ट्रेंडिंग:

>> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श 

लटरम्म स्याउले हाँगो नुघ्दा किसान खुसी

२१ श्रावण २०८१, सोमबार
२१ श्रावण २०८१, सोमबार

सल्यान, २१ साउन ।
करिब दुई हजार पाँच सय ३७ मिटरको उचाइ । सल्यानकै दोश्रो अग्लो पहाड कुमाख लेक । यस लेकको फेदमा नम्रैना, सापडाँडा र ओबीनेटा गाउँ । अनि गाउँमा फलेका स्याउका दाना । लटरम्म फलेका दानाले नुघेका स्याउका बोट हेर्दैमा मख्ख छन् यहाँका किसान ।
प्राकृतिक सुन्दरतासँगै चिसो हावापानी भएको कुमाख गाउँपालिका वडा नं.३ मा पर्ने यो गाउँमा पछिल्लो समय स्याउ खेती बिस्तार हुँदै गएको छ । राम्रो फल्न थालेपछि नम्रैना, सापडाँडा र ओबीनेटाका कृषकहरूले व्यवसायिक रूपमा स्याउ खेती अगाडि बढाउन कसरत गरिरहेका छन् ।

कुमाख गाउँपालिका, ३ सापडाँडाका कृषक तथा पूर्व वडा सदस्य अतिराम रानाले आफ्नो क्षेत्रमा स्याउ राम्रो फलेपछि गाउँका सबै मिलेर स्याउ खेतीतर्फ अग्रसर भएको बताए । उनले भने, ‘सानो सानो गाउँ छन् । प्रायः सबैले स्याउ रोपेका छौँ । कतिपय बोटमा फल्न सुरु भइसकेको छ, कतिपय बोट हुर्कदै छन् र कतिपयले अझै नयाँ बोट लगाउँदै हुनुहुन्छ ।’ स्याउ खेतीका लागि उचित हावापानी र माटो मानिएको नम्रैना, सापडाँडा र ओबीनेटामा करिब २० घरधुरी किसानले स्याउ खेति गरिरहेका छन् । अतिरामले आफ्नो ८ रोपनी जमिनमा स्याउका बोट रोपेका छन् । ‘४० बोट जति फल्न सुरु गरिसकेका छन्,’ उनले भने ‘थप ४०० स्याउका बोट हुर्किरहेका छन् ।

कतिपय बोट फल्ने अवस्थाका भइसकेका छन् ।’पछिल्लो समय फलफुल खेतीमा सल्यान अब्बल जिल्लाको रूपमा परिचित हुँदै गएको छ । जिल्ला कृषि विकास कार्यालय सल्यानले यस अघि कुमाख ३ को नम्रैना, सापडाँडा र ओबीनेटा क्षेत्रमा स्याउ खेती पकेट अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । स्याउ खेतीका लागि टेवा पुर्याउन सिंचाइ योजना, विरुवा खरिदमा अनुदान तथा अन्य प्राविधिक ज्ञान समेत कार्यालयले उपलब्ध गराएको किसानहरू बताउँछन् ।

रोपिएका दर्जन स्याउका बोटले फल दिन सुरु गरिसकेको जनाउँदै कुमाख ३ सापडाँडाकै कृषक कर्ण बहादुर रानाले थप २०० बोट लगाएका छन् । स्याउको बोट रोपेको करिव चार/पाँच वर्षपछि फल्न सुरु गर्ने उनको भनाइ छ । यहाँका किसानहरूले स्याउ खेति विस्तारका लागि भारत तथा कालिकोटबाट विरुवा ल्याउने गरेका छन् भने कतिपय गाउँमै विरुवा तयार गर्नेगरेका छन् । मकै, गहुँ लगायतका बालीनालीमा जंगली जनावरले क्षति पुर्याउने भएकाले पनि यहाँका किसान स्याउ खेतीतर्फ अग्रसर भएका हुन् । जिल्लाको कुमाख गाउँपालिका, शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका, बागचौर नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकाका केही भागमा स्याउ खेती हुँदै आइरहेको छ । कुमाखमा फलफूल खेतीसँगै टिमुर लगायतका जडिबुटी खेती पनि हुने गरेको छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?