ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

मकैबालीमा जंगली जनावरको क्षति, किसान चिन्तित

२६ श्रावण २०८१, शनिबार
२६ श्रावण २०८१, शनिबार

सल्यान, २६ साउन ।
घोगा लाग्न नपाउँदै मकैबालीमा जंगली जनावरले नष्ट गर्न थालेपछि सल्यानका किसान चिन्तित बनेका छन् । वनजंगल नजिकका बस्तीमा किसानले लगाएका मकै तथा अन्य बालीमा बर्सेनि बँदेल, दुम्सी, बाँदर, खरायोले क्षति पुर्याउने गरेका छन् । कतिपय किसानको बाली त जंगली जनावरले सखाप नै पार्ने गरेका छन् । आफूहरूको मुख्य बाली मकैमा बंदेलले नोक्सानी पु¥याएपछी जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ का किसानहरूले वन कार्यालय संग क्षतिपूर्ति माग गरेका छन् । वडा नम्बर ५ का देवीलाल भण्डारीले बल्ल तल्ल मिहेनतका साथ हुर्काएको मकै रातीमा आएर बंदेलले क्षति गरेपछि अब कसरी परिवार पाल्ने भन्ने चिन्ताले सताएको बताए ।

उनले भने, ‘पहिले देखि नै बाँदरले सधै सताउने गथ्र्याे, खरायो, दुम्सीले पनि बालिनाली खाइदिन्थ्यो । यो बर्षदेखि मेरो बारीमा पनि बंदेलले क्षति गर्न थाल्यो ।’ यो बर्ष आफ्नो ६ वटा बारीमा मकै रोपेकोमा मकैमा घोगा लाग्न नपाउँदै बंदेलले क्षति सुरु गरिसकेको भन्दै दुःख पोखे । “भट्ट, धान, गहुँ, आलु, प्याज जे लगाउँछौ सबै जंगली जनावरले खान्छ । निकै समस्यामा पा¥या’, उनले भने, ‘सरकारले कि त यो देश जनावरहरूको मात्र देश हो भनेर घोषणा गरेर हामीलाई अन्यत्र कतै पठाउन पर्यो । होइन भने किसानको बालिनालिको सुरक्षा गरिदिन पर्यो ।’ छत्रेश्वरी ५ कै किसानहरू सुकलाल घर्ती, संगीता बस्नेत, उमलाल घर्ती, शुक्रराज वली लगायतका किसानले आफुहरूले बर्सेनि भोग्ने समस्याको दीर्घकालीन समाधानको माग गरे ।

मकै खेतीमा जनावरको क्षति देखिएपछि छत्रेश्वरी ५ नयागाउँ, दियारगाउँ लगायत विभिन्न बस्तीका १० जना किसानको मकै बाली क्षतिको प्रहरी मुचुल्का तयार संगै क्षतिको विवरण तयार गरिएको छ । वडा नम्बर ५ का विभिन्न स्थानमा बिहीबार छत्रेश्वरी गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्री सहित वडाका जनप्रतिनिधि, सब डिभिजन वन कार्यालय छत्रेश्वरीका कर्मचारी, कृषि विकास शाखा प्रमुख, प्रहरी लगायतको टोलीले किसानको बारीमा पुगेर मकै बालीमा जंगली जनावर बँदेलले पु¥याएको क्षतिको बारे अवलोकन, अनुगमन गरेको हो ।

मकै बालीमा क्षति व्यहोरेका किसानहरूलाई राहत उपलब्ध गराउनका लागि अनुगमन टोलीले सर्जिमिन मुचुल्का तयार गरेको हो । प्रहरी मुचुल्का, कृषि विकास शाखाको क्षतिको मूल्यांकन, वडाको सिफारिस लगायतको आधारमा डिभिजन वन कार्यालय मार्फत १० हजार रूपैयाँ सम्म किसानले राहत प्राप्त गर्ने गरेको सब डिभिजन वन कार्यालय छत्रेश्वरीका फरेस्टर कमल बोहोराले जनाए । कृषि बालीमा जनावरले क्षति गरेमा नजिकैको प्रहरीबाट सर्जिमिन मुचुल्का, कृषि प्राविधिकको क्षति मूल्यांकन सहित जग्गा धनी पुर्जा, नागरिकता, क्षतिको फोटो सहित सब डिभिजन वन कार्यालयमा पीडित किसानले निवेदन दिएपछि उक्त फाइल डिभिजन वन कार्यालय सल्यान हुँदै प्रदेश वन निर्देशनालय सुर्खेतले संघीय मन्त्रालयमा पेश गरेर बजेट व्यवस्था भएपछि मात्र क्षतिको आधारमा यससम्बन्धी कार्यविधि बमोजिम १० हजार रूपैयाँसम्म राहत उपलब्ध हुने गरेको बोहराको भनाइ छ । गत आर्थिक बर्षमा पनि छत्रेश्वरी गाउँपालिकाका १४ जना किसानले राहत प्राप्त गरेको सब डिभिजन बन कार्यालय छत्रेश्वरीले जनाएको छ ।

अनुगमनको क्रममा क्षतिको आधारमा तोकिएको मापदण्ड अनुसार छिटो राहत प्रदानका लागि भूमिका खेल्न गाउँपालिका उपाध्यक्ष खत्रीले कर्मचारीहरूसँग आग्रह गरेकी थिइन । छत्रेश्वरी गाउँपालिकाकै वडा नम्बर २,३,४ लगायतका क्षेत्रमा पनि बांदर, बँदेल लगायतका जिवजन्तुले मकैमा क्षती गरेपछी बाली संरक्षणको उपाय दिन किसानहरूले सरकार संग माग गरेका छन् ।
वनजंगलको विनास, वन डढेलो लगायतका कारण पनि जंगलमा कुनै खाने आहारा नहुने भएपछि जंगली जनावरहरू गाउँ पस्ने गरेको वन कार्यालयका प्रतिनिधिहरूको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?