ट्रेंडिंग:

>> एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकाल हटाउने प्रस्ताव पारित >> एक वर्षमा ट्राफिक उल्लंघनबाट १ करोड ४१ लाख राजस्व संकलन >> शितगंगाको डोहोटे क्षेत्रमा नेटवर्क समस्या, आपतकालीन सेवामा असर >> स्थानीय सरकारले फिर्ता पठाए एक अर्व >> तामनगरमा बन्ने भो ७ करोडको अन्तर्राष्ट्रिय ब्याडमिन्टन हल >> बुटवल टुडे मिडिया ग्रुपले बनायो वार्षिक कार्ययोजना >> रगत अभावको बेला संयुक्त रक्तदान, ४३ पिन्ट रगत संकलन >> राहदानी र नागरिकता लिनेको संख्या घट्यो, प्रतिलिपि लिने बढे >> बुटवल कोरा २०२५ सम्पन्न >> यस्तो छ ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो’ को तयारी, बुटवलमा सरसफाई >> संचार उद्दमी हेमराज धितालका हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण >> ट्रम्प भन्छन् : ‘मैले युद्ध रोकेको हुँ, पाँच जेट खसेका थिए’ >> कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ >> अब बेलायतमा १६ बर्षिया किशोर किशोरीले पनि मतदान गर्न पाउने >> सुठौलीमा उठ्यो लक्ष्य भन्दा बढी राजश्व  >> साउनमा ३० दिन रक्सी छाडनुहोस्, चमात्कार अनुभव गर्नुहोस् >> सडक निर्माण गति दैनिक २.५५ किलोमिटर, दाउन्ने बाहेक क्षेत्रको प्रगति राम्रो  >> एमाले पोलिटब्युरो बैठक दोस्रो दिन पनि जारी, विधान संशोधनको बहस तिव्र >> नागढुङ्गा–मुग्लिन सडकखण्डमा तीव्रगतिमा निर्माण र पहिरो रोकथामको काम चल्दै >> दूध र खसी बेचेको आम्दानी सात करोड >> रगतको अभाव बढ्दो  >> पर्या निबन्धको चर्चा >> दाङमा सवारी दुर्घटना हुँदा ४३ वर्षीय पुरुषको मृत्यु >> सामाजिक सञ्जाल टेलिग्राम एप सञ्चालनमा रोक >> एमाले पोलिटब्यूरो बैठक आज पनि: विधान मस्यौदामाथि छलफल हुने  >> २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपः आज नेपाल र भूटान भिड्दै >> किसानमा खुसी थप्दै प्रयोगशाला >> सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रतिवेदन: पाइलटको कमजोरीले दुर्घटना >> बन्दुक बिसाएर कोदालो क्रान्तिमा ‘विप्लव’ >> मनसुनी वायुको प्रभाव देशभर : यी प्रदेशमा वर्षाको सम्भावना >> कान्तिमा कक्षा ११ मा नवआगन्तुक विद्यार्थीहरुका लागि अभिमुखीकरण >> डिङ्गरनगर दूरगामी सहकारीः सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी >> प्रचण्डको चेतावनी: आवश्यक परे सडक संघर्षमा जान तयार >> राप्रपा उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त >> २०४६ पछिका नेताको सम्पत्तिमा अनुसन्धान होस् : राप्रपाको माग >> एमाले पोलिटब्युरो बैठक सुरु >> आइतबारदेखि तीन दिनसम्म भारी वर्षाको सम्भावना >> इरानबाट ६ महिनामा १४ लाख अफगानी निकालिए >> मुलुकमा शान्ति सुरक्षाको अवस्था अहिले अनुकुल छ: गृहमन्त्री लेखक >> पर्यटन बोर्डले अन्तर्राष्ट्रिय प्रवर्द्धनमा बजेटको ७० प्रतिशत विनियोजन गर्ने >> रुकुम पश्चिममा जिप दुर्घटना, सात घाइते >> प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जाने तयारीमा >> आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन >> नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु >> दिल्लीका २० विद्यालयलाई बम विस्फोटको धम्की: प्रहरी र सुरक्षा टोली सक्रिय >> चैतसम्म ५० प्रतिशत खर्च नगरे सरकारी निकायको भुक्तानी अवरुद्ध हुने >> आज सुन र चाँदीको मूल्यमा नयाँ उचाइ, मूल्य वृद्धिमा निरन्तरता >> ग्रामीण विकास लघुवित्तको दशौं साधारण सभा सम्पन्न, मर्जर प्रक्रिया र मिडियामा आएका भ्रमप्रति संस्थाको खण्डन >> कमैया मुक्ति घोषणाको २५ वर्ष: पुनर्स्थापनाको काम अझै अधुरो >> त्रिकोणात्मक टी–२० शृङ्खला : जिम्बाब्वे र न्युजिल्यान्ड आज आमनेसामने

‘मानव तस्कर’ सँग छक्किन्छ कि, मिल्छ प्रहरी ?

२० श्रावण २०८१, आईतवार
२० श्रावण २०८१, आईतवार

भैरहवा, २० साउन ।
नेपाल र भारतको खुल्ला सीमामा उनीहरूको सक्रियता बढिरहेको छ । खुल्ला सीमाबाट हुने मानव तस्करी भारत हुँदै तेस्रो मुलुकसम्म पनि पुग्ने गरेको छ । एक वर्षमै २ सय ८८ जना मानिसहरू बेचबिखनमा परेका र बेचबिखनको जोखिममा परेकालाई उद्वार गरेको एक संस्थाले विवरणमा उल्लेख गरेको छ । यस्ता तथ्यांकले प्रहरीमाथि मानव तस्करसँग छक्किन्छ कि, मिल्छ ? भन्ने प्रश्न उठाएको छ ।

आर्थिक ८०/८१ सालमा १ आर्थिक बर्षमा उद्वार गरिएका मध्ये २ सय २८ जना महिला, ६० जना पुरुष उद्वार गरिएको यादवले जानकारी दिए । उद्वार गरिएका मध्ये सुरक्षित आवास गृह सेवा प्राप्त गरेका १ सय ८५ जना जसमा महिला, बालबालिका तथा किशोरीहरू १ सय ८० जना, आश्रित बालकहरू ५ जना रहेको शुभ अवसर ग्राम नेपालका परियोजना संयोजक सत्यनारायण यादवले बताए ।

जसमा २ सय १९ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ भने २३ जनालाई सिपमुलक तालिम, १४ जनालाई आय आर्जनका लागि बीउ पुँजी सहयोग गरिएको संस्थाले जनाएको छ । ८१ साल बैशाख २६ गते जम्बुकश्मिरको श्रीनगर गाउँबाट ५ नाबालिग सहित ३५ नेपाली कमैया मजदुर उद्वार नेपाली राजदुतावास सामाजिक कार्यक्रर्ता आदिको सहयोगमा उद्वार गरिएको थियो । पीडितलाई प्रतिदिन ११ सय आइसी दिने र नेपाली रूपैयाँ ७ हजार अग्रिम दिएर प्रलोभनमा पारी भारतमा लगेका थिए । उनीहरूलाई ३ महिनासम्म हिरासतमा राखिएको पीडितको भनाइ छ । उनीहरूलाई बन्धक बनाएर २ जना ब्यक्ति कैदबाट भाग्न सफल समेत भएका थिए । साथीहरूले भोग्नुपरेको समस्या, पीडा र शोषण बारे जानकारी गराएपछि उद्वार सफल भएको थियो ।

कोरोना पछिको अबधीमा धेरैले आम्दानीको स्रोत गुमाएकाले यसले मानव जोखिम बढाएको संस्थाले विवरणमा उल्लेख गरेको छ । त्यस क्रममा श्रमिकहरू सकुशल फिर्ता भएकाले नेपाल सरकारले उनीहरूलाई कुनैपनि हालतमा ठगी नगर्न र आय आयआर्जन र थप रोजगारीका अवसरहरू सिर्जना गर्न सकेसम्म सबै प्रकारका सहयोग गर्ने पीडितहरूको भनाइ रहेको छ । उद्वार गरिएका सबै मजदुरहरूलाई आ–आफ्नो परिवारमा पुनर्मिलन गराइएको पीडितहरू बताउँछन् । यसै क्रममा भारतको कस्मीरबाट सिरहा र धनुषाका २८ जना बँधूवा मजदुरहरूको उद्वार, स्वदेश फिर्ती पछि परिवारको जिम्मा लगाइएको परियोजना संयोजक यादवले बताए ।
८१ साल असार २९ गते ललाइ फकाइ भारत तर्फ लैजाँदै गरेको अबस्थामा सिमानाकाबाट ४ जना बालिका सहित ५ जनाको उद्वार गरेको हो । पुस १३ गते ५ जना युवती भारतको केरलाबाट राष्ट्रिय अनुसन्धान ब्युरो, दिल्ली स्थित नेपाली राजदुतावास, किन ईन्डिया र अन्य सरोकारवालाहरूको समन्वयमा उद्वार गरिएको छ । यसैगरी भैरहवास्थित एक होटलमा ८१ साल बैशाख २६ गते बन्धक बनाई काममा लगाइएका २ जना किशोरीहरूको समेत उद्वार गरिएको छ । जबर्जस्ती काममा लगाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रूपन्देही, शुभ अवसर ग्राम नेपालको टोलीले उद्वार गरेको थियो । उद्वार गरिएका मध्ये १ जना गुल्मी तथा एक जना रूपन्देही जिल्लामा रहेका थिए ।

ललाई फकाई गरेको अवस्थामा उद्वारः
०८१ असार २९ गतेका दिन ललाई फकाई भारत तर्फ लैजाँदै गरेको अवस्थामा ४ जना बालिका सहित ५ जनाको शुभअवसर ग्राम नेपालले उद्वार गरेको छ । उद्वारपश्चात जिल्ला प्रहरी कार्यालय, महिला तथा जेष्ठ नागरिक नागरिक सेवा केन्द्रमा अभिभावककै उपस्थीतिमा आवश्यक परामर्श गरी परिवारको जिम्मा लगाइएको थियो । उद्वार गरिएका मध्ये अति बिपन्न रहेका र आगामी दिनहरूको जोखिमलाई कम गर्ने उद्देश्यले २ जना बालिकाको परिवारलाई आय आर्जनका लागि संस्थाको तर्फबाट बीउ पूँजी रकम सहयोग गरिएको छ ।
२०८० साल पुस १३ गते यौन पेशामा संलग्न ५ जना युवतीहरूलाई राष्ट्रिय मानवबेचबिखन अनुसन्धान ब्यूरो, दिल्लीस्थित नेपाली राजदुतावास, शुभ अवसर ग्राम नेपाल, किन भारत र अन्य सरोकारवाला निकायहरूको समन्वयमा उद्वार गरी स्वदेश ल्याइएको थियो । उनीहरूलाई जागिरको प्रलोभनमा पारि भारत लगिएको र पछि डान्स बारमा काम गर्न बाध्य पारिएको पीडितहरूको भनाइ छ । पछिल्लो समयमा उद्वार गरिएका ती युवतीहरूलाई ग्राहकसंग जबरजस्ती यौनसम्पर्कमा बाध्य पारिएको एकजना पीडित युवतीले गुनासो पोखिन् । उद्वार पछि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारबाही अगाडी बढाइएको छ ।
बैदेशीक रोजगारीको शिलशिलामा कुवेत लैजाँदै गर्दा २ जना युवतीको भारतको केरलाबाट उद्वार गरिएको छ । बिभिन्न संघ संस्थाको सहयोग र सहकार्यमा सर्लाही र ललितपुर जिल्लाका ती युवतीलाई उद्वार गरिएको संस्थाले जनाएको छ । बली प्रथाका लागि भारतमा लगिएकी १ जना किशोरीलाई भारतबाट ल्याई कानुन अनुसार कारबाही गरी आरोपितलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार कानून अनुसार कारबाही गर्दा ५ जनालाई २८ वर्ष कारागार सजाय समेत भएको छ ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीले बिभिन्न संघ संस्थाको सहयोग र सहकार्यमा पीडितलाई उद्वारमा भरपुर सहयोग हुने बताउँछ । प्रहरीले कानुन उल्लंघन गरी काम गर्नेलाई कानुनी दायरामा ल्याई अनुसन्धान गरि कारबाहीको दायरामा ल्याउने गरेको छ ।
प्रायः खुल्ला सीमा नाकाका कारण आर्थिक अबस्था कमजोर भएका, पारिवारिकरूपमा बिखन्डनमा परेका किशोरीहरू, सामाजिक संजालको दुरूपयोग, जनचेतनाको अभाव, प्रलोभन तथा वैदेशिक रोजगारका कारण मानव बेचबिखनका घटना हुने गरेको सरोकारवालाहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?