ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

विद्युतीय गाडीको प्रवद्र्धन गर्न बुटवलमा बृहत -याली

२६ श्रावण २०८१, शनिबार
२६ श्रावण २०८१, शनिबार

बुटवल, २६ साउन ।

विद्युतीय सवारी साधनको प्रयोगले वातावरणीय स्वच्छता कायम हुनुका साथै आर्थिक रूपमा व्ययभार समेत कम हुन जाने भएकाले विद्युतीय सवारी नै प्रयोग फइद जनक हुने एक कार्यक्रमका बक्ताहरूले जोड दिएका छन् ।

पेट्रोलियम पदार्थ आयातमा वर्षेनि अरवौं रकम बाहिरिंदा ठुलो आर्थिक नोक्सानी व्यहोर्नुु परेको भन्दै विद्युतीय सवारी उपयुक्त विकल्प भएको उनीहरूको भनाइ छ । नेपाल विद्युत प्राधिकरणको ३९ औँ बार्षिक उत्सवको अवसरमा प्राधिकरण लुम्बनी प्रादेशिक कार्यालय बुटवलले आयोजना गरेको विद्युतीय सवारी साधनहरुको बृहत रÞ्याली समापन कार्यक्रममा बोल्ने वक्ताहरूले स्वदेशी विद्युतको खपतले विदेशी मुद्रा संचिती समेत बढ्ने बताए ।

यस क्षेत्रमा विद्युतीय गाडी विक्री वितरण गर्दै आएका कम्पनीहरू र विद्युतीय गाडी प्रयोगकर्ता, प्राधिकरणका कर्मचारीको सहभागिता रहेको उक्त ¥याली प्राधिकरण प्रादेशिक कार्यालय बुटवल कालिकानगरबाट सुरू भई, बुटवल मिलन चोक, गोलपार्क, योगीकुटी, तिलोत्तमा मणिग्राम हुँदै पुनः कार्यालय परिसरमा पुगी समापन गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरण लुम्बनी प्रादेशिक कार्यालयका प्रमुख हरि प्रसाद पाण्डेले पेट्रोलियम पदार्थ आयातका लागि ठूलो मात्रामा विदेशिने मुद्राको न्युनीकरण तथा स्वदेशी विद्युतको खपतका लागि ¥यालीको आयोजना गरिएको बताए ।

उनले विद्युतीय गाडीको प्रवद्र्धन गर्ने उद्धेश्य प्राधिकरणको रहेको बताए । उनले प्राधिकरणले विद्युतीय गाडीहरूलाई लक्षित गरी लुम्बिनी प्रदेशको बुटवल बसपार्क, बर्दघाट, कपिलबस्तुको चन्द्रौटा, बाँकेको कोहलपुर लगायतका क्षेत्रमा चार्जिङ स्टेशन निर्माण गरेको र थप अन्य ठाउँमा पनि चार्जिङ स्टेशन निर्माण गर्ने तयारी रहेको बताए । प्रमुख पाण्डेले बुटवल नारायणगढ, बुटवल–पोखरा, बुटवल–कोहलपुर लामो दुरीका सडक खण्डहरूको विभिन्न स्थानमा चार्जिङ स्टेशन राख्ने तयारी भैरहेको बताए ।

कार्यक्रममा बोल्दै प्राधिकरण बुटवलका ग्रीड महाशाखा प्रमुख सुरज गौतमले यस क्षेत्रमा विद्युतीय सावारी साधन प्रयोग गर्नेहरू दिनानुदिन बढ्दै गएको बताए । उनले नेपाल विद्युत प्राधिकरणले विद्युतीय गाडीको प्रयोग बढाउन चार्जिङ स्टेशन निर्माण गर्न चाहनेहरूका लागि पुर्वाधार निर्माण गरिदिने ,सहुलियतमा विद्युत प्रदान गर्नुका साथै ट्रान्सफर्मर निःशुल्क जडान लगायतका सुविधा दिने बताए ।

कार्यक्रममा विद्युतीय गाडी लिएका प्रयोगकर्ताले भने लाइन जाने आउने भोल्टेज नपुग्ने समस्या आफुहरुले भोग्नु परेकाले समस्या समाधानका लागि आग्रह गरेका थिए ।

कार्यक्रममा बुटवल वितरण केन्द्र प्रमुख कपिल पाण्डे, नयाँमिल वितरण केन्द्र प्रमुख रितेश गुप्ता, डिल्लिराज बेल्वासे, रामप्रसाद ज्ञवाली, ज्ञान प्रसाद भट्टराइ, भोजराज पोखरेल, कल्पना थापा, विद्युतीय सवारी धनी मुकुन्द भण्डारी लगायतले बोलेका थिए । कार्यक्रममा विद्युतीय गाडी लिएका प्रयोगकर्ताले भने लाइन जाने आउने, भोल्टेज नपुग्ने समस्या आफुहरुले भोग्नु परेकाले समस्या समाधानका लागि आग्रह गरेका थिए । ¥याली कार्यक्रममा महङ्गो छ तेल खाडीमा, चढौ विजुली गाडीमा, स्वदेशी विद्युतको खपत, विदेशी मुद्राको बचत, विद्युत खपत बढाऔ, इन्धनको आयात घटाऔं लगायतका नारा लेखिएका प्लेकार्ड, ब्यानरहरु गाडीमा टाँगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?