ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

कालिका मानवज्ञानद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई ज्ञापन

२१ श्रावण २०८१, सोमबार
२१ श्रावण २०८१, सोमबार

बुटवल, २१ साउन ।

कालिका मानवज्ञान माविले हालै मात्रै प्रकाशित कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीहरुलाई बधाई ज्ञापन गरेको छ ।

सोमबार बुटवल कालिका क्याम्पसको सभाहलमा विशेष कार्यक्रमको आयोजना गरी कक्षा १२ परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई बधाई सहित सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै बुटवल कालिका क्याम्पसका अध्यक्ष तथा कालिका मानवज्ञान माविका पुर्व अध्यक्ष होम बहादुर गलामीले कालिका मावि र बुटवल कालिका क्याम्पसको भूमिका देशमै अनुकरणीय भएको बताएका थिए । उनले विद्यालयका शिक्षक, विद्यार्थीको कडा मिहिनेतको फल स्वरुप देशमै अग्रणी स्थानमा कालिकाले एउटा ब्रान्ड स्थापना गर्न सफल भएको बताए । उनले यसको लागि सबै धन्यवादको पात्र भएको भन्दै बधाई , धन्यवाद र आभार व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठकले शिक्षाको उत्कृष्ट गन्तव्यको रुपमा बुटवलका कालिका ब्रान्डको रुपमा स्थापना भएको भन्दै प्लस २ पछि विदेश जाने संस्कृतीको अन्त्य गर्नको लागि स्वदेशमा नै उद्यमशिलता विकासका लाग्नुपर्नेमा जोड दिएका थिए । स्वदेशमा नै प्राविधिक धारतर्फको शिक्षा प्राप्ती गरी स्वदेशमा नै रोजगारीका प्रशस्त रोजगारी सृजना गर्न सकिने बताएका थिए । बुटवलमा नै शिक्षाको उत्कृष्ट गन्तव्य बन्दै गएको बताउँदै पाठकले विद्यार्थीले उच्च शिक्षा हासिल गर्ने उत्कृष्ट गन्तव्य बुटवल नै भएको बताए ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यार्थीको समुज्वल भविष्यको लागि कामना गरेका थिए । मिहिनेत गरेर केही गर्न सकिन्छ भन्ने धारणा लाई चिर्न जरुरी रहेको उनले बताएका थिए । उनले ज्ञान सीप क्षमतको प्रष्फुटन गरी स्वदेशमा नै शैक्षिक उपलब्धी हासिल गर्नुपर्नेमा जोड दिएका थिए ।

बुटवल–१० कालिकानगरमा रहेको कालिका मानवज्ञान माविबाट परिक्षा दिएका १६ सय २२ जना विद्यार्थी मध्ये १४ सय २७ जना विद्यार्थी उत्तीर्ण भएका थिए । जसमा ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी २११ जना रहेका थिए ।

उत्कृष्ट जीपीए ल्याएका २८ जना विद्यार्थी र ६ जना इन्चार्जलाई मायाको चिनोसहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा अन्य शिक्षक र विद्यार्थीहरुलाई सम्मान गरिएको थियो। ३.९२ देखि ३.९ जिपीए ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?