ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

पढ्ने–खेल्ने उमेरमा फलामे साङ्लोमा शिवकुमार

टोल छिमेक सबैले औषधि उपचार गरे सन्चो हुन्छ भन्छन्, आफ्नो उपाय छैन पार्वती कुमालले भनिन् । १० महिना पेटमा राखेर जन्मेको बच्चा हो कसलाई पो माया लाग्दैन र ? एक पटक आफ्नो बाबुले उपचार गर्न बुटवल लगेको हो,त्यहाँ धेरै दिन राख्न सकिएन् । घरमा ल्याएपछि फेरि उस्तै भयो, उनले थपिन् ।
२२ श्रावण २०८१, मंगलवार
२२ श्रावण २०८१, मंगलवार

पाल्पा, २२ साउन ।
जिल्लाको रिब्दीकोट गाउँपालिकाको ख्याहा जोगिथुमका १४ वर्षीय बालक फलामे सिक्रीले बाँधिएर आफ्नो कष्टकर जिवन विताएका छन् । गरिवीको साङ्लोमा अल्झेको परिवारमा जन्मेका १४ वर्षिय वालक शिब कुमार औषधी उपचारको अभावका कारण पढ्ने र हाँस्दै खेल्ने दिनमा फलामे सिक्रीमा बाँधिएर बस्नु परेका छ ।

बाल्यकालदेखि नै स्वास्थ्यमा समस्या देखा परेपछि उमेर बढ्दै जाँदा थप समस्या थपिने भएका कारण फलामको सिक्रीले बाँधिनु परेको परिवारका सदस्य बताउँछन् ।
शिवका बाबु रोजगारीका लागि भारत छन् । गरी खाने जग्गा जमिन नभएपछि शिवकुमारको परिवार मावलीमा बस्दै आएका छन् । माइती गाउँ अर्गली बसेर ज्याला मजदुर गरेर परिवार पालेको आमा पार्वती कुमाल बताउँछिन् । उनका दुई वटा छोराहरू छन् । मानसिक बिरामी भएको सानो छोरो हो, ठूलोमा समस्या छैन । आफू काममा जादा बाधेर राख्ने कामबाट आएपछि खुला छाडि दिन्छु । बिचरा छोरो बोल्न समेत सक्दैन । छोरोको यो अवस्थाका कारण कामबाट पनि म छिटै फर्किन्छु । अरूको घरमा गएर एकरात काट्न समेत सक्ने अवस्था छैन् ।
टोल छिमेक सबैले औषधी उपचार गरे सन्चो हुन्छ भन्दछन्, आफ्नो उपाय छैन उनले भनिन् । १० महिना पेटमा राखेर जन्मेको बच्चा हो कसलाई पो माया लाग्दैन र ? एक पटक आफ्नो बाबुले उपचार गर्न बुटवल लगेको हो त्यहाँ धेरै दिन राख्न सकिएन् । घरमा ल्याए पछि पुन उस्तै भयो । उनले थपिन् ।

तत्कालिन प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले ५ वर्ष अगाडि आफै कार्यक्रम ल्याएको र सरकारी तवर बाटै भरपर्दो औषधी उपचार व्यवस्था गरिदिने बताएको पार्वती बताउँछिन् । उनी कहाँ गए मलाई थाहा भएन त्यस पछि उपचारको कुरा पनि हरायो उनले बताइन् । जिल्लामा अपा·ता भएका व्यक्तिको स्वास्थ्य क्षेत्रमा कार्यरत सिवीआरका कार्यक्रम प्रमुख कृष्ण गहतराज यो बालकको आनीवानी सबै आफूले नजिक बाट नियालेको बताउँदै ७० प्रतिशत मानसिक अवस्था ठिक भएको बताउँछन् । स्थानीय सरकार बाट गाउँमा भएको स्वास्थ्य परिक्षण गर्दा उनको दयनिय अवस्थाका कारण मिसन अस्पतालले लगेको थियो । तर मिसनमा उपचार ठिक नभए पछि घर मै फर्काइदिएको आफन्तहरू बताउँछन् ।

शिवकुमारको उपचारको चिन्तामा रहेको उनको परिवार कसैको सहयोगमा उपचारको पर्खाइमा छ । दैनिक विहान साँझको चुल्होका लागि मजदुरीमा लागेको कुमाल परिवार छोराको उपचार गर्ने सक्ने अवस्था छैन । सबै भन्दा ठूलो गरिवी रहेछ । गरिबीका कारण आफन्त बाट पनि टाढिनु परेको छ । औषधी उपचारका लागि पनि कहीँ बाट सहयोग भएको छैन । आफ्नो बुढेसकालमा पाल्ने सन्तानलाई आफैले बाँधेर राख्नु पर्दा मर्नु भन्दा बौलाउन निको जस्तो भएको शिबकी आमा पार्वती बताउँछिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?