Butwal Today

कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते

१९ श्रावण २०८१, शनिबार
अ+
अ-

काठमाडौँ ।

कक्षा १२ ग्रेड वृद्धि पुरक (मौका) परीक्षा आगामी भदौ २५ र २६ गते हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डले सूचना जारी गर्दै पूरक परीक्षाको लागि आवेदन फारम भर्न विद्यार्थीलाई आह्वान गरेको छ।

दुई विषयसम्म नन ग्रेडेड (एनजी) आएका विद्यार्थीले मौका परीक्षा दिन पाउने बोर्डले जनाएको छ।

सैद्धान्तिकतर्फ न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड आएका वा  दुई विषयमा अनुपस्थित भएका विद्यार्थी परीक्षामा सहभागी हुन पाउनेछन्। परीक्षा बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ।

बोर्डले २०८० सालको कक्षा १२ नतिजा शुक्रबार सार्वजनिक गरेको थियो। यस वर्ष ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।  एक लाख ८७ हजार २१ विद्यार्थीको नतिजा एनजी आएको बोर्डले जनाएको छ। तीमध्ये दुई विषयमा एनजी ल्याउने विद्यार्थीको संख्या एक लाख २७ हजार ७०७ रहेको छ। उनीहरूले मौका परीक्षा दिन पाउने बोर्डको सूचनामा उल्लेख छ।