ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

‘कृषिकै आम्दानी राम्रो’

२१ श्रावण २०८१, सोमबार
२१ श्रावण २०८१, सोमबार

प्युठान, २१ साउन ।
(बुटुस)– पाँच वर्ष अघि विदेशबाट फर्केर कृषिमा लागेका प्युठान नगरपालिका–८ तल्लो गेजवाङका सन्तोष जि.सी.लाई आफ्नो गाउँ स्वर्ग लाग्छ । हुन त आफ्नो जन्मघर कसलाई स्वर्ग लाग्दैन र ? त्यहि पनि उनी आफ्नै गाउँमा कृषि गरी मनग्य आम्दानी हुँदा आफ्नो गाउँ स्वर्ग ठानेको बताउछन् ।
जिल्लामा किसानहरू कृषि कर्ममा टिकेको पाइदैन । केही त अनुदान लिएको अर्को वर्ष देखि नै फर्म बन्द गरेर विदेशीएका पनि छन् । तर सन्तोष भने प्रत्येक वर्ष नाफा बृद्धि गर्दै लैजाँदा खुशी छन् । मासिक लाख भन्दा वढी तलव छाडेर आइ कृषि पेशा अँगालेका जि.सी.ले वैदेशिक रोजगारीमा विदेशिने युवायुवतीका लागि यहीं नै लगनशील भएर काम गरे प्रशस्त आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन् ।

विदेशमा जति कमाइ भएपनि गाउँमै केही गरेर युवालाई उत्प्रेरणा दिन आफु विदेशबाट फर्केर कृषिमा लागेको जि.सी. बताउछन् । जि.सी.ले संयुक्त अरव इमिरेट्सको दुवई अल्कुजमा पाँच वर्ष कम्पनिमा काम गरेर नेपाल फकिएका हुन् । हजुरबुबाले तल्लो गेजवाङ केही जग्गामा तरकारी खेती गरेर उव्जेको देख्दा आफ्नो बारीमा तरकारी फल्छ भन्ने लागेको सोही प्रेरणाले विदेशबाट फर्केर तरकारी खेति गर्ने योजना बुनेका हुन् ।
जि.सी.को ८ रोपनी क्षेत्रफल भएको जग्गामा तरकारी खेति रहेको छ । त्यो मध्ये करिव ३ रोपनीमा पक्की टनेल निर्माण गरी बेमौसमी टमाटर खेति गरिएकोमा टमाटरबाट एक सिजनमा करिव ३ लाख बराबर विक्री गरेका छन् । श्रीमति हिमा के.सी.जि.सी.ले गाउँकै आधारभुत तहको शिक्षण गरी विहान वेलुका सघाएकी छन् भने स्थानीय चार महिलालाई रोजगारी प्रदान गरेका छन् ।

जि.सी. कृषि फर्मको रूपमा रु ५० हजारबाट बारीमा तरकारी खेती शुरुवात गरिएकोमा वर्षेनी आम्दानी वृद्धि गर्दै हाल रु ८ लाखको लगानी रहेको छ । तरकारीबाट वर्षेनी उत्पादन र आम्दानी वृद्धि हुँदै गएपछि थप हौसला मिलेको उनी बताउँछन् ।
जि.सी.का दम्पत्ति सहित बुबा, आमा, तीन छोरी गरी ७ जनाको परिवार रहेको छ । ‘२०८० मा सबै खर्च कटाएर वार्षिक ६ लाख नाफा भएको छ,’ जि.सी.ले भने,‘ काममा स्वतन्त्रता सङ्गै मनग्य आम्दानी हुँदा विदेश भन्दा गाउँमा कृषि गर्नु धेरै राम्रो हो भन्ने लाग्दछ ।’ २०७९ मा साढे चार लाख जति नाफा भएकोमा यस वर्ष उत्पादन समेत वृद्धि र टनेल मार्फत खेति गर्दा उत्पादनमा वृद्धि भएको बताउँछन् ।

जि.सी.ले टमाटर, भिण्डी र वोडी लगाइएकोमा अव खुसार्नी र भेडेखुसार्नी लगाउन व्याड तयार गरेका छन् । उनले वार्षिक आगामी वर्ष ७ लाख वचत हुने गरी उत्पादनमा लागेको योजना सुनाए ।
जि.सी.लाई दुई वर्ष देखि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले सहयोग गर्दै आएको छ । गत वर्ष हाते ट्याक्टर अनुदानमा पाएकोमा यस वर्ष टनेलका लागि रु २ लाख ७० हजार अनुदान पाएका थिए ।
जिल्लामा कृषि उत्पादनको वजारीकरणमा समस्या देखिएपनि जि.सी.ले तरकारी व्यवसायी संग प्रत्यक्ष कारोवार गर्ने हुँदा वजारको अभाव छैन् । प्युठानका विजुवार, बाग्दुला, क्वाडी, खलंगाका तरकारी पसलहरूमा तरकारी पुग्ने गरेको छ । तर हिउँदे सिजनमा तराईका तरकारीहरूले बजार निर्धारण गर्ने हुँदा मूल्य नपाउने समस्या भने छ । स्थानीय सरकारले मूल्य निर्धारण गर्ने र बाह्य तरकारीलाई निरुत्साहित गरी स्थानीय उत्पादनलाई बजारीकरणमा सहयोग गरे किसानहरूलाई मार नपर्ने उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?