ट्रेंडिंग:

>> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित) 

यूवती फोनमै फक्किदा…

२३ श्रावण २०८१, बुधबार
२३ श्रावण २०८१, बुधबार

चन्द्रौटा (कपिलवस्तु), २३ साउन ।
मुगु जिल्लाको खत्याड गाउँपालिकाकी मेनुका रोकाया (परिवर्तित नाम) कक्षा ११ मा अध्ययन गर्दै थिइन् । उमेरले उनी यतिबेला १९ बर्षकी भएकी छन् । उनको घरमा १० जनाको परिवार छ । आमा, बाबा कृषि पेशा गर्दै आएपनि मासिक करिब १० दश हजार आम्दानी थियो । त्यो आम्दानीले घर खर्च चलाउन निकै सकस भएको मेनुकाले बुझिन । ११ कक्षाको अध्ययन पूरा नहुँदै उनी बीचमा छाडिन् ।
करिब दुई महिना अगाडि उनलाई नयाँ नम्बरबाट फोन आउँछ । उनलाई फोन गर्ने दाङ जिल्ला घर भएकी ३२ बर्षकी सविना (परिवर्तित नाम) गिरीसँग चिनजान भई कुराकानी हुँदै जाँदा गिरीले नेपालमा यत्तिकै खाली बस्नु भन्दा भारतको पटनामा राम्रो आम्दानी हुने कामको प्रलोभन देखाउँछिन् । गिरीले रोकायालाई प्रलोभन पश्चात भारतको पटनामा मोर्डन फेसन कम्पनीमा लगी १ हप्तासम्म विभिन्न किसिमका कक्षाहरूमा सहभागी गराई प्रलोभनमा पारी १ लाख आइसी लगानी गर्नुपर्ने बताउँछिन् ।

एक लाख लगानी गरेपछि मासिक ३० हजार आइसी कमाई हुने बिचौलिया गिरीले भनेअनुसार रोकायाले नेपाल आइ भारतमा रहेका एक व्यक्तिको बैंक खातामा ९० हजार रूपैया जम्मा हुन्छ । थप साथी भारत ल्याए बापत दोब्बर हुने भनेपछि मेनुकाले आफ्नो पाल्पामा आफ्नो बहिनीलाई भेट्न जाँदा चिनजान भएकी बहिनीकी साथी हुम्ला जिल्ला घर भएकी वर्ष १९ की रिता बोहोरा (परिवर्तित नाम) लाई समेत प्रलोभनमा पारी सहमत गराई बुटवल आई अर्का साथी प्यूठान जिल्ला घर भएको बर्ष ३० को जीवन (परिवर्तित नाम) मगरसँग भेटी कृष्णनगरको नाका हुँदै भारतको पटना लैजान लागेको लाई उद्वार गरिएको शान्ति पुनस्र्थापना गृहका राष्ट्रिय संयोजक भुमिराज भट्टराईले जानकारी दिए ।

यस्तै सामाजिक सञ्जाल तथा अन्य माध्यमले भारतसहित तेस्रो मुलुकमा बेचिएका तीन सय बढीलाई उद्वार गरिएको छ । गत आर्थिक बर्ष २०८०/०८१ मा ३ सय ४६ जनाको उद्वार र ९ हजार ८ सय २२ जनालाई परामर्श गरिएको गृह कपिलवस्तुले जनाएको छ । उद्धार गर्नेमा सबैभन्दा बढी रोल्पा, बागलुङ, स्याङजा, कपिलवस्तु लगायत जिल्लाहरूको सयौँ चलीहरूको रहेका छन् ।
उद्धार भएकोमा ३ सय ९ जना अति जोखिममा परेको थिए । यस्तै १८ देखि २५ बर्ष उमेर समूहका १५० जना, १६ देखि १७ उमेर समूहका ५९ जना, ११ देखि १५ उमेर समूहका ४९ जना, २६ देखि ३० उमेर समूहका ४४ जना, ३० बर्ष देखि माथि ३५ जना र अन्य उमेर समूहका गरी ३ सय ४६ जनालाई उद्धार गरिएको शन्ति पुनस्र्थापना गृह कपिलवस्तुको प्रतिबेदनमा उल्लेख छ ।

पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ता बढेका छन् । जसले नागरिकलाई सहजता समेत प्रदान भएको छ । सञ्जालको प्रयोगकर्ता बढेसँगै विकृति पनि उत्तिकै बढेको छ । केहि समय पहिले मानव तस्करले गाउँघरका सोझा–साझा आम मानिसलाई सिधै सम्पर्कमा ल्याई भारत लगायत तेस्रो मूलुकमा बेचबिखनका भएका घटना हुने गरेको थियो तर यतिबेला भने सो तस्करको रूप भने फेरिएको छ ।

फेसबुक, वाटसप, भाइबर, इस्टाग्राम, स्नेपच्याट जस्ता सामाजिक सञ्जालको प्रयोगले मानव तस्करका घटना मौलाएको गृह कपिलवस्तुका संयोजक डिल्लीराज तिमिल्सिनाले बताए । उद्वार हुनेमा जनजातिमा १ सय ३२, दलितमा १ सय २४, बह्रामण-क्षेत्री ६१ र अन्य समुदायका २९ जना चेली रहेको संयोजक तिमिल्सिनाले बताए । उनका अनुसार मानव बेचविखन हुने मुख्य कारणको रूपमा अवसरको खोजी रहेको छ । भारत हुँदै तेस्रो मुलुक जाने, आर्थिक, रोजगारीका अवसर, नेटवर्किंङ बिजनेस लगायतका अन्य प्रलोभन रहेको उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?