Butwal Today

हेलिकप्टर दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

२३ श्रावण २०८१, बुधबार
अ+
अ-

काठमाडौँ ।

नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा भएको हेलिकप्टर दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ।

काठमाडौंबाट रसुवातर्फ उडेको एयर डाइनेस्टीको विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो। शिवपुरी गाउँपालिका–७ का वडाअध्यक्ष बीर बहादुर तामाङले ५ जनाको शव भेटिएको पुष्टि गरे।

वडाअध्यक्ष तामाङ अहिले घटनास्थलमै छन्। दुर्घटनाबारे थप विवरण आउने क्रम जारी छ।