ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

पहिरो रोक्न बायो–इञ्जिनियरिङ्ग

२२ श्रावण २०८१, मंगलवार
२२ श्रावण २०८१, मंगलवार

प्युठान, २२ साउन ।
मल्लरानी–रतनमारे–तम्घास जोड्ने सडक निर्माण पश्चात निम्तिएको क्षति न्यूनीकरण गर्न बायो–इञ्जिनियरिङ गर्न थालिएको छ । सडक डिभिजन कार्यालय प्युठानले अत्यधिक भुक्षय भएका स्थानहरूमा भुक्षय रोक्ने प्रयासहरू गरिएको जनाएको छ ।
बासका भाटा र काठको प्रयोग गरि सडकदेखि तल्ला भूभागहरूमा माटो बग्न नदिने गरी बायो–इञ्जिनियरिङ गरिएको सडक डिभिजन कार्यालय प्युठानका सूचना अधिकारी इञ्जिनियर राजेन्द्र कार्कीले जानकारी दिए । निर्वाचन क्षेत्र सडक अन्तरगत मल्लरानी–रतनमारे–तम्घास सडकमा पर्ने खलङ्गा–बुकेनी–सोलाहाल्ना खण्डमा भएको भूक्षयले प्युठान नगरपालिका ९ र १० मा १८ घर विस्थापित गरेको थियो । ‘यस क्षेत्रमा गहरा बनाउने र हाँगाबाट हुर्कने विरुवाहरू रोप्ने विधि अपनाएका छौं,’ कार्कीले भने ‘माटोको भूक्षयीकरण हुन नदिइ अड्याएर राख्न यो विधिको प्रयोग गरिएको हो ।’ गत वर्षदेखि बाढीले प्रभावित गरेको मरन्ठानाको बुढादेवि वस्तिभन्दा माथि बायो–इन्जिनियरिङको काम हुन थालेको हो । उक्त काम सुरु भइसेकेको छ ।

बायो–इन्जिनियरिङ अन्तर्गत वृक्षरोपण र बिरुवाजन्य संरचनाहरूबाट माटोको क्षयीकरण नियन्त्रण गरिन्छ । भौगोलिक संरचना र भू–बनोटको अवलोकन गरी बायो–इन्जिनियरिङको काम अगाडि बढाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले बताए । ‘हामीले त्यहाँको भौगोलिक अवस्थाको अनुगमन गरेर बायो–इन्जिनियरिङको काम तत्काल अगाडि बढाउन भनेका छौँ ।’ अर्यालले भने– ‘धेरै ठाउँको पानी जम्मा भएर एकै ठाउँमा ह्युमपाईप बाट जाँदा पनि जमिनको धेरै क्षयीकरण भएको देखियो । त्यसैले ति पाइप बन्द गरेर पानीलाई विकेन्द्रित हुन दिन भनेका छौँ ।’ श्रावण १० र १६ गते उक्त क्षेत्रमा बाढी पसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?