचाई समितिले ४ लाख सहयोग गरेको छ ।

यसका साथै थवाङका कमरबहादुर/ जमेन्द्र रोकाले १ लाख ५ हजार ५५५ रासीको देउवहादुर/ रूपजना स्मृती नामक अक्षयकोष स्थापना गरेका छन । थवाङकै लिलाराम रोकामगरले १ लाख रासीको तुफान स्मृती अक्षयकोष स्थापना गरेका छन । सोही ठाउँकै पूर्णबहादुर/राजपूर्ण पुनमगरले ४ लाख रासीको दलवहादुर सम्झनी स्मृती छात्रवृत्ती अक्षयकोष स्थापना गरेका छन ।

विद्यालयमा अक्षयकोष स्थापना गर्ने अन्य दाताहरूमा अन्तिम/राजमित्र वुढा/उर्मिला रोकाबाट १ लाख रासीको मनिमाला स्मृती अक्षयकोष स्थापना भएको छ । अजय/दलमाया/रामराखी/सिजमाया घर्तीमगरले १ लाख रासीको दीर्घ /तेजमाया स्मृती अक्षयकोष स्थापना गरेका छन । यसैगरि अमित/उदय/पौरख/जमघट घर्तीमगरले १ लाख ५० हजार रासीको हर्कवहादुर/ वरमाया स्मृती अक्षयकोष स्थापना गरेका छन । सोही ठाउँका राममाया वुढामगरले २ लाख रासीको पूर्णवहादुर स्मृति अक्षयकोष स्थापना गरेकी छिन ।

कुमार घर्तीमगरले १ लाख १ हजार रासीको तीर्थ /जीता स्मृती प्रतिभा पुरस्कार अक्षयकोष स्थापना गरेका छन । यसैगरि सम्झना सी/ विजयज्योती/गोविन्द खड्काले १ लाख रासीको ज्वार स्मृती छात्रवृत्ती अक्षयकोष स्थापना गरेका छन । सोही ठाउँका दर्जित रोकामगरले १ लाख ५० हजार रासीको फर्कवहादुर सम्झना स्मृती अक्षयकोष स्थापना गरेका छन । अम्विका रोकामगरले १ लाख रासीको कृष्ण स्मृती अक्षयकोष स्थापना गरेकी छिन ।

अक्षयकोषदाता र विद्यालयको समझारीको आधारमा विद्यालयको शैक्षिक सुधार, छात्रवृत्ती तथा प्रतिभा प्रोत्साहन लगायतका क्षेत्रमा खर्च गर्ने गरि कार्यविधि बनाएको वलभद्र माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय घर्तीमगरले जानकारी दिए । स्मृती अक्षयकोषका साथै अन्य शिर्षकमा समेत अक्षयकोष स्थापना भएको छ अध्यक्ष घर्तीमगरले भने । २०१५ सालमा स्थापना भएको सो विद्यालय रोल्पाको एक पुरानो सामुदायिक विद्यालय मानिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?