ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

तस्करीमा नयाँ रुट, प्रहरीकै संरक्षण

२६ श्रावण २०८१, शनिबार
२६ श्रावण २०८१, शनिबार

पाल्पा, २६ साउन ।

छिमेकी मुलुक भारतबाट चोरी तस्करी गरी कपिलबस्तु जिल्लाको सिमावर्ती क्षेत्रमा संकलन गरिएका गोरु तस्करहरुले नयाँनयाँ बाटो प्रयोग गर्न लागेका छन् । रुपन्देही प्रशासनले गोरु तस्करीमा कडाइ गरेपछि नयाँनयाँ बाटो पहिल्याउँदै ओसारपसार गर्ने क्रममा गुल्मीको कालीगण्डकी गाउँपालिकाका स्थानीयहरुले पुनः नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।

कपिलबस्तुको महेन्द्र राजमार्ग खण्ड बाटभित्र पर्ने सालझण्डी–ढोरपाटन हुँदै गुल्मी पाल्पाको सिमाना रिडीबाट कालीगण्डकी र मिर्मीबाट स्याङ्जाको चापाकोट प्रयोग गरी पुनः काली गण्डकी करिडोर अन्तर्गत गरी पिपलडाँडादेखि गैडाकोट सडकमा पुग्ने गर्दछन् । तस्करीको यो पहिलो मात्र नभई यस अगाडि प्रहरीले वरामद गरेको थियो । उही तस्कर उही गाडीमा ल्याएका बखतमा स्थानीयले नियन्त्रणमा लिएको स्थानीय युवा कमल कार्कीले बताए ।
तस्करहरुले यस भन्दा अगाडि राजमार्गको बाटो प्रयोग गर्थे । जब रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले यस विषयलाई संवेदनशील रुपमा लिन लागेपछि नयाँनयाँ बाटोको पहिचान गरी प्रयोग गरेको हुन सक्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीका कर्मचारीहरु बताउँछन् ।

रुपन्देही प्रशासनले कडाई गरेपछि रुपन्देहीको बेलबास–नुवाकोटको सडक प्रयोग गरेको वखतमा प्रहरी चौकी दोभान पाल्पाले ट्रक सहित गोरु नियन्त्रणमा लिएको थियो । तस्कर समूहले प्रहरीको साथ र सहयोगका कारण यसरी हप्तामा एक ट्रक गोरु निकासी गरेका हुन् । तस्कर समूहले बुटवल–पाल्पा सडक प्रयोग गरी पाल्पाको पिपलडाँडादेखि गैडाकोट सडक प्रयोग गरेका बखतमा रम्भा गाउँपालिकाको हुंगीमा स्थानीय युवाले नियन्त्रणमा लिएपछि पछिल्लो समयमा असुरक्षित महसुस गर्दै स्याङ्जाको बाटो प्रयोग गरेको स्थानीय कृष्ण गैरे बताउँछन् । “हिन्दु धर्मालम्बीहरुको देवी देवता समान मानिएका गाईगोरुलाई यहाँबाट मासुको लागि बंगलादेश लैजाने हो । धर्मका खातिर पनि हामीले हाम्रो बाटो प्रयोग गर्न दिदैनौं”– उनले भने ।

कृषि प्रयोजनका लागि ओसारपसार गर्न अनुमति लिएको कपिलबस्तुको ए ब्रदर्श पशु चौपाया सप्लायर्स चन्द्रौटाले एलिसा चौहान सप्लायर्स सर्लाही पठाउँदै आएको हो । प्रहरीको संरक्षणमा यसरी तस्करी मौलाएको स्थानीयहरुको दावी रहेको छ । कपिलबस्तुदेखि अर्घाखाँची, गुल्मीको प्रहरी प्रशासनले रोक्न चाहेको खण्डमा रोकिन्छ । प्रहरीको नै सेटिङमा पहाडी जिल्लाको सडक प्रयोग भएको हो । यसमा प्रहरीको पोष्टदेखि जिल्ला तहसम्म आर्थिक लेनदेन भएपछि यो सडक प्रयोग भएको हो । यो सडकमा ठाउँठाउँमा प्रहरीको पोष्ट छ तर प्रहरीले नै लेनदेनमा मिलाएपछि स्थानीय युवाहरुले धर्मका खातिर नियन्त्रणमा लिएको गुल्मी अर्वेनीका स्थानीय युवा किशोर न्यौपाने बताउँछन् ।

यस अगाडि पाल्पा रामपुर हुँदै गैंडाकोट जाने क्रममा इलाका प्रहरी कार्यालय रामपुरमा कार्यरत एक प्रहरीले सबै सुरक्षा र सुराकीको व्यवस्था मिलाउने गर्थे । हाल उनी कपिलबस्तु सरुवा भएपछि पनि उनकै सेटिङ र सुराकीको आधारमा हुने गरेको स्रोतले बतायो । यसरी प्रहरी नै तस्करसंग हातेमालो गरेपछि तस्करी कसरी नियन्त्रण हुन्छ भन्ने प्रश्न उब्जिएको स्थानीयहरु बताउँछन् ।

प्रहरीले नियन्त्रणमा लिएको गोरु भन्सार कार्यालयमा पठाउने हो । भन्सार कार्यालयले लिलाम गर्ने हो । यही र यस्तै तस्कर समूहले लिलाम सकार्ने हो । भन्सारको लिलामी कागजको प्रतिलिपि तथा फोटोकपी देखाउँदै पुनः ओसार पसार सुरु हुने, भन्सार कार्यालयका कर्मचारीहरु बताउँछन् । तस्कर समूहको संजाल ठूलो हुने भएका कारण जिल्ला जिल्लाका प्रहरी प्रमुख, समाचार लेख्ने पत्रकारलाई समेत प्रभाव पार्ने भएका कारण उनीहरु कानुनी दायारामा आउन नसकेको कपिलबस्तु चन्द्रौटाका हरि नारायण गुप्ता बताउँछन् । “यसरी प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारीले नियन्त्रण गर्न चाहेको खण्डमा हुन्छ । कपिलवस्तुबाट गोरु लोड हुन्छ । नवलपरासीको पशु चिकित्सकले निरोगिताको प्रमाण पत्र दिन्छ । यसरी पनि बुझ्न सकिन्छ गलत तथा अवैध धन्धा भनेर”– उनले भने ।

बंगलादेशमा गोरुको मासु बढी खपत र बढी मूल्यमा बिक्री हुने भएका कारण यहाँबाट यसरी तस्कर हुने गरेको छ । २०४६ सालको राजनैतिक परिवर्तन भएसंगै कानुनी बाटो समाउँदै कृषि प्रयोजनको कागज र बहाना बनाउदै तस्करी बढेको हो । “यसमा प्रहरी नै मुख्य जिम्मेवार हो । प्रहरीले रोक्न चाहेको खण्डमा रोकिन्छ”–एक पुर्व प्रहरी अधिकृतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?