Butwal Today

दाङमा खोलाले अटो रिक्सा बगायो, दुइजना बेपत्ता

१९ श्रावण २०८१, शनिबार
अ+
अ-

दाङ, १९ साउन ।

दाङमा अटो चढेका दुई जनालाई खोलाले बगाएको छ । शुक्रबार बेलुका तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको अटो काला खोलाले बगाउँदा दुई जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले बताए ।

तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेतर्फ जाँदै गर्दा अटो खोलाले बगाएको हो । अटोमा सवार पाँच जनामध्ये तीन जना सकुसल रहेका छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । नियमितको वर्षाका कारण दाङका नदी तथा खोलामा पानीको बहाव बढेको छ ।