ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

रेडक्रस सैनामैना दुधराक्ष उप–शाखाले लगायो १०८ पिपलका बिरुवा

१९ श्रावण २०८१, शनिबार
१९ श्रावण २०८१, शनिबार

सैनामैना, १९ साउन ।

नेपाल रेडक्रस सोसाइटी सैनामैना दुधराक्ष उप–शाखाको आयोजनामा रेडक्रस वाटिकाको शिलान्यास तथा १०८ पिपलका बिरुवाहरु लगाउने कार्यक्रम शनिवार सम्पन्न भएको छ । कार्यक्रमको शुभारम्भ रुपन्देही क्षेत्र नंं.–५ का संघीय सांसद बासुदेव घिमिरेले गरेका थिए ।

त्यस अवसरमा घिमिरेले सामाजिक क्षेत्रमा निस्वार्थ सेवामा क्रियाशील संस्थाले वातावरण र पर्यावरणको महत्वलाई समाजमा स्थापित गराउनको लागि वृक्षारोपण कार्यक्रम, जस अन्तर्गत पिपलका बिरुवाहरु लगाउने कार्य गरेकोमा प्रशंसा गर्दै उदाहरणीय कार्य भएको बताए ।

नेपाल रेडक्रसले मानव जीवनको लागि अति आवश्यक रक्तदान जीवन दान कार्यक्रमको सञ्चालन गर्नुका साथसाथै थप सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण एवं रेडक्रस बाटिका निर्माण जस्ता कार्य समाजको लागि नमुना कार्यक्रम भएको बताए ।

कार्यक्रममा सैनामैना नगरपालिकाका उपमेयर बिना रानाले रेडक्रसको वृक्षारोपण तथा बाटिका निर्माण कार्यको प्रशंसा गर्दै विश्व शान्तिको क्षेत्र लुम्बिनीमा आउने पर्यटकहरुलाई सैनामैना नगरपालिकाको मलमला क्षेत्रमा ल्याउने योजना नगरपालिकाको रहेको र यस्ता उदारणीय कार्यले पर्यटन प्रवद्र्धनमा सहयोग पु–याउनुका साथै पिपलको धार्मिक महत्व र मानव जीवनको लागि अति आवश्यक प्राण वायू अक्सिजन उत्पादनमा पिपलले खेल्ने भूमिकाका विषयमा प्रकाश पारेकी थिइन् ।

आगामी वर्षहरुमा यी र यस्तै वाटिकाहरुका प्रवद्र्धन, संरक्षण र विकासको लागि नगरपालिकाले पर्याप्त बजेट विनियोजन गर्ने उनले बताइन् । कार्यक्रममा नेपाल रेडक्रसका प्रदेश सभापति कृष्ण पंगेनीे, जिल्ला रेडक्रस उपसभापति हिरा चन्द, शान्ति समाज नेपालका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द खनाल, सैनामैना वडा नं.–६ का वडा सदस्य आशिष पोख्रेल लगायतले सैनामैना रेडक्रसको काम उदाहरणीय रहेको बताए ।

वृक्षारेपण कार्यक्रममा विभिन्न टोल विकास संस्थाहरु, क्लवहरु, आमा समूहहरु, स्थानीय समाजसेवीहरुको सहभागिता रहेको थियो भने इंकोरिया सामुदायिक वन सैनामैना वडा नं. ६ र ८ को प्राविधिक सहयोग रहेको थियो । कार्यक्रममा दुधराक्ष उप–शाखाका सभापति विष्णु अर्याल, उप–सभापति चन्द्रिका भट्टराई, सचिव घनश्याम पाण्डेले रेडक्रशले सञ्चालन गर्दै आएका कार्यहरुबारे प्रकाश पारेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?