ट्रेंडिंग:

>> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु

जीवन रूपान्तरणका लागि योग

१९ श्रावण २०८१, शनिबार
१९ श्रावण २०८१, शनिबार

युवावृद्धोऽतिवृद्धो वा व्याधितो दुर्बलोऽपि वा ।
अभ्यासात्सिद्धिमाप्नोति सर्वयोगेष्वन्द्रितः ।।
हठयोग प्रदीपिका ।
अर्थात् युवा, वृद्ध, अतिवृद्ध, रोगी, दुर्बल जोसुकैले पनि योगाभ्यास गरेर सफलता (सिद्धि) प्राप्त गर्न सक्दछ । हो, योगको अन्तिम लक्ष्य सिद्धि प्राप्त गर्नु हो । तर धनसिद्धि र नामसिद्धि प्राप्त गर्ने होड चलेको आजको युगमा मान्छेसँग योगसिद्धि प्राप्त गर्ने समय छैन । तर पनि आफ्नो व्यस्त दिनचर्याबाट अलिकति समय निकालेर योग–योगाभ्यास गर्यो भने आरोग्य सिद्धि प्राप्त गर्न निश्चित रूपले मद्दत पुग्छ ।

आजको मानिस व्यस्त छ । व्यस्त हुनु उसको बाध्यता हो । बाध्यताभित्र लुकेको विडम्बना चाहिँ के हो भने मानिस व्यस्त मात्र होइन, ग्रस्त, त्रस्त र ध्वस्तसमेत हुँदैछ । अर्थात् कि रोगले ग्रस्त, तनावले त्रस्त र अनैतिकताले ध्वस्त । यी सबै सङ्कट र तापहरूको रामवाण औषधि भनेको नै योग हो । त्यसैले त भनिएको छ–‘भवतापेन तप्तानां योगो हि परमौषधम्’ । याने कि निश्चय नै योग अचेलका नानाविधि ताप–सन्तापहरूको जडी औषधि हो ।

यही योगरूपी अमृततुल्य औषधिलाई आत्मसात् गर्ने, यसमाथि चिन्तन मनन गर्ने र यसको यथोचित प्रचारप्रसार गर्ने पर्वको नाम हो अन्तर्राष्ट्रिय योग दिवस । विश्वका २०० अधिक देशहरूमा एकसाथ मनाइने एकमात्र उत्सव हो यो योग दिवस । योग दिवस मनाउने क्रममा सुरुसुरुमा केही मतभेद, विवाद र विरोधहरू सुनिन्थे तर आज आएर योग विज्ञानप्रति कुनै पनि विवाद र विरोध सुनिँदैन ।

यसलाई एउटा आत्म उत्कर्षको विज्ञान, सार्वभौम चिकित्सा पद्धति र प्राकृतिक जीवनशैलीको रूपमा निशर्त स्वीकारिएको पाइन्छ । हामी नेपालीका लागि यो महान् गौरवको विषय हो किनकी योगको उद्गम भूमि यही नेपाल हो । हाम्रै पूर्वज ऋषि महर्षिहरूले योगको आविष्कार गरेका हुन्। योगसँगै उनीहरूले आयुर्वेद, वेद, ज्ञान, साधना र अध्यात्म विज्ञानको पनि आविष्कार गरेका थिए । जुन आज विश्वभरि प्रचारित र प्रसारित भइरहेको छ ।

विविधतापूर्ण योग विज्ञान
आमधारणा जस्तै योग आधा–एक घण्टामा गर्ने व्यायाम कसरत मात्र हैन, यो प्रतिपल, प्रतिक्षण र सास सासमा चलिरहने प्रक्रिया हो। महर्षि अरविन्दले भनेका छन्, ‘प्रत्येक श्वास योग साधना हो ।’ व्यवहारिक परिप्रेक्ष्यमा योग जीवन जिउने कला हो । योग विज्ञानका अध्येताहरूको अनुभवअनुसार योग समग्र जीवन पद्धति हो, सर्वाङ्गीण जीवनदर्शन हो। अध्यात्म वैज्ञानिकहरूको दृष्टिकोणमा योग सबै विज्ञानभन्दा माथि चेतनाको महाविज्ञान हो। ऋषिमहर्षि सूक्ष्म द्रष्टाहरूको भनाइमा योग समाधिको यात्रा हो । महर्षि पतञ्जलि भन्छन्, ‘मन (चित्त) का वृत्तिहरूको यथोचित निरोध नै योग हो ।’

यी विभिन्न अभिमतहरूमध्ये तपाईंलाई जुन तर्क अधिक मन पर्छ, त्यसलाई सहर्ष स्वीकार्न सक्नुहुनेछ। व्यक्तिपिच्छे रुचि, क्षमता, कर्म र संस्कारको स्तर भिन्न हुने गर्छ । कुनै व्यक्ति तर्कशील र बौद्धिक हुन्छ भने कुनै व्यक्ति भावनाशील र भक्तिवान हुन्छ । जसमा जुन किसिमको क्षमता र अभिरुचि हुन्छ सोहीअनुरूप ऊ योगमार्गको चयन गर्न सक्दछ । त्यसैले गर्दा योग–आविष्कारहरूले अनेकौँ प्रकारका योग प्रणालीको प्रवर्तन गरेका छन् । पृथकपृथक प्रकारका योग पद्धतिहरू खास गरी विविधताले भरिएका जिज्ञासुहरूको सुविधामाथि ध्यान राखेर विकसित भएको हुनुपर्छ ।

प्रचलित प्रमुख योग प्रणाली यस प्रकार छन– कर्मयोग, ज्ञानयोग, राजयोग, अष्टाङ्ग योग, भक्तियोग, मन्त्रयोग, हठयोग, क्रियायोग, नादयोग, प्राणयोग, ध्यानयोग। आजभोलि योगको नाममा जुन आसन, प्राणायाम र केही मुद्राबन्धको प्रयोग गरिन्छ, त्यो हठयोगको एउटा सानो अंश मात्र हो । समग्रतामा योग अत्यन्तै व्यापक, असीम र वैविध्यपूर्ण छ । यसर्थ योग गर्नलाई कसैलाई कुनै पनि कुराले र कहिल्यै पनि छेक्दैन । जहिले पनि जहाँ पनि, जुनसुकै परिस्थितिमा पनि योग गर्न सकिन्छ ।

शरीर रहुञ्जेल हाम्रो शरीर कुनै न कुनै आसनमा अवस्थित हुने गर्दछ। आसन बिना शरीर अस्तित्वमै रहँदैन। हरघडी शरीरको अवस्था, दशा, लयबद्धताप्रति सजग हुनु नै आसनाभ्यास हो। प्रत्येक मिनेट १६–१७ पटक लिने छाड्ने श्वासप्रश्वासलाई परिष्कृत गर्नु प्राणायाम हो। यसरी जीवनका प्रत्येक आयाममा उत्कृष्टता, विशुद्धता र दिव्यता थप्दै जानलाई केले छेक्ने ? स्मरण रहोस्, शरीर र मनको उपलब्धता नै योगको प्रयोगशाला हो। पट्टाभि जोइस भन्नुहुन्छ, “जो यसलाई चाहन्छ योग हरेकका लागि सम्भव छ । योग एक ब्रह्माण्डीय विषय हो तर यसलाई व्यापारिक उद्देश्य र सांसारिक कमाइको उद्देश्यले प्रयोग गर्ने भुल नगर ।”

योग नगरे गुम्छन् यी फाइदा
शारीरिक– ओजस्वी शरीर, आरोग्यवान् एवं स्वस्थ शरीर, तन्दुरुस्त एवं सुगठित काया, कर्मसामथ्र्यले युक्त तन, तेजोमय मुखमण्डल, स्फूर्तिवान् व्यक्तित्व, भरिपूर्ण जीवनीशक्ति, दुःखकष्ट तथा घामपानी सहन सक्ने ज्यान ।
प्राणिक–प्राण सम्पन्न व्यक्तित्व, आँखामा तेज, त्वचामा चमक, प्रबल रोग प्रतिरोधी क्षमता, जाडो–गर्मी जुनसुकै स्थानमा अनुकूलित हुन सक्ने, उन्नत एवं सुविस्तृत आभा मण्डल भएको ।

मानसिक– तीक्ष्ण (बौद्धिक क्षमता), एकाग्रता क्षमता, स्मृति क्षमता, बोध क्षमता, ग्रहण क्षमता, धारणा क्षमता, ध्यान क्षमताजस्ता मानसिक क्षमताले युक्त। सिर्जनात्मकता, रचनात्मकता, मनस्वीता, अन्तज्र्ञान, भाषिक चातुर्यता, भेद चातुर्यता, निर्णयशीलता, लक्ष्यशीलता, नेतृत्वक्षमता, प्रबन्धक्षमता, कलाकौशल आदि कसौटीमा प्रखर ।

नैतिक–नीतिवान्, सदाचारी, सत्यनिष्ठ, अहिंसावादी, एमआईअर्थात् मोरल इन्टेलिजेन्स सम्पन्न, विश्वसनीय, अपरिग्रही (अनावश्यक सम्पत्ति नथुपार्ने), समाजनिष्ठ, सामुहिकता एवं सहकारिताको गुणयुक्त, सहअस्तित्वप्रेमी, प्रकृतिप्रेमी, पर्यावरणप्रेमी, आदर्शवान् ।
आध्यात्मिक– हृदयवान्, भावनाशील, परानुभूतियुक्त, कर्मशील, कर्मफल विधानको अनुयायी, संस्कारवान्, सङ्कल्पशील, ईश्वरानुरायी, आसक्तिविहीन, न्यायप्रेमी, सर्वप्रिय, प्रेमवान्, दिव्य गुणहरूले युक्त ।

योगको क्षेत्रमा धमाका
अहिलेको पुस्ता क्रमशः दुर्बल र लक्ष्यहीन हुँदै गइरहेको छ। अहिलेको युगलाई तनाव र डिप्रेसनको युग पनि भन्न थालिएको छ । धनसम्पत्ति र पदप्रतिष्ठाको स्वामी भएकै कारण आजको मान्छे आफूलाई बलवान ठान्ने गर्छ । जबकि उसको स्वामित्वमा रहेको वस्तु हटाइदिने हो भने शरीरबल, मनोबल र आत्मबल नितान्त क्षीण हुँदै गएको अवस्था छ ।

यस परिपे्रक्ष्यमा अब योगबाहेक अर्को समाधानै देखिँदैन उसको मानसिक नपुंसकता र दुर्वलतालाई निवारण गर्ने। योगमा केवल विरासन र सिंहासन मात्रै गरिँदैन । यसले वीर र सिहंस्वरूप समेत बन्न सिकाउँछ । अन्यथा योगमा निहीत बलप्रदायक विशेषताको वर्णन योग गुरु अमित राय किन यसरी गर्नुहुन्थ्यो, ‘योग केवल केही आसनहरूको पुनरावृत्ति होइन, यो त्यो विद्या हो, जसले हामीभित्र विद्यमान सुक्ष्म ऊर्जा भण्डार खोज्ने र प्रष्फुटित गर्ने काम गर्दछ ।’

धेरैजसो मानिस आज धन र सविधा बटुल्ने अन्तहीन दौडानमा छन् । मान्छेलाई न चैन छ न विश्राम गर्ने समय। आवश्यकता र विलासिताको साधन कमाउने दौडमा जब मान्छे थाक्दछ, वाक्कदिक्क हुन्छ, उसलाई अन्ततः योगको छहारी याद आउँछ। ऊ आउने आखिर योगकै शरणमा हो ।

चाहे त्यो कालो होस् चाहे गोरो, चाहे त्यो सनातनी होस् चाहे गैरसनातनी, चाहे त्यो साम्यवादी होस् चाहे अरू कुनै वादी । हाम्रा अन्वेषक पूर्वजहरूले प्रवर्तन गरेको योग, हामी तिनैका सन्ततिहरू भएर पनि योग त्यतिसारो गर्दैनौँ । हाम्रो पूर्वीय इतिहाससँग कुनै तालुक नभएका पश्चिमाहरू अहिले योगको क्षेत्रमा धमाका गरिरहेका छन् । के यो योगबलको प्रभाव हैन ?

तपाईँ हामीमध्ये कतिपयको योग सुरु गरौँला भन्दाभन्दै वर्षौं बितेर गएको छ। ती पश्चिमाहरू भने ‘योग गरौँ आजैदेखि’ भन्ने नारा बोकेर दिनैपिच्छे लाखौँ मान्छेलाई योगसँग जोडिरहेका छन् । जहाँजहाँ योग विषयक उत्सव, महोत्सव, कार्यशाला र कुम्भमेला हुने गर्छ गोरो छाला भएकाको संख्या ठूलो हुने गर्दछ । यसैले उनीहरू भौतिकताको बिलासिताबाट अघाएर अब योगसाधनाको मार्ग खोजिरहेका छन् ।

संयुक्त राज्य अमेरिकामा मात्रै योग क्षेत्रमा करोडौँ डलरको कारोबार भइरहेको छ । अमेरिकामा एक लाख बढी दर्तावाल योग शिक्षक कार्यरत छन् । महँगा सहरहरूमा महँगा किसिमका योगा स्टुडियो, लाइफस्टाइल क्लिनिक, योगा पार्लर, योगा सेनिटोरियम र योगा क्लबहरू धमाधम खुलिरहेका छन् । योगबलका बारेमा यसरी बहुआयामिक व्याख्या गर्नुको उद्देश्य यो आलेख पढ्दै गर्ने तपाईँलाई योगशैलीको पारखी बन्न प्रेरित गर्नु हो । योग गर्न कुनै थप योग्यता चाहिँदैन र तपाईँ नै यसको उत्कृष्ट पात्र हुन् ।

आफैँ रोजौँ उत्तम योगपथ
‘योग’ को विषयलाई आज कतिपय योग गुरुले धेरै जटिल बनाइदिएका छन्। आम जनधारणा कस्तो छ भने योग भनेको रोग लागेपछि गर्ने, सेवानिवृत्त भएपछि गर्ने या काम नभएकाले गर्ने भन्ने परेको छ । अर्कोतिर भेषधारी, वैरागी, गृहत्यागी, जटाधारी, अकर्मण्यहरूले हिँड्ने बाटो हो भन्ने पनि छ । यस्ता भ्रान्तिहरूका बीच एउटा योगानुरागी तप्का चाहिँ हठयोगप्रधान आसन प्राणायाम चाहिँ हामीले पनि गर्न हुने रहेछ भनेर त्यसमा लागिरहेको छ । आधुनिक भोगवादी पुस्ताको बहुसंख्यक मान्छे योगलाई अझै पनि जीवनको गैरविषयवस्तु सम्झन्छ । जबकि योग सबैका लागि र प्रत्येक मनुष्यका लागि हो । मनुष्य चोलामा जन्म लिनु नै योगको सार्वभौमिक योग्यता हो ।

युगऋषि आचार्य श्रीराम शर्माले भनेका छन्, “यस्तो सुगम मार्गलाई पनि आज मान्छेले दुर्गम मानेर बसेका छन् । योग गर्नलाई ‘मन’ भए पुग्छ । मनमा तत्परता र तन्मयता छ भने योग जसले पनि गर्न सक्छ । यो कुनै पनि हालतमा कठिन छैन । आफ्नै हातको खेल हो । तर साहस र श्रद्धा चाहिँ चाहिन्छ ।”

योगबाट हरेक व्यक्ति लाभान्वित हुनसक्छ । पेसा, काम, जातजाति, लिङ्ग, धर्म र भाषाले रोक्दैन । तपाईँ आफ्नो व्यक्तित्व, अभिरुचि, आन्तरिक संस्कार र क्षमताअनुसार जुन योगपथ रुचाउनु हुन्छ, त्यसमा अग्रसर हुनुहोस् तर आजैबाट । यसै पनि यस वर्षको नारा पनि ‘योगा फर सेल्फ एण्ड सोसाइटी’ अर्थात् स्व र स्व–समाजका लागि योग रहेको छ । यस किसिमको नाराका साथ दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइरहँदा बालज्ञानी गुरु आदित्य नामले सुपरिचित योगी चैतन्य आदित्यनाथको यो कथनलाई एकपटक हृदङ्गम गरौँ, “योग, ध्यान, साधना बिनाको सुखद् जीवन नियाल्दैछौँ भने आँखा भए पनि तिमी अन्धो हौँ, सबै अङ्गमा चेतना भए पनि तिमी लुलो हौँ ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?