ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

निःशुल्क उपचार सेवा लिनेको संख्या बढ्दो

अस्पतालमा अति गरिबलाई सय प्रतिशत छुट, ६० देखि ७० वर्षसम्मका जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट, ८० वर्ष माथिका जेष्ठ नागरिकलाई पूर्ण निःशुल्क उपचार सेवा उपलब्ध रहेको छ । बिरामीले सामाजिक ईकाईको सेवाका लागि तत्कालैका लागि सम्बन्धित चिकित्सकको सिफारिस र त्यसपछि पालिकाको सिफारिस, लक्षित समूहको परिचय पत्र, नागरिकता लगायतका कागजपत्रहरू पेश गर्नुपर्दछ ।
२५ श्रावण २०८१, शुक्रबार
२५ श्रावण २०८१, शुक्रबार

बुटवल, २५ साउन ।
लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालनमा रहेको सामाजिक सेवा ईकाईमा उपचारका लागि आउनेको संख्या दिनप्रति दिन बढिरहेको छ । उपचार गर्न आर्थिक अवस्था कमजोर भएकाहरूको उपचारमा सहयोग गर्ने उद्देश्यले सरकारले सामाजिक सेवा ईकाईको स्थापना गरेको हो । आर्थिक अभावका कारण औषधी उपचार नभइ ज्यान गुमाउन नदिनका लागि यो कार्यक्रम संचालनमा छ । त्यो सँगै असहाय र परिवारबाट हेलामा परेका जेष्ठ नागरिकलाई प्राथमिकतामा राखेर उपचार हुँदैआएको अस्पतालको भनाइ छ ।

गरिब, असहाय, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, लैगिङ्ग हिंसा पीडित, गरिब तथा विपन्न समुदायका साथै आकस्मिक घटना, विपत एवं प्राकृतिक प्रकोपबाट पीडित, सीमान्तकृत तथा लोपोन्मुख आदिबासी जनजाती, महिला स्वास्थ्य स्वयंसेविका,कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा बिरामी, शहीद परिवार, स्थानीय आधारमा थप गर्नुपर्ने लक्षित समूहलाई उपचार गरिने अस्पतालले जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लुम्बिनी प्रदेशका बाँके, बर्दिया बाहेकका सबै ठाउँबाट उपचारका लागि बिरामी आउने गरेको तथाङ्गमा उल्लेख छ ।

बिरामीको संख्या बढ्ने तर सेवा सुबिधाका लागि चाहिने बजेट अपुग हुँदा बिरामीको चापलाई थेग्न असहज अवस्था सृजना हुन सक्ने लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवा ईकाई प्रमुख नेत्रप्रसाद आचार्यले बताए । उनले संघबाट आउने बजेट कटौतीले समस्या सृजना हुने भन्दै त्यसका लागि विकल्पहरू तयार गर्न आवश्यक रहेको बताए । आचार्यले गत वर्ष सामाजिक सेवा ईकाई सञ्चालनका लागि संघबाट ९० लाख बजेट आएको थियो । यो वर्ष घटेर जम्मा १० लाख रुपियाँमा आएको छ अब कसरी सञ्चालन गर्न सकिन्छ । यसबारे अस्पताल समितिमा छलफल चलेको छ । निर्णय सकारात्मक होस् भन्ने छ कमसेकम उपचार गर्न नसक्ने व्यतिmलाई केही राहत त भएको छ । उनी भन्छन् सरकारले दिन खोजेको सेवा सुबिधा अत्यन्त राम्रो छ तर पनि व्यवस्थापकिय कुरामा कमजोरी हुँदा राम्रा काम पनि फेल हुने गरेका छन् ।

अहिले अस्पतालमा दैनिक ६ देखि ७ जना बिरामी निःशुल्क उपचारका लागि सिफारिस लिएर आउने गरेका छन् । कति बिरामीहरू उपचार पछि तत्काल घर फर्के पनि धेरै बिरामीहरू भर्ना भएर उपचार गर्नुपर्ने अवस्थाका हुन्छन् । निर्देशिकाले ओपिडी सेवामा २ हजार ५ सय सम्मको जाँच उपचार सेवा निःशुल्क, आकस्मिक वा इमर्जेन्सि सेवातर्फ ५ हजार सम्मको सेवा उपचार निःशुल्क गर्दै आएको छ भने अपे्रशन तथा भर्ना भएका बिरामीहरूलाई १० हजारसम्म निःशुल्क सेवा प्रदान गर्ने भनेको छ । उनी भन्छन्–‘उपचार गर्न त नगरपािलकाबाट अति गरिवीको कागज बनाएर आएको छ तर उसको उपचारमा चाहिने उपकरण नहुँदा समस्या हुन्छ । नत बिरामीले किन्न सक्ने अवस्था हुन्छ नत अस्पतालले व्यवस्था गर्न सक्छ । यस्तो अवस्थामा पनि हामीले अहिले सम्म अरू अस्पतालसँग सहकार्य गरेर पनि बिरामीको उपचार गरेका छौ ।
आर्थिक अभावले कसैले पनि ज्यान गुमाउन नपरोस तथा जोखिममा नपरुन भन्ने उद्देश्यका साथ सबै जनालाई स्वास्थ्यको समान पहुँचमा ल्याउने गरी सञ्चालन गरिएको सामाजिक ईकाई प्रति सेवाग्राही विगत भन्दा थप सचेत र आकर्षित बन्दै गएको तथ्याङ्कहरूले देखाउँछ तर यो वर्षको बजेट विनियोजनको अवस्था हेर्दा कसरी सञ्चालन गर्ने भन्ने चिन्ता थपिएको छ ।

गत वर्ष अस्पतालमा सामाजिक स्वास्थ्य ईकाई मार्फत एक वर्षको अवधिमा मात्रै ३ करोड १७ लाख बराबरको निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएको सामाजिक ईकाइ प्रमुख आचार्यले जानकारी दिए । यो वर्ष कसरी काम गर्ने भन्ने अवस्था सृजना भएको छ ।
अस्पतालबाट आर्थिक वर्ष २०७७ /०७८ मा अति गरिब ११ सय २० जना महिला १३ सय ५५ जना पुरुष, असहाय १ सय ३३ महिला १ सय ४८ जना पुरुष, अपाङ्गता भएका ७९ महिला १ सय २९ जना पुरुष, जेष्ठ नागरिक १९ सय १० जना महिला २१ सय ७३ जना पुरुष, लैगिक हिंसा पीडित २ जना महिला ५ जना पुरुष, कुपोषित बालबालिका २० जना बालक र २० जना बालिका , थुनुवा १४ महिला २३ पुरुष गरेर ३ हजार ३ सय ३० जना महिला र ३ हजार ८ सय छड जना पुरुषले सेवा लिएका छन् ।

यो आर्थिक वर्ष २०७९/८० मा ७ हजार ६९७ जनाले सेवा लिएका छन् । अति गरिब ८ सय २ जना महिला, १ हजार ७४ जना पुरुष, अपाङ्गता भएका ४७ जना महिला, ७९ जना पुरुष असाहाय ६६जना महिला १ सय २३ जना पुरुष, कुपोषित बालबालिका २६ जना बालिका ३९ जना बालक, लैगिक हिंसामा १ जना महिला, थुनुवा ३ जना महिला ३१ जना पुरुष महिला स्वास्थ्य स्वयंसेविका ७ जनाले सेवा लिएका छन् ।
सामाजिक सेवा ईकाईका सेवा लिनेको संख्या बढ्दै जाने तर सरकारले उपलब्ध गराउने अनुदान रकम घट्दै जाँदा अस्पताल विकास समितिको सीमित श्रोत र साधनले कार्यक्रमलाई थप प्रभावकारी बनाउन नसकिएको उनले गुनासो गरे । अस्पतालमा यो कार्यक्रम अन्तर्गत सामान्य उपचार खर्चमा मात्रै होइन विभिन्न जटिल प्रकारका शल्यक्रिया तथा औषधी खर्च उपलब्ध गराउने गरेको आचार्यले बताए ।
सामाजिक सेवा ईकाईले गरिब तथा अति विपन्नहरूको उपचारसँगै बेवारिसे अवस्थामा उपचारका लागि आएकाहरूको व्यवस्थापनका लागि बुटवलको मानव सेवा आश्रमसँग सहकार्य गरी औषधि उपचार पछि आश्रममा बासको लागि व्यवस्था मिलाउने गरिएको छ । अस्पतालले गत आर्थिक वर्षमा मात्रै २२ जना बेसहारा नागरिकहरूलाई उपचार पछि आश्रमको जिम्मा लगाएको थियो । यो वर्ष पनि अहिलेसम्म १० जना बेवारिसे अवस्थामा अस्पतालमा आएका बिरामीलाई उपचारपछि मानव आश्रमको जिम्मा लगाएको प्रमुख आचार्यले जानकारी दिए ।
विपन्न परिवारका बिरामीले उपचार गराउँदाको अवधिसम्म उनीहरूलाई कुरेर बस्ने आफन्तहरूलाई खाना उपलब्ध गराउने गरिएको आचार्यले जानकारी दिए । उनले गत वर्ष सम्म खाजाको पनि व्यवस्था थियो तर बजेट अभावका कारणले यो वर्ष खाजा कटौती गरिएको छ उनले भने ।
अस्पतालमा अति गरिबलाई सय प्रतिशत छुट, ६० देखि ७० वर्षसम्मका जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट, ८० वर्ष माथिका जेष्ठ नागरिकलाइ पूर्ण निःशुल्क उपचार सेवा उपलब्ध रहेको छ । बिरामीले सामाजिक ईकाईको सेवाका लागि तत्कालैका लागि सम्बन्धित चिकित्सकको सिफारिस र त्यसपछि पालिकाको सिफारिस, लक्षित समूहको परिचय पत्र, नागरिकता लगायतको आवश्यक कागजपत्रहरू पेश गर्नुपर्दछ । पछिल्लो समयमा बिरामीका लागि आवश्यक पर्ने सुबिधाहरूका लागि अरू अस्पताल, बिरामीको सम्बन्धित गापा, नपा र वडासँग पनि सहकार्य गरेर उपचार गरिरहेको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा सामाजिक सेवा ईकाईले २४ घन्टा नै सेवा दिँदै आएको प्रमुख आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?