Butwal Today

अन्तरिम सरकार प्रमुखमा नियुक्त युनुस विहिबार ढाका पुग्ने

२३ श्रावण २०८१, बुधबार
अ+
अ-

काठमाडौँ । नोबेल पुरस्कार विजेता अर्थशास्त्री डा. मोहम्मद युनुस बिहीबार दिउँसो बंगलादेश फर्कने भएका छन् । ढाका ट्रिब्युनले फ्रान्समा रहेका युनुस दुबई हुदै विहिबार अपराहन्न युनुस ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने उल्लेख गरेको छ ।

शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छोडेपछि डा. युनुसलाई बंगलादेशको अन्तरिम सरकारको संयोजक नियुक्त गरिएको छ ।

बुधबार बंगलादेशका राष्ट्रपति मोहमद शहबुद्धीनले अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेका थिए ।