Butwal Today

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

२३ श्रावण २०८१, बुधबार
अ+
अ-

काठमाडौं ।

रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दिउँसो २ बजेपछि सम्पर्कविहीन भएको खुलेको छ। त्रिभुवन विमानस्थल टावरका अनुसार २ बजेसम्म हेलिकप्टर सम्पर्कमै रहेको थियो। त्यसपछि टावरसँगको सम्पर्क टुटेको थियो।

अहिले सुरक्षाकर्मीको ठूलो टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको छ  । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

हेलिकप्टर दुर्घटना स्थलमा आगलागी भइरहेको र उद्धार कार्य जारी रहेको छ ।