ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

लागूऔषधको ट्रान्जिट ‘लमही’

२२ श्रावण २०८१, मंगलवार
२२ श्रावण २०८१, मंगलवार

लमही, २२ साउन ।
केही समययता लमही लागूऔषधको ट्रान्जिट एरिया बन्दै जान थालेको छ । प्रत्येक हप्ता प्रहरीले कारोबारमा संलग्नहरूलाई सार्वजनिक गरि मुद्दा चलाएको छ । सो कारोबारमा स्थानीय युवा देखि अधिकांश कोठा भाडामा लिएर सो कार्यमा संलग्न हुने गरेको र ती मध्ये महिला र युवा रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसाल बताउँछन । शनिवार राती ब्राउन सुगर सहित लमहीबाट चारजनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए अनुसार पक्राउ पर्नेहरूमा लमही–५ न्युरोडका २२ वर्षीय रवि रसाइली, गोरक्षरोडका २५ वर्षीय आकाश रोका मगर, गढवा गाउँपालिका– ६ कोइलावासका ३६ वर्षीय अब्दुल जम्बार रङरेज र भारत उत्तरप्रदेश बलारामपुर जिल्ला तुलसीपुर ग्राम पञ्चायत बालापुर स्थायी घर भई लमही–५ आदर्शटोलमा डेरा गरी बस्ने वर्ष २२ को गुलाम मस्ताफा छन् ।

उनीहरूलाई शनिबार राति करिब साढे नौ बजेको समयमा लमही नगरपालिका–५ मालपोत रोडमा झुण्ड भई बसिरहेको अवस्थामा फेला पारेको प्रवक्ता तिमल्सिनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । लागूऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटाएको र उनीहरूले खानतलास गर्दा धागोले बाँधी बनाएको पुडिया एक र कालो प्लाष्टिकमा बनाएको पुडिया एक गरी जम्मा दुई पुडिया लागूऔषध ब्राउनसुगर भेटिएको छ । त्यसको तौल प्लाष्टिकसहित तीन सय ८० ग्राम र प्लाष्टिक हटाई धुलो पदार्थको तौल एक सय २० ग्राम रहेको छ । उनीहरूलाई १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता तिमल्सिनाले जानकारी दिएका छन् । त्यसैगरी साउन १२ गते लमहीमा प्रतिबन्दित लागूऔषध सहित दुईजना पक्राउ परेका थिए ।

जसमध्य एकमहिला पनि पक्राउ परेकि थिइन।लमहीको रातोडाँडाबाट दुईजनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रकाश भुषालले जानकारी दिए ।
लागूऔषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी लमहीबाट खटिगएको टोलीले उनिहरूको साथबाट ८० मिलिग्राम लागू औषध (खैरो हिरोईन) जस्तो देखिने खैरो धुलो पदार्थ र लागूऔषध सेवनका लागि प्रयोग गर्ने औजार सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ६ घर बताउने बर्ष ३४ का कमल पुन र रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नम्बर १ होलेरी निवासी बर्ष ३३ कि शुसिला पुन रहेको प्रहरीले जनाएको थियो । उक्त घटना भन्दा केही दिन अगाडी घोराही देखि नेपालगन्ज जादै गरेको बसका स्टाफले अर्जुन खोला स्थित बिना सुनारको नास्ता पसलमा बसेर लागुऔषध “ब्राउन सुगर” खाने क्रममा पक्राउ परेका थिए । बस रोक्न नमिल्ने ठाउँमा धेरै बेर बस रोकेर चालक र सहचालकले लागूऔषध सेवन गर्न लागेका बेला पुलिस आएर बुझ्ने क्रममा पक्राउ परेका हुन । उनीहरू मात्रै होइन प्रहरीले प्रत्येक हप्ता उक्त कारोबार संलग्नहरूलाई नियन्त्रणमा लिने घटनाले लमही लागूऔषध केन्द्र बनेको देखिन्छ ।लमही देखि कोइलाबास हुँदै भारत निर्यात गर्न सकिने भएका कारण लमहीलाई केन्द्र बनाएको हुन सक्ने प्रहरीको ठम्याइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?