ट्रेंडिंग:

>> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द

तलब नपाएपछि कर्मचारी आन्दोलित

२६ श्रावण २०८१, शनिबार
२६ श्रावण २०८१, शनिबार

चन्द्रौटा (कपिलवस्तु), २६ साउन ।
कपिलवस्तुमा एक साझेदारी वनका कर्मचारी महिनौंदेखि तलब नपाउँदा आन्दोलित भएका छन् । कपिलवस्तु साझेदारी वन व्यवस्थापन समिति अन्तर्गत कार्यरत कर्मचारी १४ महिनादेखि तलब नपाएपछि आन्दोलनमा उत्रिएका हुन् । तलब स्वरूप ३८ लाख ७१ हजार पाउनुपर्ने कर्मचारीहरू बताउँछन् । तलब नदिएर पेट्रोल, पानी लगायत अन्य शीर्षकमा खर्च गरेको उनीहरूको आरोप छ ।

साझेदारी वनका बैंक खातामा लाखौँ रूपैया रहेपनि कर्मचारीलाई हाकिमहरूले मर्कामा पारेको विष्णु खनालले बताए । “हाम्रो पाउनुपर्ने तलब तत्काल उपलब्ध गराउन माग गर्दछौं । नत्र थप आन्दोलन गर्छौं ।” खरिदार घनप्रताप यावदले भने । यस्तै तलब नपाएपछि परिवार पाल्न कठिन भएको वन हेरालु जाहिर जोलहाले बताए । कपिलवस्तु साझेदारी वन व्यवस्थापन समिति र सब–डिभिजन वन कार्यालय खरेन्द्रपुरका वन अधिकृत संजय कुमार मिश्रले तलब नदिएको जोलाहाले आरोप लगाए ।

यस्तै अधिकृत मिश्रले अर्को महिना तलब पाइने भन्दै बारम्बार ढाटेको वन हेरालु लक्ष्मी थारुले बताइन् । तलबको लागि पटक–पटक माग गर्दा कुनै सुनुवाई नभएपछि कर्मचारीहरूले बाध्य भएर कपिलवस्तु साझेदारी वनको कार्यालयमा ताला लगाएको खरिदार अर्जुन यादवले बताए । गत १८ गतेबाट कार्यालयका कर्मचारी आन्दोलन गरेको यादवले जानकारी दिए ।

यता कपिलवस्तु साझेदारी वन व्यवस्थापनका समितिका अध्यक्ष गंगेशनाथ तिवारीले कार्ययोजना निर्माण गरी वन निर्देशनालयको कार्यालयमा पठाएको बताए । कर्मचारीले तबल नपाएको स्वीकार गर्दै उनीहरूले समयमै पाउनुपर्ने बताए । केहि रकमको तलबको चेक बैंकमा सात्न पठाएपनि त्रुटिका कारण भुक्तानी नभएको उनको भनाई छ । समस्यातर्फ जान कर्मचारीलाई आग्रह गर्दै यथासिघ्र समाधान गर्ने अध्यक्ष तिवारीले जनाए । वन निर्देशनालयले कार्ययोजना स्वीकृत नगर्दा अनुदानको रकम आउन ढिलाई भएको बताउँदै कोषमा पैसा नभएकाले तत्काल दिन नसकिने वन अधिकृत संजयकुमार मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?