ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

बंगलादेशको घटना, नेपाललाई पाठ

२३ श्रावण २०८१, बुधबार
२३ श्रावण २०८१, बुधबार

१५ वर्षसम्म शासनसत्तामा एकछत्र राज गरेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना अन्ततः बहुमतको सरकार हुँदाहुँदै मुलुक छाडेर निर्वासित हुनुपरेको छ । जनताले अस्वीकृत गरे बहुमतको सरकार पनि क्षणभरमा ढल्दोरहेछ भन्ने यो पछिल्लो उदाहरण हो । दुई महिनादेखि जारी हिंसात्मक प्रदर्शनलाई दवाउने प्रयास गर्दैगर्दा अन्ततः उनी आफै देश छाडेर भाग्नु प¥यो । शासकका लागि यो भन्दा अर्को ठूलो बिडम्वना केही हुन सक्दैन । दुई महिनादेखि जारी आन्दोलनलाई शेख हसिनाले कहिल्यैपनि महत्व दिईनन् । बरू आन्दोलनलाई आतंककारीको संज्ञा दिइन् । आन्दोलन दमन गर्न सेनालाई अप्रत्यक्षरूपमा प्रयोग गरिन् । जसको परिणाम अहिले आफै बहिर्गमित हुनुप¥यो ।

शासकहरूमा तानाशाही बन्ने प्रवृत्ति हावी भयो भने त्यो पतनको दिशातर्फ जान्छ भन्ने कुरा बंगलादेशमात्र होइन विश्वका धेरै मुलुकका शासकहरूको रवैयाले पुष्टी गरेको छ । बंगलादेश स्वतन्त्र भएयता सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा बस्ने अवसर पाएकी शेख अन्ततः देशै छोडेर भाग्नुपर्ने अवस्थामा पुगेको सुन्दा जो कोहीलाई नमज्जा लाग्छ तर त्यो अवस्था आउनुका पछि उनको निरंकुशबादी चरित्र सवैभन्दा ठूलो कारक रहेको सुन्दा सान्त्वना बाहेक अरू केही दिन सकिदैन् । शेख हसिनाको निरंकुश बन्दा उनको राजनीतिक जीवन सकिएको मात्र छैन, अब त्यहाँका जनताले बर्षसम्म राजनैतिक अस्थीरताको अवस्था खेप्नुपर्ने हो, टुंगो छैन । एक नेताको निरंकुशताबादी चरित्र र व्यवहारका कारण अव करोडौं बंगलादेशीले दुःख पाउने अवस्था उत्पन्न भएको छ । सैनिक शासकले सत्ता हातमा लिएपछि अव त्यहाँ लोकतन्त्रको कुरा कल्पनामात्रै हुने हो कि, सेना प्रमुखले भनेजस्तो विस्तारै जनतालाई नै सत्ता सुम्पिने हुन अन्योल छ ।

जनता जागे भने शासकको केही चल्दैन भन्ने कुरा बंगलादेशको मात्र होइन, नेपालको उदाहरण पनि काफी छ । विगतमा ज्ञानेन्द्र शाहले शासन हातमा लिएर निरंकुशता लाद्ने प्रयास गर्दा राजतन्त्र नै अन्त्य भएको बिर्सन सकिदैन । विपक्षी बंगलादेश नेशनलिस्ट पार्टी गत बर्ष बहिस्कार गरेको निर्वाचनमा हसिनाको पार्टी अवामी लिगले ३०० सिटमध्ये २२२ सिट जितेको थियो । तर, प्रमुख विपक्षी दल बीएनपीले निष्पक्षतामाथि प्रश्न गर्दै चुनाव बहिस्कार गरेको थियो । चुनावका लागि तटस्थ सरकार बनाउन माग राख्दा पनि प्रधानमन्त्री हसिना नेतृत्वको सरकारले घातक बल प्रयोग गरेर विरोधीमाथि दमन गरेको आरोप लागेको थियो । सोमबारको घटना पनि विद्यार्थी आन्दोलनको कारण मात्र नभई सरकारको आफ्नै कार्यशैलीका कारण सत्ता पलट भएको भन्दा अन्यथा हुँदैन ।

आफूसंग बहुमत छ भन्ने नाममा नेता निरंकुश हुन खोज्नुको पछिल्लो परिणाम हो बंगलादेशको राजनीति । सरकारमा दम्भ पलायो भने त्यो क्षणभंगुर हुन सक्छ भन्ने कुरा शेख हसिनाले बल्ल थाहा पाईन् । विद्यार्थी आन्दोलनलाई सहज तरिकाले सम्बोधन गरेर स्थितिलाई बिग्रन नदिएको भए यो अवस्था आउने थिएन भन्ने कुरा शेखले बल्ल बुझेकी होलीन तर अब धेरै ढिलो भैसकेको छ । समय र घटनाक्रमले शेखलाई इतिहासको किनारमा धकेलीदिएको छ । अब शेखको शासन बंगलादेशबाट सदाका लागि अन्त्य भएको छ । किनभने शेखले अव राजनीतिबाट अलग हुने संकेत गरेकी छिन । सरकारले जनताको कुरा नसुन्दाको परिणामबाट छिमेकी अरू देशले पाठ सिक्नु आवश्यक छ । शासकहरू सत्तामा हुँदा अन्धो बन्ने गरेको किम्बदन्ती केवल गाउँखाने कथाजस्तो नभएर यथार्थमा कति घातक हुँदो रहेछ भन्ने कुराको पछिल्लो साक्षी शेख हसिना भएकी छिन । बंगलादेशको घटनाबाट अरू धेरै देशले पाठ सिक्नु जरुरी छ । खासगरि नेपालका राजनैतिक दलहरूले बंगलादेशमा भएको घटनाको छायाँसम्म पनि नेपालमा पर्न नदिनेतर्फ अब सचेत बन्नु जरुरी छ । बंगलादेशको राजनैतिक घटना हामी सवैका लागि सबक बनोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?