Butwal Today

भारतीय विदेश सचिव आइतबार नेपाल आउदै

२५ श्रावण २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आइतबार दुईदिने नेपाल भ्रमणका लागि आउने भएका छन्।

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री नेपाल आउन लागेका हुन्।

भ्रमणका क्रममा उनले नेपाल–भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी २८ साउनमा भारत फर्किने छन्।