Butwal Today

दाङमा टिप्परले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु , आफन्तद्वारा सडक अवरुद्ध

२० श्रावण २०८१, आइतबार
अ+
अ-

दाङ,२० साउन।

दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा माेटरसाइकल चालककाे मृत्यु भएकाे छ । शनिबार राती घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिप्परले विपरीत दिशातर्फ आइरहेको बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाेराही- ९ का ३९ वर्षीय कुलबहादुर बस्नेतकाे मृत्युु भएकाे दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए ।

टिप्परकाे ठक्करबाट गम्भीर घाइते कुल बहादुर बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीमा मृत्यु भएको थियोे । मृतकका आफन्तले अहिले दाङको घाेराही तुलसीपुर सडकखण्ड अवरुद्ध पारेका छन् । टिप्पर चालकलाई कारवाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै पिडितका आफन्तले सडक अवरुद्घ पारेका हुन् । सडक खुलाउने विषयमा छलफल भैरहेको प्रहरीले जनाएको छ । टिप्पर चालक नवलपरासी जिल्ला सुनवल -१० गैराखाल निवासी शिवबहादुर क्षेत्रीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।