ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशकै ‘लाइफ लाइन’

२२ श्रावण २०८१, मंगलवार
२२ श्रावण २०८१, मंगलवार

बुटवल, २२ साउन ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशकै “लाइफ लाईन” रहेको बताएका छन् ।

लुम्बिनी प्रदेशको समग्र स्वास्थ्य क्षेत्र सुधार्नका लागि लुम्बिनी प्रादेशिक अस्पताल यो प्रदेशकै लाइफ लाइन भएको उनले बताए ।

अस्पताल विकास समितिले उनको स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री सारुले अस्पतालको सेवामा पारदर्शीता अपनाउन र गुणस्तरीय सेवा प्रदानका लागि सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरे ।

“म मन्त्री रहेसम्म स्वास्थ्य क्षेत्रमा सुधारका काम गर्ने छु, यदि राम्रो गर्न सकिन भने नराम्रो मबाट कुनै हालतमा हुने छैन”–अस्पतालका स्वास्थ्यकर्मीसामु उनले भने । मन्त्री सारुले सरुवा बढुवा र प्रलोभनमा आफू नपर्ने पनि बताए । “सरुवा बढुवाको नाम लिएर र विभिन्न प्रलोभन लिएर मकहाँ कोही नआउनु होला, अस्पताल सुधार गर्ने तपाईहरुको योजनामा प्रदेश सरकार पुर्णतः साथमा छ”–मन्त्री सारुले भने ।

अस्पतालमा व्यवस्थाका कारण अध्यक्ष र मेसुले काम गर्न नपाएको र यो समस्या पनि छिट्टै हल हुने विश्वास उनले दिलाए । उनले लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नतीका लागि काम अगाडि बढेको र चालु आर्थिक वर्ष २०८१÷८२ मा मात्रै १ अर्व ८० करोड रुपियाँ बिनियोजन भएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. वासुदेव उपाध्यायले लुम्बिनी प्रदेशको कुल बजेटको १५ प्रतिशत स्वास्थ्य मन्त्रालयका लागि र मन्त्रालयको कुल बजेटको ५० प्रतिशत रकम लुम्बिनी प्रादेशिक अस्पतालका लागि छुट्टिएको पनि उनले जानकारी दिए ।

“स्वास्थ्य मन्त्रालयले ५० प्रतिशत बजेट छुट्टयाउनु भनेको यो अस्पताललाई प्रदेश सरकारले दिएको सबैभन्दा बढी महत्व हो”–उनले भने–“अस्पतालको कामलाई प्रभावित पार्ने गरी निजी क्लिनिकलाई महत्व नदिन म सम्पूर्ण चिकित्सकहरुलाई आग्रह गर्दछु ।”

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले जुनसुकै सरकारले नियुक्त गरेपनि अध्यक्षले ३ वर्षे पूरा कार्यकाल बिताउन पाउनुपर्ने बताए । अध्यक्ष पद कार्यकारी नभै राजनीतिक पद भएको र यसलाई सोही अनुसार लिनका लागि आग्रह गर्दै उनले सरकारैपिच्छे विकास समिति फेरिरहने हो भने अस्पतालको विकास हुन नसक्ने बताए ।

अस्पतालका प्रमुख एवं प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले आफूले एक महिनादेखि यस अस्पतालमा जिम्मेवारी सम्हाल्नुपरेको भन्दै जसका कारण निर्देशकको हैसियतले गर्ने अन्य काम कारवाहीहरु ओझेलमा परेको बताए ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले हाल ६०० बेड सञ्चालनमा रहेको अस्पतालमा स्तरोन्नतीपछि १२ सय बेड सञ्चालन हुँने भन्दै यो अस्पतालसँग लुम्बिनी प्रदेशकै भविष्य गाँसिएको बताए । छुट्टै अप्रेसन थिएटर सञ्चालनदेखि लिएर विभिन्न कक्षमा अत्याधुनिक उपकरणसहित अस्पताल सञ्चालनको योजना रहेकाले यसतर्फ सबै मिलेर अघि बढे मात्रै अस्पतालका योजनाहरु पूरा गर्न सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?