ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

रामपुरमा ५५ वटा उजुरी मेलमिलापबाटै टुंगियो

१८ श्रावण २०८१, शुक्रबार
१८ श्रावण २०८१, शुक्रबार

पाल्पा, १८ साउन ।

रामपुर नगरपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा ८७ वटा विवादका उजुरी दर्ता भएको छ । रामपुर नगरपालिकाको न्यायिक समितिमा छलफलका लागि विभिन्न विवादका उजुरी दर्ता भएका हुन् ।
नगरपालिका भित्र विभिन्न विषयमा परेका विवाद छलफल र समाधानका लागि उजुरी दर्ता भएको हो । जग्गा विववाद, सम्बन्ध विच्छेद, महिला बालबालिका यौन तथा घरेलु हिंसा, पारिवारिक विवाद, व्यक्तिवादी, ज्याला नदिएको, कुलो, बाटो, साँध सिमा, खानेपानी सम्बन्धी विवादका उजुरी न्यायिक समितिमा छलफलका लागि दर्ता भएका छन् । जसमध्ये सबै भन्दा बढि जग्गा विवादका उजुरी दर्ता भएको पाइएको छ ।

यो आर्थिक वर्षमा २५ वटा जग्गा विवाद, व्यक्तिवादी उजुरी २३ वटा, सम्बन्ध विच्छेद सम्मको अवस्था पुगेका उजुरी १२ वटा, कूलो बाटो ,साँध सिमाना, खानेपानीका ११ वटा उजुरी, पारिवारिक विवादका ७ वटा, महिला बालबालिका यौन तथा घरेलु हिंसाका ५ वटा, ज्याला नदिएको ४ वटा उजुरी दर्ता भएको न्यायीक समितिका संयोजक एवं रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले बताईन् ।

दर्ता भएका उजुरी मध्ये ५५ वटा उजुरीको मेलमिलाप गरिएको, २ वटा उजुरी फिर्ता लिएको, ३ वटा उजुरी जिल्ला अदालतबाट फैसला भई टुंगिएको गरी ६० वटा उजुरी टुंगिएको छ भने १७ वटा उजुरी प्रक्रियामा रहेको संयोजक थापाले बताईन् ।
यस्तै ९ वटा उजुरी छलफल हुन बाँकी रहेको र सम्बन्ध विच्छेद सम्मको अवस्थाको एउटा उजुरी सम्पर्कमा नआएको उनले जानकारी दिए । न्यायिक समितिमा दर्ता भएका विवादका उजुरीलाई छलफलको माध्यमबाट दुवै पक्षलाई मेलमिलाप गरि पठाईएको बताईन ।

“नगर स्तरीय न्यायीक समिति र वडामा रहेका मेलमिलापकर्ता मार्फत विभिन्न विवादका दुवै पक्षलाई मेलमिलाप गराईएको छ “न्यायिक समिति संयोजक थापाले भनिन्– ‘दुवै पक्ष सन्तुष्ट हुने किसिमले धेरै विवादको समाधन गरेका छौँ ।’ छलफलको माध्यमबाट विवाद समाधानका लागि दुवै पक्ष सहमति भए पनि कार्यान्वयनमा समस्या रहेको थापाले बताईन् ।

“मेलमिलाप हुन्छ तर केही उजुरीको कार्यान्वयनमा समस्या छ यसको कारवाही प्रक्रिया थाह नहुँदा अन्यौलमा छौँ “–उनले भनिन्– न्याय सम्पादन प्रति नगरबासीको विश्यवसनीयताका कारण पनि धेरै विवादहरू न्यायिक समितिमा छलफलका लागि आउने गरेको संयोजक थापाले बताएका छन ।
न्यायिक समितिमा दर्ता भएका उजुरी मध्ये १० वटा उजुरी वडा -वडामा रहेका मेलमिलापकर्ता मार्फत मेलमिलाप गरिएको रामपुर नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा भएका विभिन्न विवादलाई स्थानीयस्तरमै समाधान गर्नका लागि १० वटै वडामा मेलमिलाप केन्द्र रहेको छ । साथै विगतमा १९ जना मेलमिलापकर्ता रहेकोमा आर्थिक वर्ष २०८०/०८१ मा १८ जना मेलमिलापकर्ता थप गरी ३७ जना मेलमिलापकर्ता तोकिएको छ भने मेलमिलापकर्ताहरूलाई मेलमिलाप सम्बन्धी ४८ घण्टे आधारभूत तालिम समेत प्रदान गरेको थियो । गाउँ तथा टोलमा भएका विवादलाई छलफलको माध्यमबाट मेलमिलाप गराउनका लागि वडामा भएका मेलमिलाप केन्द्रलाई व्यवस्थित र प्रभावकारी बनाउँदै लगिने नगरपालिकाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?