ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

स्थानीय सरकारको घर आँगनमै स्वास्थ्य सेवा

१९ श्रावण २०८१, शनिबार
१९ श्रावण २०८१, शनिबार

नेपालगञ्ज, १९ साउन ।
बाँकेको बैजनाथ गाउँपालिका –२ डिगियाकी ८२ बर्षीया बिरा गुरुङलाई उमेरसँगै शारीरिक अशक्तताले च्याप्दै गएको छ । स्वास्थ्य चौकीसम्म आफै पैदल जान नसक्ने अवस्थामा अहिले गाउँपालिकाबाट स्वाथ्यकर्मीहरू घरमै आएर स्वास्थ्य जाँच गर्दा उनी दङ्ग छिन् । उमेरसँगै आजभोली कान कम सुन्ने र हिँडडुल गर्दा हात खुट्टा गल्ने भएकाले स्वास्थ्य चौकी सम्म आफै हिँडेर जान नसकेको गुरुङ बताउँछिन् । ‘यस्तो अवस्थामा औषधी सहित घरमै आएर स्वाथ्य जाँच गर्दा हामी जस्ता बृद्ध बृद्धालाई धेरै सजिलो भएको छ, उनी भन्छिन् –बाँचुन्जेल गाउँपालिकाबाट यस्तै सोवाको आशा गर्छु ।’ बैजनाथ गाउँपालिकाबाट घरमै स्वाथ्य जाँच गर्न आएका स्वाथ्यकर्मीले जोरो, टाउको दुखेको, पखाला लागेको र सामान्य स्वाथ्य समस्या भएका जेष्ठ नागरिकलाई विभिन्न थरीका औषधी पनि निःशुल्क दिएर जाँदा अहिले सानो स्वाथ्य समस्या लिएर अस्पताल जान नपरेको गुरुङको भनाई छ ।

बैजनाथ –३ वनखेतका १६ बर्षिय मदन रोकायलाई शारीरिक अपाङ्गताको समस्या छ । उनको दुबै खुट्टा कमजोर भएकाले हिँडडुल गर्न समेत समस्या छ । बैजना ३ स्थित आधारभुत स्वाथ्य केन्द्रका स्वास्थ्यकर्मीहरू प्रत्येक ३ महिनाको अवधिमा घरमै आएर स्वास्थ्य जाँच गर्दा उनलाई पनि सहज भएको छ । हाम्रो स्वाथ्य अवस्था बुझ्न तीन÷ तीन महिनामा स्वाथ्य कर्मी घरमै आउँछन्, उनी भन्छन् –‘हामी जस्ता शारीरिक अपाङ्गता भएकाहरू सकि नसकी अस्पताल जानै पर्दैन ।’ यसअघि बिरामी हुँदा ह्वील चियर र एकजना सहयोगीको सहारामा अस्पताल जानुपर्ने बाध्यता रहेको र गत बर्षदेखि गाउँपालिकाले घरमै आएर स्वास्थ्य जाँच र परामर्श दिन थालेपछि धेरै सहज भएको मदन बताउँछन् ।
मदन जस्तै बैजनाथ –३ मदनियाकी धनसरी थारुलाई पनि शारीरिक अपाङ्गताको समस्या छ, तर उनी सामान्य हिँडडुल गर्न सक्छिन् ।
बैजनाथ –३ स्थित आधारभुत स्वाथ्य केन्द्रले उनलाई स्वाथ्य समितीमा समेत राखेको छ । अपाङ्गता भएका ब्यक्तिहरूलाई घरदैलोमा सेवा दिन जाँदा धनसरीले स्वाथ्यकर्मीलाई सघाउने गरेकी छन् । उनी भन्छिन् ‘वडामा रहेका ‘क’ वर्ग अर्थात रातो कार्ड पाएका अपाङ्गता भएकाहरूको घर पहिचान गर्न स्वाथ्यकर्मीलाई सघाउने गरेको छु ।’ जसले गर्दा स्वाथ्यकर्मी र सेवा लिनेलाई सहज भएको छ । जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तिलाई घरदैलोमै स्वाथ्य सेवा दिने कार्यक्रमको प्रशंसा गर्दै उनी भन्छिन् ‘दैवले हामीलाई शारीरिक अपाङ्गता बनाएपनि स्थानीय सरकाले हाम्रो समस्यालाई बुझेर अशक्तलाई घर दैलोमै आएर स्वाथ्य सेवा दिनु ठूलो कुरा हो ।’

जेष्ठ नागरिकको आशिर्वाद स्वाथ्यकर्मीलाई
धनसरी जस्तै बैजनाथ गाउापालिका अन्तर्गतका सबै महिला स्वाथ्य स्वयं सेविकाहरूले पनि घरदैलोमा स्वाथ्य जाँच गर्न गएका स्वाथ्यकर्मीलाई सघाउने गरेकाछन् । बैजनाथ –२ डिगियाकी महिला स्वाथ्य स्वयं सेविका लिला पुलामी मगरले आफ्नो गाउँ टोलमा रहेको ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिक, सुत्केरी तथा रातो कार्ड प्राप्त गरेका अपाङ्गता भएका ब्यक्तिहरूको घर पहिचान गर्न र स्वाथ्यकर्मीसँगै सेवादिन घरआँगनमा जाँदा आनन्द महसुस हुने गरेको बताउँछिन् । ‘जेष्ठ नागरिकलाई सेवा दिन जाँदा खुशीको आँशु झार्दै हामी सबैलाई आशिर्वाद दिनुहुन्छ, एउटै घरमा आधा घण्टा सम्म परामर्श र स्वाथ्य जाँच सेवा दिन्छौं ।’ उनी भन्छिन्,– ‘हामी महिला स्वयंसेविकाले दिने सेवा त छँदैछ घाम पानी नभनेर सेवा दिइनै रहेका छौंं तर प्रत्येक तीन महिनामा स्वाथ्यकर्मी सहित सेवा दिन जाँदा छुट्टै आनन्द महसुु हुन्छ ।’

घरआँगनमा दिईएका सेवा
लुम्विनी प्रदेशको कार्यक्रम अन्तर्गत घर आँगनमा स्वाथ्य सेवा दिइरहेको बैजनाथ गाउँपालिका स्वाथ्य शाखाले जनाएको छ । गाउँपलिाकाको समुदायस्तरमा घर आँगनमा दिइने सेवा मध्य जेष्ठ नागरिक घरदैलो स्वाथ्य परिक्षण सेवा, घरदैलो सुत्केरी परिक्षण सेवा र घर दैलो अपाङ्गता भएका ब्यक्तिहरूको स्वाथ्य परिक्षण सेवा दिईरहेको बैजनाथ गाउँपािलका स्वाथ्य शाखा प्रमुख लक्ष्मण शाहीले जानकारी दिए ।
स्वाथ्य शाखा प्रमुख शाहीले भने ‘जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तिहरूको स्वाथ्य परिक्षण सेवामा ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिक र रातो कार्ड पाएका अपाङ्गता भएका ब्यक्तिहरूलाई घरमै गई सामान्य स्वाथ्य परिक्षण गर्छौ, सो समयमा भएका स्वाथ्य समस्याहरूको औषधी उपचार समेत हुन्छ र नीज स्वाथ्यकर्मीले गर्न नसक्ने खालका रोग भएमा समयमै घरमुली वा परिवारका सदस्यलाई परामर्श दिई समयमै विशेषज्ञकहाँ पठाउने गर्छौँ ।’ ७० बर्षभन्दा माथिका जेष्ठ नागरिक मात्र नभएर स्वाथ्य संस्था सम्म आउन नसक्ने अशक्त सबै जेष्ठ नागरिकलाई घरमै सेवा दिईरहेकोले सेवा लिने जेष्ठ नागरिकको एकिन तथ्यांक नरहेको उनले बताए । साथै अपाङ्गता भएका रातो कार्ड प्राप्त गरेका १९० जनालाई पनि घरआँगनमै सेवा दिँदै आएको उनले जानकारी दिए ।

घरमै सुत्केरी तथा नवजात शिशुको स्वाथ्य परिक्षण
सुत्केरीहरूलाई पनि बबैजनाथ गाउँपालिकाले घरमै गएर स्वाथ्य परिक्षण गर्दै आएको छ । सुत्केरी भएको तीन दिन र ७ दिनमा जम्मा दुई पटक गाउँपालिका अन्तर्गतका नर्सिङ कर्मचारीहरूले घरमै गएर सुत्केरी र नवजात शिशुको स्वाथ्य परिक्षण गर्ने गरेको स्वाथ्य शाखा प्रमुख शाहीले जानकारी दिए । हाम्रा नर्सिङ कर्मचारीहरू सुत्केरीहरूको घरमै पुग्नुहुन्छ । उनले भने –‘सुत्केरी आमा र नवजात शिशुको स्वाथ्य परिक्षण गर्नुका साथै कुनै जटिलता भएमा उपचार गर्नुहुन्छ, अन्य समस्या भएमा विशेषज्ञ चिकित्सक कहाँ पठाउनुहुन्छ ।’ यस कार्यक्रमले मातृ तथा शिशु मृत्युदर घटाउनमा मद्दत गरिरहेको शाखा प्रमुख शाहीको भनाई छ ।

सबै वडाका विद्यालयमा स्वाथ्य नर्सको ब्यवस्था
संघिय कार्यक्रम अनुसार एक पालिक एक स्वाथ्य नर्सको ब्यवस्था भएपनि बैजनाथ गाउँपालिकाले आफ्नै बजेटमा पालिका अन्तर्गतका आठवटै वडाका माध्यामिक विद्यालयमा स्वाथ्य नर्सको ब्यवस्था गरेको छ । आठवटै वडाका माध्यामिक विद्यालयहरूलाई स्वाथ्य सेवा दिने प्रायोजनका लागि आठ जना स्कूल स्वाथ्य नर्सको ब्यवस्था गरिएको स्वाथ्य शाखा प्रमुख शाहीले बताए । विद्यालयमा स्वास्थ्य अन्तर्गत विशेष गरी किशोरी स्वाथ्य शिक्षा र अन्य कृयाकलापहरू सञ्चालन गर्दै आएको उनले बताए । साथै विद्यालय बाहेक गाउँपालिकाको स्वाथ्य शाखाले समुदाय स्तरमा विभिन्न खोप कार्यक्रम पनि सञ्चालन गर्दै आएको शाखा प्रमुख शाहीले जानकारी दिए ।

आधारभूत स्वास्थ्य केन्द्रद्वारा समुदायस्तरमा सेवा
बैजनाथ गाउँपालिका अन्तर्गत वडामा रहेका आधारभुत स्वाथ्य केन्द्रहरूले पनि समुदायस्तरमा विभिन्न स्वाथ्य सेवा प्रदान गर्दै आएका छन् । बिरामी जाँच, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व सेवालगायतका सेवा समुदाय स्तरमा दिईरहेको बैजनाथ २ स्थित आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख खेम राज सापकोटाले बताए । गाउँमै खोप केन्द्र सञ्चालन गरेर विभिन्न खोप सेवा दिइरहेको उनले बताए । १५ महिनाका वालवालिकालाई महिनामा एकपटक खोप केन्द्र बाहिर पिटमारीमा खोप केन्द्र सञ्चालन गरेर सेवा दिँदै आएको उनको भनाई छ । जन्मेदेखि पाँच बर्ष मुनिका वालवालिकालाई समुदायमा आधारित बालरोग ब्यवस्थापन र पोषण सेवा, त्यसैगरी जन्मेदेखि २३ महिना मुनिका वालवालिकाहरूको बृद्धि अनुगमन आधारभुत स्वाथ्य केन्द्रबाट गर्दै आएको प्रमुख सापकोटा बताउँछन् । वालवालिकाको बृद्धि अनुगमनकालागि प्रत्येक महिना स्वाथ्य संस्थामा बोलाएर बच्चाको तौल लिन्छौं । प्रमुख सापकाृटाले भने ‘(एम यु एस इ) मुआक्टेपले बायाँ पाखुरा नापेर कुपोषित भए नभएको छुट्याउने काम गर्छौँ ।’ आर डि टी किटबाट मलेरिया जाँच, गर्भवतीको एच आइ भी –पी एम टी– सि टी ) जाँच लगायतका सेवा सँगै क्षय रोगीलाई नियमित औषधी सेवन गराउने काम पनि आधारभुत स्वाथ्य केन्द्रले गर्दै आएको प्रमुख सापकोटाले बताए ।

स्वास्थ्य सम्बन्धी थप कार्यक्रम प्राथमिकतामा
चालु आर्थिक बर्ष २०८१ /०८२ को नीति तथा कार्यक्रममा स्वाथ्य सम्बन्धि थप कार्यक्रम समावेश गरिएको छ । बैजनाथ गाउँपालिका अन्तर्गतका सबै विद्यालयमा किशेर किशोरीहरूको (एचबी ) हेमो ग्लोवीन तथा रक्त अल्पता जाँच, विभिन्न दिर्घरोगीहरूको लागि समुदाय स्तरमा सचेतना कार्यक्रम जस्तैः क्यान्सर, मुटु रोग, मृगौला, मानसिक स्वाथ्य समस्या, सिकलसेल, लगायतका रोगबारे जनचेतना जगाउने लगायतका कार्यक्रम समावेश भएको बैजनाथ गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?