ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

देशको आवश्यकता हो– कांग्रेस–एमालेको सरकार

२० श्रावण २०८१, आइतबार
२० श्रावण २०८१, आइतबार

यतिवेला नेपालमा दुईवटा ठूला राजनीतिक दलको नेतृत्वमा सरकार गठन भएको छ । हुन त यस सरकारमा अन्य दलहरूको समर्थन रहेको र सरकारमा सामेल भएको अवस्था छ । यो सरकारलाई राष्ट्रिय सरकार बनाउने प्रयास गरिएको हो तर त्यो ठाउँसम्म पुग्न सकेको अवस्था छैन् । पुग्ने सम्भावना पनि कम देखिन्छ । किनकी सरकारदेखि बाहिर नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका पार्टीहरू बाहिर रहेको अवस्था छ । माओवादी केन्द्रले त आफूलाई प्रमुख प्रतिपक्ष भनेर घोषणा गरेको र उसको हाराहारीमा राष्ट्रिय स्वतन्त्र पार्टी उभिएकाले पनि संभावना तत्कालको लागि टरेको छ । राजनीतिमा विभिन्न विकल्प हुन्छन् भनिन्छ भोलीका दिनमा विकल्प भेटिए छ भने अरू पार्टीहरू पनि सामेल हुन सक्ने संभावना रहला यो भोलीको विषय रहन गयो ।

२०७९ साल पुस १० गतेका दिन सातदलको सिफारिसमा ४४ औं प्रधानमन्त्री बन्नु भएका पुष्पकमल दाहाल प्रचण्डले पुस ११ गतेका दिन पदको सपथ लिनु भएर कार्यभार सम्हाल्नु भएको थियो । त्यही पुसको २६ गतेका दिन उहाँले सदनबाट पहिलोपटक विश्वासको मत लिनुभएको थियो । विश्वासको मत संख्या २६८ थियो । २७० मतमा नेमकिपा र राजमोले मद दिएनन् बाँकी अरू सबैबाट विश्वासको मत प्राप्त गर्नुभएको थियो । पहिलोपटक विश्वासको मत प्राप्त गरेपछि पुष्पकमल दाहालको भाषा अर्कै हुन थाल्यो । उहाँको बोली र व्यबहारमा उथलपुथल आउन थाल्यो । एक दिन त सदनमा म रहेसम्म यस्तै उथपपुथल भईरहन्छ भन्ने अभिव्यक्ति दिनुभयो । यसरी दिनहरू वित्दै गर्दा २०७९ चैत्र ६ गतेका दिन दोस्रोपटक विश्वासको मत लिनुभयो । यसपटक उहाँलाई १७२ मत प्राप्त भयो । यसैगरी मिति २०८० फागुन ३० गतेका दिन तेस्रोपटक विश्वासको मत लिनुपर्ने अवस्थामा पुग्नुभयो । यसपटक भने १५७ मत प्राप्त भयो । उहाँले जतिपटक विश्वासको मत माग्दै जानुभयो, मत संख्या घटदै गयो । उहाँलाई समर्थन गरेका दलहरूले समर्थन फिर्ता लिंदै गए । उहाँले विश्वासको मत माग्दै जानुभयो । यहीक्रममा २०८१ जेठ ७ गतेका दिन चौथोपटक विश्वासको मत लिनु पर्ने अवस्था आयो । यसपटक पनि मत बढाउन सक्नु भएन । उही १५७ को संख्यामा सिमित हुनुभयो । उहाँको उथलपुथल त आफ्नै ठाउँमा थियो ।

एक दिन सदनमा बोल्नेक्रममा आफूसंग जादुगरी संख्या भएकोले आफूलाई कसैले हटाउन नसक्ने बताउनु भयो । बत्तिस सिट जादूगरी संख्या भएको कुरा सदनमा संसारले सुन्नेगरी भन्नुभयो । उहाँको आफू रहेसम्म उथलपुथल भइरहन्छ र आफूसंग जादुगरी सिट भएकोले आफूलाई पाँच वर्षसम्म कसैले हटाउन नसक्ने अभिव्यक्तिले आखिर २०८१ साल असार २८ गतेका दिन पाँचौपटक विश्वासको मत लिने अवस्थामा पु¥यायो । पाँचौपटक विश्वासको मत लिने समयमा उहाँको मत भने सुन्न लायक रहेन । उहाँले जम्मा ६३ मत मात्र प्राप्त गर्नुभयो । आवश्यक मत नपुगेका कारणले सभामुखले आवश्यक मत नपुगेको घोषणा गर्नुभयो । यसको सिधा अर्थ थियो– पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री पदमा रहन सक्नु भएन । उहाँले आफूले त्यागपत्र दिन परेन । संंसदले प्रधानमन्त्री पदबाट किनारा लगायो ।

नेपाली काँग्रस र एमालेको अगुवाईमा असार २८ गते राष्ट्रपतिले आह्वान गरे अनुसार एमालेका संसदीय दलका नेता साँसद केपी शर्मा वलीलाई प्रधानमन्त्रीको लागि सिफारिस भएको खवर सार्वजनिक भयो । असार ३१ गतेका दिन प्रधानमन्त्री सहित अन्य २१ जना मन्त्रीहरूले सपथ लिनु्भयो । सपथपछि पदभार ग्रहण गरेर २२ सदस्यीय सरकार दैनिक काममा जुटेको छ । यो सरकार सात बुँदामा अडेको छ र राष्ट्रिय सरकारको नाम पाएको छ । राष्ट्रिय सरकार बन्न सक्ला नसक्ला त्यो भोलीको कुरा भयो तर आजको कुरा गर्नुपर्दा दुईवटा कुरा आएका छन् । पहिलोपटक नेपालका दुईवटा ठूला पार्टी मिलेर सरकार बनेको छ । दोस्रो यी दुईवटा पार्टी फरक विचारका हुन यो सबैलाई थाहा छ । दुवै दलका नेता कार्यकर्ताहरूले यो सरकार वास्तवमा आवश्यक थियो, त्यही आवश्यकता पूरा गर्न यो सरकार बनेको छ भन्ने गर्दछन् भने माओवादी र रास्वपा लगायतका दलहरूले यो गठवन्धन बाहिरबाट कसैले बनाएको हो भन्ने जस्ता शब्दहरू ओकल्दै छन् । कस्तो अनौठो कुरा भने आफू सरकारमा रहँदा आफ्नै बुताले सरकार बन्ने तर अरूको गठवन्धनबाट सरकार बन्दासाथ नसुहाउने अलिक भद्दा खालको अभिव्यक्ति दिने र बाहिरबाट बनाइएको भन्ने ? यो कस्तो खालको टिप्पणि हो ? वर्तमान अवस्थामा बनेको सरकारलाई अलिक विश्लेषण गरेर हेर्ने हो भने यो मुलुकको आवश्यकता थियो भन्नुपर्छ । यसो भन्दा कुनै पूर्वाग्रही भइन्छ भन्ने लाग्दैन । सिंगो सदनमा तेस्रो स्थानमा रहेको दलको नेतृत्वमा सरकार गठन हुने अनि त्यसैलाई जादुगरी सिट मान्ने ? त्यो अभिव्यक्ति पनि ठीक मान्ने हो भने कसरी तेस्रो दल अगुवा हुन सक्छ र ? कसरी ३२ सिट जादुगरी हुन सक्छ ? जादुगरी सिट भनेको के हो ? यसको सिधा अर्थ खोज्ने हो भने ठूला दलहरू हुतिहारा हुन ? यिनीहरू कहिल्यै आपसमा मिल्न सक्दैनन् ? त्यसकारण ३२ सिटको आडमा आफूले पाँच वर्ष लुड्याउन सकिन्छ भन्ने बुझिन्छ । मुलुकको हितका निम्ति हिंजो ००७ सालमा पनि रााणहरूको विरुद्धमा नेपाली काँग्रेस र नेकपा मिलेर लडेकै हुन् । तत्कालिन राजा महेन्द्रले बहुदलीय व्यवस्तामा कुठाराघात गर्दा १७ साल पछि दुवै दल पञ्चायतको विरुद्धमा लागेकै हुन् । २०४६ सालको आन्दोलनमा नेपाली काँग्रेस र बाममोर्चाको नामबाट संयुक्त आन्दोलन गरिएको हो । यसपछि २०६२/०६३ को जनआन्दोलनमा पनि सात दलभित्र यी दुवै दल संगै थिए । जतिवेला मुलुकलाई दुवै दल एकै स्थानमा आउने अवस्था सिर्जना हुन्छ त्यतिवेला दुवै दलहरू एकै मोर्चामा उभिएको इतिहास ताजै छ । यो इतिहासलाई एक पटक फर्केर हेर्दा राम्रो हुन्छ भन्ने लाग्छ ।

नेकपा एमालेले आफ्नो लक्ष्य मिसन चौरासी हो भनिसकेको छ । अहिले सरकारमा साझेदारी गरे पनि निर्वाचनमा एक्लाएक्लै लड्ने उद्घोष गरिसकेको छ । यसले के देखाउँछ भने यतिवेला ठूला दलको मिलिजुली सरकारको खाँचो यो मुलुकका लागि जरुरी भएको छ । यसकारण दुबै दल एकसाथ सरकारमा बसेका छन् र आलोपालो सरकार चलाउने सहमति भएको छ । एकपटक ०७९ को निर्वाचनतर्फ फर्कने हो भने पाँच दल एकातर्फ हुँदा पनि एमालेको मत संख्या उल्लेख्य रहेको कुरा विर्सन मिल्दैन । त्यतिवेला ती पाँच दल एक्लाएक्लै लडेको भए आजको जादुगरी सिट संख्या आउने थियो कि थिएन ? एकपटक गम्भिर भएर सोंच्ने समय आएको छ । यसरी जोडबल गर्दा पनि दश सिटमा खुम्चनु पर्ने र राष्ट्रिय दल बन्न नसक्ने दलका नेताले राष्ट्र हाँक्ने घुर्की दिनुलाई आश्चर्य मान्नुपर्छ कि पर्दैन ? कस्तो विडम्वना दुई स्थानबाट हारेर पनि प्रधानमन्त्रीमा पुग्न सकेका व्यक्तिहरूले आफ्नो दल राष्ट्रिय दल बन्न नसकेकोमा कुनै पछुतो छैन । त्यसको साटो आज उल्टै बलिया दलहरूलाई घुर्की दिंदै हिंडेको सुन्दा झन आश्चर्य लागेर आउँछ । वर्तमान सरकार जसरी बनेको छ । यसमा आश्चर्य मान्नुपर्ने र डाह गर्नुपर्ने कुनै कारण छैन । यो राष्ट्रिय आवश्यकता हो । यही अनुरूप बनेको छ । यो मुलुकको आवश्यकता यही थियो । त्यसैले बनेको छ । सकिन्छ यसलाई सघाऔं । सकिदैन धारे हात नलगाए पनि हुन्छ । किनकी यो नाङ्लो ठटाएर तर्साउन खोज्ने हात्ती होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?