ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्शरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

उद्यमी बन्दै महिला

२५ श्रावण २०८१, शुक्रबार
२५ श्रावण २०८१, शुक्रबार

जितपुर, २५ साउन ।
वाणगंगा ४ गजेहडाकी जितमाया थापा सहितका २३ जना महिलाहरू कागजका झोला बनाउन व्यस्त छन् । यी महिलाहरू बिहान १० बजे देखि साँझ ५ बजे सम्म एकै थलोमा बसेर विभिन्न प्रकारका झोला बनाइरहेका छन् । सात दिनदेखि निरन्तर यही काममा लागिरहेका उनीहरूले १ हजार कपडाका झोला, ४ सय एक्स–रे खाम र सानो साइजको ३ सय व्याग बनाईसकेका छन् । उनीहरूले १५ दिनको तालिम लिएर यो काम सुरु गरेका हुन् । विभिन्न साइजको खाम, कार्ड, पेन होल्डर, गहना व्याग, रेकर्ड फाइल र पेय पदार्थ बोक्ने व्याग बनाउने योजना समेत रहेको जितमायाले बताइन् ।

३ वटा समूह बनाएर काम गरिरहेका महिलाहरूले समूहमा काम गर्दा धेरै सजिलो भएको टोली नेता लिला आचार्यले बताइन्। ‘एक्लै काम गर्दा गाह्रो भएपनि समूहमा काम गर्दा कार्यक्षमता बढ्छ उनले भनिन’–‘८ जना महिलाहरूले मिलेर अलग अलग चरणमा काम गर्दै जाँदा अन्ततः झोला तयार हुन्छ ।’

गजेहडाकी पवित्रा गिरीले खुशी व्यक्त गर्दै समुहमा काम गर्दा उत्साहित भएको बताइन् । परिश्रमको मोल पाउनुपर्ने कुरामा जोड दिँदै भनिन्, ‘रोजगार र मेहनत अनुसारको उपलब्धी पाउने आशामा छौं । हामीले गरेको मेहनतले समाजमा सकारात्मक सन्देश दिएर २-४ पैसा आम्दानी हुने गरेको छ ।

बाणगंगा चम्कीपुरकी युवती रोशनी थारुले तालिम पाएर सीप सिक्न पाएकोमा खुशी व्यक्त गरिन् । ‘यो तालिमले जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताइन् । तालिम पाएर उपलब्धी आएको छ, संस्थाको लगानी खेर गएको छैन, संस्था र हामी सवैलाई राम्रो हुन्छ’ उनले भनिन् ।

उनीहरूले बनाएका सामानहरूको बजार व्यवस्थापन गर्न नगरपालिकाले सहयोग गर्नुपर्ने माग गरेका छन् ।‘हामीले बनाएको चिजहरू बिक्री गर्न नगरपालिकाले सहयोग गर्नुपर्छ’, रोशनीले भनिन् । महिलाहरूको अनुभवले घरमा बसेर काम गर्न असम्भव भएकोले समूहमा बसेर काम गर्दा धेरै सजिलो भएको बताउँछन् । कागजका झोलाको बजारीकरणमा जुटेका महिलाहरू मेहनतको फल पाउने आशामा छन् ।

महिलाहरूको यो समूह सामाजिक अभियानको हिस्सामा जोडिएको छ । उनीहरूले घरबाट बाहिर निस्केर काम गर्दा उत्साहित हुँदै आयआर्जन हुनेमा विश्वस्त छन् । हामीलाई संस्थाले सहयोग गरेझै अन्य निकाय पनि आएर हौसला दिनुपर्छ, पवित्रा गिरीले भनिन् । उनीहरूको मुख्य चिन्ता मेहनत अनुसारको पैसा नपाइने होकी भन्ने छ । पानी खान जाँदा वा अन्य काममा जादा पनि काम छुट्छ कि भन्ने डर सहभागीहरूको मनमा छ । महिलाहरूले कागजको झोलाको बजार खोज्न आवश्यक रहेको बताए । हामीले जति पनि काम गर्छौ, बजार पाउनुपर्छ, उनीहरूले आफ्नो लगानी लगाएर पनि काम गर्न सक्ने उत्साह देखाएका छन् ।

‘हामी एक दुई महिना संस्थालाई सहयोग गर्न तयार छौं’,’ गिरीले अन्त्यमा भनिन् । यिनीहरूको मेहनत र समर्पणको प्रतिबद्दता, हरेक मेहनती मानिसका लागि प्रेरणाको स्रोत बन्न सक्छ। यस कार्यले उनीहरूलाई आत्मनिर्भर र उधमी बनाएको छ र आर्थिक रूपमा सबल बनाउन मद्दत पु¥याएको देखिन्छ ।

सिद्धार्थ सामाजिक विकास केन्द्रले सामाजिक उद्यमशीलताको अवधारणालाई अघि बढाउँदै कागजको झोला उत्पादनको काम सुरु गरेको छ । संस्थाले विभिन्न क्षेत्रको अध्ययन र अवलोकनपछि कागजको झोलाको प्रयोगले वातावरण संरक्षणमा टेवा पु¥याउने विश्वासका साथ यो अभियान थालेको हो ।

संस्थाकी अध्यक्ष सूर्य कुमारी शाहीले सामाजिक उद्यमशीलता सामाजिक अभियानको महत्वपूर्ण हिस्सा भएको बताउँदै यो कार्यमा सबैको सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिइन् । ‘स्थानीयस्तरमा महिलाहरूलाई उद्यमशीलतामा जोडेर, स्वरोजगार बनाउँदै आर्थिक उपार्जनमा सक्रिय बनाउने हाम्रो उद्देश्य हो’, अध्यक्ष शाहीले भनिन् ।

वाणगंगा नगरले आगामी दिनमा नगरपालिकालाई प्लास्टिक मुक्त नगर घोषणा गर्न यो अभियानले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन् । स्थानीय सरकारले यस अभियानलाई साथ दिनुपर्छ, जसले गर्दा हाम्रो समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ, उनले भनिन् । ‘सामाजिक उद्यमशीलता मार्फत महिलाहरूलाई आत्मनिर्भर बनाउने र वातावरण संरक्षणमा योगदान पु¥याउने यो पहलले स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?